काठमाडौं । चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया बालिका शालिन पोखरेलको शंकास्पद मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले स्कुलका प्रिन्सिपल ९प्रधानाध्यापक० ६० बर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० बर्षीय किरण अधिकारी र वार्डेन ४८ बर्षीय कमल पौडेललाई पक्राउ गरेको हो ।
विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा भेटिएकी उनको मृत्यु आत्महत्या नभई बलात्कारपछि हत्या भएको कुरा सार्वजनिक भएसँगै घटनाको छानविन गरी दोषीहरुलाई कडा कारवाही गर्न जनदबाब निकै बढेको थियो ।
शालिन पोखरेल आफू बस्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनका परिवारले हत्या भएको दाबी गरे पनि स्कुल व्यवस्थापन, चितवनका निजी विद्यालय सञ्चालक र प्रहरीले भने हत्या नभई आत्महत्या भएको दावी गर्दै आएका थिए ।
बालिकाका बाबुले चितवनमा पोस्टमार्टम गर्दा चलखेल हुनसक्ने र गलत रिपोर्ट निकाल्नसक्ने आशंका गर्दै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर परीक्षण गर्दा शालिनको बलात्कारपछि हत्या भएको देखिएको थियो । पीडित पक्षले पटक पटक किटानी जाहेरी दिनखोज्दा प्रहरीले नलिएको, किटानी गरिएका व्यक्तिको नाम हटाउन दबाब दिएको, मृतक बालिकाका काकालाई यातना दिएर थुनामा राखेको बताउँदै आएको थियो ।
शालिनको मृत्यु प्रकरणले सामाजिक सञ्जालमार्फत घटनाको छानविन र दोषीमाथिकारवाही गर्न सरकारलाई चर्को दबाब परेको थियो । यो घटना पनि निर्मला पन्तको जस्तो दोषी पत्ता नलाग्ने अवस्था आउनसक्ने धेरैको चिन्ता रहँदै आएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई हिरासतमा लिएको बताएको छ ।
शालिन पोखरेल गत फागुन १२ मा पंखामा स्काउटको डोरीले झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । घुँडा टेकिएको अवस्थामा मृत भेटिएकी उनको हत्या भएको भन्दै पीडित परिवारले न्यायको माग गर्दै आएको छ । गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएका पीडित परिवारले छोरीलाई चितवनको विद्यालयमा छात्रावासमा राखेर पढाउँदै आएको थियो ।
मृतक बालिकाका आमा र बुबाबीच दश वर्षअघि नै सम्बन्धविच्छेद भएको, बुबा काठमाडौंमा बस्दै आएको र आमा वैदेशिक रोजगारीका लागि दुबई रहेको, आमाको संरक्षणमा रहने गरी अदालतले सम्बन्धविच्छेदको फैसला गरेका कारण शालिन आमाको संरक्षणमा मामाघरमार्फत छात्रावासमा बस्दै पढ्दै आएकी थिइन् । परिवार बलियो नभएको र पारिवारिक संरक्षण उचित नभएको देखेर उनीमाथि बलात्कार गरिएको हुनसक्ने आशंका गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: