काठमाडौं । चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया बालिका शालिन पोखरेलको शंकास्पद मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले स्कुलका प्रिन्सिपल ९प्रधानाध्यापक० ६० बर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० बर्षीय किरण अधिकारी र वार्डेन ४८ बर्षीय कमल पौडेललाई पक्राउ गरेको हो ।
विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा भेटिएकी उनको मृत्यु आत्महत्या नभई बलात्कारपछि हत्या भएको कुरा सार्वजनिक भएसँगै घटनाको छानविन गरी दोषीहरुलाई कडा कारवाही गर्न जनदबाब निकै बढेको थियो ।
शालिन पोखरेल आफू बस्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनका परिवारले हत्या भएको दाबी गरे पनि स्कुल व्यवस्थापन, चितवनका निजी विद्यालय सञ्चालक र प्रहरीले भने हत्या नभई आत्महत्या भएको दावी गर्दै आएका थिए ।
बालिकाका बाबुले चितवनमा पोस्टमार्टम गर्दा चलखेल हुनसक्ने र गलत रिपोर्ट निकाल्नसक्ने आशंका गर्दै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर परीक्षण गर्दा शालिनको बलात्कारपछि हत्या भएको देखिएको थियो । पीडित पक्षले पटक पटक किटानी जाहेरी दिनखोज्दा प्रहरीले नलिएको, किटानी गरिएका व्यक्तिको नाम हटाउन दबाब दिएको, मृतक बालिकाका काकालाई यातना दिएर थुनामा राखेको बताउँदै आएको थियो ।
शालिनको मृत्यु प्रकरणले सामाजिक सञ्जालमार्फत घटनाको छानविन र दोषीमाथिकारवाही गर्न सरकारलाई चर्को दबाब परेको थियो । यो घटना पनि निर्मला पन्तको जस्तो दोषी पत्ता नलाग्ने अवस्था आउनसक्ने धेरैको चिन्ता रहँदै आएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई हिरासतमा लिएको बताएको छ ।
शालिन पोखरेल गत फागुन १२ मा पंखामा स्काउटको डोरीले झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । घुँडा टेकिएको अवस्थामा मृत भेटिएकी उनको हत्या भएको भन्दै पीडित परिवारले न्यायको माग गर्दै आएको छ । गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएका पीडित परिवारले छोरीलाई चितवनको विद्यालयमा छात्रावासमा राखेर पढाउँदै आएको थियो ।
मृतक बालिकाका आमा र बुबाबीच दश वर्षअघि नै सम्बन्धविच्छेद भएको, बुबा काठमाडौंमा बस्दै आएको र आमा वैदेशिक रोजगारीका लागि दुबई रहेको, आमाको संरक्षणमा रहने गरी अदालतले सम्बन्धविच्छेदको फैसला गरेका कारण शालिन आमाको संरक्षणमा मामाघरमार्फत छात्रावासमा बस्दै पढ्दै आएकी थिइन् । परिवार बलियो नभएको र पारिवारिक संरक्षण उचित नभएको देखेर उनीमाथि बलात्कार गरिएको हुनसक्ने आशंका गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: