Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

काठमाडौं महानगरले आतंक मच्चायो : प्रभु साह

खबरडबली संवाददाता

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले अहिले काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै साहले  भने,‘काठमाडौंमा महानगरको आतंक चलेको छ । सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाड व्यवसायीहरुको डोजर चलाइएको छ । कतै सुकुम्बासीहरुलाई आतंकित बनाइएको छ । महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन् रु यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाड व्यवसायीहरु महानगरबाट आतंकित छन् । उनीहरु असुरक्षित छन् । उनीहरु त्रसित छन् । हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होईन ?’  

उनले कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभुति गर्नको लागि गृहमन्त्रालयको ध्यानाकार्षण गराए । कसैलाई पनि गैरकानूनी ढंगले आफ्नो पेशा तथा व्यवसायबाट बञ्चित गर्न नमिल्ने उनको तर्क छ ।  उनले थपे–‘आज काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरुलाई मनोमानी ढंगले आतंक सिर्जना गरेर दु:ख दिने काम गरेको छ । जबरजस्ती भगाउने काम भएको छ । लाखौंलाई बेरोजगार बनाउने प्रयास भएको छ ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभापति थापाले दिए रास्वपालाई शुभकामना, भने- सरकारको बढी ताकत हुँदा प्रतिपक्षको झनै ठूलो भूमिका हुन्छ

२०४६ पछिका सबै सरकार र सार्वजनिक भूमिकामा रहेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ

बालेन नेतृत्वको नयाँ सरकार: मन्त्रिपरिषद् गठन अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारका लागि मन्त्रिपरिषद् चयनको अन्तिम तयारीमा जुटेको छ। पार्...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका लागि ५ एजेन्डा तय

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने एजेन्डा तय गरिएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका ल...

भिरबाट लडेर बालिकाको मृत्यु

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। इन्द्रसरोवर-३, जातीपोखरी बस्ने नौ वर्षीया ल...

स्याङ्जामा क्षयरोगबाट पाँचको मृत्यु

स्याङ्जा। स्याङ्जामा यस आर्थिक वर्षको अहिलेसम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ । यहाँको बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ...

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु । जिल्लाको महाराजगञ्ज नगरपालिका(२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवाल...

रविकाे अभियाेगपत्र संशाेधनविरुद्धकाे रिटमा बहस गर्दै महान्यायाधिवक्ता भण्डारी

काठमाडौँ । रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदन...

पोखरामा पर्यटक संख्या घट्यो, मध्यपूर्व तनाव मुख्य कारण

पोखरा। मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य पर्यटकीय सिजनमा पनि पर्यटकको आगमन घटेको छ। अमेरिका–इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: