काठमाडौं । नेपाल खुला विश्व विद्यालयका प्रा. डा. अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चड’ अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा ‘दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चड अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम रोमिटेन्सले गरेको बताए ।
‘अहिले नेपालीमा दक्ष जनशक्ती कम हुँदै गएको छ । अवसरको खोजीमा विदेश पलायन हुनेक्रम निरन्तर बढेको छ । आर्थिक रुपमा उताढ चढाव छ । मुलुकमा आर्थिक, राजनीतिक स्थायित्व नभएसम्म नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा विदेशिन्छन् ।
यसलाई नकारात्मक ठान्न हुँदैन’, उनले भने, ‘रेमिटेन्सबाट धानिएको अर्थतन्त्रलाई सकारात्मक मान्न हुँदैन । यो दीगो समाधान होईन । कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्नको लागि नेपालमा नै अवसर निर्माण गर्नुपर्छ ।’
नेपालमा दक्ष जनशक्ति आकर्षिणत नहुनु राजनीतिक भाई भतिजा र भ्रष्टाचार, रोजगारीको सिमित अवसर र घट्दो कृषि उत्पादन नै मुख्य रहेका स्थापितले बताए । अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा दक्ष जनशक्तिको अभाव नै मुख्य कारक रहेको उनको बुझाई छ । सहकारी संघ सस्थामा अन्धधुन्दा लगानी हुँदा समस्या आएकाले अनुसन्धान र विश्लेषण गरेर मात्र परियोजना कार्यान्वयन गर्नु पर्नेमा उनको सुझाव छ ।
त्यसैगरी, सरोकारवालासँगको गहन छलफल बिनै नीति निमार्ण, कानुनी अनुपालन पनि अहिलेको समस्या रहेको छ । सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिएको र सहकारी प्रति नकारात्मक सूचना प्रवाह हुदा दक्ष जनशक्ति आकर्षित नभएको उनले बताए ।
त्यसका साथै सहकारीमा जनशक्तिको आकषर्ण कम हुनुमा सीमित वृत्ति विकास, न्यून तलब, आकर्षक सुविधाको अभाव, अस्थिरता र जोखिमको धारणा जस्ताकुरा मुख्य रहेको उनले औल्याए । स्थानिय स्रोत साधन र प्रविधिको प्रयोग गरी नयाँ उद्योग सञ्चालन गर्न सके सहकारीले लगानी वृद्धि गर्नुका साथै रोजगारी सृजना र सदस्यतामा समेत वृद्धि हुँदै जाने उनको बुझाई छ । सहकारीका लागि दक्ष जनशक्तिका लागि सिटिईभिटी र विश्वद्यियालयसँगको सहकार्यमा अघिबढ्न उनले सुझाए ।
उक्त प्रस्तुतीको टिप्पणी गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारीमा कर्मचारी छनोट गर्दा नै ध्यान पुर्याउनु पर्ने बताए । भनसुन र पहँुचका आधारमा कर्मचारी नियुक्ति गरियो भने त्यसको विश्वसनियता नहुने उनको बुझाई छ । कर्मचारी छनोटमा निष्पक्ष र पारदर्शितालाई परिपालना गर्न उनको आग्रह छ । त्यसैगरी कर्मचारीको वृद्धि विकासका साथै सेवा सुविधा, निवृतिभरण एंव कर्मचारीको जीवन यापनलाई पनि ध्यान पुर्याउनु पर्ने गुरागाईले बताए ।
कार्यक्रमको अध्यक्षता गर्दै नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा दक्ष जनशक्ति आश्यकता रहेका औल्याए । जनशक्ति बिना कुनै पनि संघ संस्थाले उत्कृट सेवा दिन नसक्ने उनको बुझाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: