Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

ढोडबेँसी मालेपाटनको खुदो : मागअनुसार पुर्याउनै मुस्किल

खबरडबली संवाददाता

गण्डकी । प्राचीन कालदेखि नै खुदोले चिनिएको क्षेत्र हो पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन ढोडबेँसी । 

प्रत्येक वर्षको पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति यहाँको खुदो किन्ने र खाने प्रचलन प्राचीन कालदेखि नै चल्दै आएको थियो । तीन दशक अघिसम्म पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने प्रचलन नै थियो । पछिल्लो समयमा यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि यहाँको खुदोले अहिले पनि उत्तिकै चासो र चर्चा कमाएको छ ।

पोखरामा मात्रै नभएर यहाँको खुदोको माग राजधानी काठमाडौँसम्म पनि हुने गरेको छ । कास्की, तनहुँ आसपासका क्षेत्रमा जन्मथलो भई विभिन्न सेवा पेशा र व्यवसायका कारण राजधानी र अन्य शहरमा बस्दै आएका व्यक्तिले वर्षेनी यहीँबाट खरिद गरी खुदो लैजाने गरेको यहाँका स्थानीयवासी बताउँछन् । 

यहाँको खुदोको माग बढिरहे पनि कृषिप्रतिको अनिच्छालगायतका कारण मागअनुसार पुर्‍याउन नसकिएको स्थानीयवासी बताउँछन् । मालेपाटन ढोडबेँसी क्षेत्रमा उखु खेती सुरु गरिएको यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको बुढापाकाको भनाइ छ ।

खुदो यस क्षेत्रको विशिष्ट पहिचान रहेको र यहाँका स्थानीयवासी व्यावसायिक उखुखेतीमा आकर्षित बनेको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले बताए । दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ जोड दिइएको उनले बताए। 

सामान्यत: पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ । नेपाली संस्कृतिअनुसार पुसे पन्ध्रमा लट्टे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ ।

उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु एक दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको उनले जानकारी दिए ।

कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुन लागेको वास्तविकतामा यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन् । व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका यहाँका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवम् बजारीकरणसँगै बाख्रा, कुखुरा पालनलगायत लगानी गरिँदै आएको छ ।

मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको थियो । पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ । 

उखु लगाएको एक वर्षमा काट्नका लागि तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ । अनी रस पकाइन्छ । उक्त रसलाई घण्र्टौँ पकाएपछि खुदो तयार हुन्छ । यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउँथे । यस क्षेत्रमा २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी यन्त्रका माध्यमबाट उखु पेल्ने गरिएको छ । यस वर्ष माघ महिनामा नै यस क्षेत्रमा उत्पादित खुदो सकिएको स्थानीयवासी तारानाथ रिजालले जानकारी दिनुुभयो । खुदो खोज्नेको सङ्ख्या बढेपनि मागअनुसार आपूर्ति गर्न नसकिएको उहाँले बताए।

पछिल्ला समयमा मालेपाटन ढोडबेँसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेसँगै पोखरा महानगरपालिकाको सहयोगमा विगत दुई वर्ष यता यहाँको खुदोलाई ब्राण्डिङ गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको छ ।

एक वडा एक पकेट कार्यक्रम अन्तर्गत यहाँ उखु खेतीको विस्तारका लागि अघिल्लो वर्ष पोखरा महानगरपालिकाले रु १२ लाख उपलब्ध गराएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

यहाँ उत्पादित खुदोको यस वर्ष पनि प्रयोगशालामा परीक्षण गरिएकोमा गुणस्तरीय पाइएको उहाँले बताउनुुभयो । गत वर्ष हावा हुरीका कारण यहाँको उखु खेतीमा केही असर पारेको उहाँले जानकारी दिए ।

“मालेपाटन ढोडबँेसीको खुदोको माग वर्षेनी बढ्दै गरेका अवस्थामा त्यसअनुरुप आपूर्ति गर्न धौधौ हुनेगरेको छ”, उनले भन्नुभयो, “स्थानीयको जागरुकता बढेमा महानगरपालिकाले गर्न सक्ने सहयोगका लागि हामी निरन्तर लागिरहेकै छौँ ।”

उत्पादन बढाउन सकेमा त्यसले स्थानीयको आयआर्जन बढाउने र स्वरोजगारी सिर्जना गर्ने उनले बताए। मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्राण्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको र आगामी दिनमा पनि निरन्तरता दिने उननले बताए ।

विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकोमा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् । उखुमा लाग्ने गरेको ढुसीजन्य रोग, हावाहुरीको समस्या आदि चुनौतीका रुपमा रहेको उनीहरूको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: