Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

गरिबी निवारण र समृद्धिको आधार तयार गर्ने माध्यम बीमाः पोषराज पौडेल

खबरडबली संवाददाता

भक्तपुर । सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषराज पौडेलले स्वास्थ्य उपचारका कारण वर्षेनी ५ लाख मानिस गरिबीको रेखामुनी परेको बताएका छन् । बागमती प्रोस्कुनले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा ‘सहकारीमा सदस्य सुरक्षाः जोखिम स्थानतरणको लागि बीमा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पौडेलले यस्ताे बताएका हुन् ।

उनले हरेक पाईलामा जोखिम रहेकाले त्यसलाई ट्रान्सफर गर्न आग्रह गरे । जोखिमलाई ट्रान्सफर गर्न नसके विकास खर्चलाई समेत प्रभाव पार्ने भएकाले सबैले बीमा गर्न आवश्यक रहेको उनको भनाई छ । भुकम्पको समयमा बीमा कम्पनीले १६ अर्ब रकम भुक्तानी गरेको भन्दै उनले अब सरकारले पेन्सन र सामाजिक सुरक्षा भत्ता समेत नबाँडने कुरा आएकाले बीमाको विकल्प नभएको बताए ।

नेपालमा संस्थागत रुपमा ६ प्रतिशत र अभिकर्तामार्फत ९० प्रतिशत बीमा बिक्री हुने गरेको छ । सदस्यलाई गरिबीमा जान जोगाउने र समृद्धिको आधार तयार गर्ने माध्यम बीमा भएको पौडेलले बताए । भ्रष्टाचार निवारर्णका लागि पनि बीमा आवश्यक रहेको उनले बताए । बीमाले सम्पत्तिको क्षतिको रक्षावरण, सहकारी संस्थाको असिमित दायित्वको व्यवस्थापन र संस्थागत सुशासनमा सघाउन मद्दत गर्ने उनले जानकारी दिए ।

चन्द्रागिरि साकोसका सिईओ कृष्णकुमार श्रेष्ठले कार्यपत्र माथी टिप्पणी गर्दै बीमा हरेक क्षेत्रमा आवश्यक रहेको बताए । जोखिम न्युनिकरण र जोखिम स्थानान्तरणमा बीमाको महतव रहेको श्रेष्ठले बताए । सदस्यको सुरक्षाको लागि सहकारीले विभिन्न बीमा कार्यक्रम सञ्चालन गर्दै आएको र गर्वदेखि स्वर्गसम्मको सेवा दिन सहकारी लागि परेको उनको भनाई छ ।

सदस्यहरुलाई कुनै पनि प्रलोभनमा नपारी सेवा दिनुपर्नेमा उनले जोड दिए । बीमा क्षेत्रमा कस्ता प्रडक्ट आवश्यक हुनुपर्छ भन्नेमा रिसर्ज गर्नुपर्ने र नयाँ नयाँ प्रडक्ट ल्याउन उनले सुझाए । सहकारी राहत कोषलाई बीमासँग जोड्न सक्दा धेरै सदस्यलाई यस्ता कार्यक्रममा जोड्न सकिने उनको बुझाई छ ।

क्लिेम सेटलमेन्ट झन्झटिलो भएको र यसले कतिपय समयमा समस्या बनाएको श्रेष्ठले जनाए । आम्दानी र बचतसँगै सदस्यलाई आकास्मिक कोषमा जोड्न सके यसले वित्तीय स्वतन्त्रता दिने उनको भनाई छ । वित्तीय स्वतन्त्रतामा पुर्याउन सबै सहकारीले काम गर्नु पर्नेम उनको जोड थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending