Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

यसकारण युवायुवतीदेखि वृद्धवृद्धासम्मको रोजाइ केन्द्र बन्यो ‘रत्नापार्क’

खबरडबली संवाददाता

काठमाडौँ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित रत्नापार्कको परिचय अहिले फेरिएको छ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब रु ८० लाखको लागतमा पुन:निर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको हो । अहिले रत्नापार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययरत विवेक अधिकारी रत्नापार्कभित्र घुम्न र तस्बिर खिच्न आएको बताउछन् । “विद्यार्थी कार्ड देखाएपछि रु २० मा पार्कभित्र छिर्न पाइन्छ, यहाँ आएपछि बाहिर निस्कन मन नै लाग्दैन”, उनी भन्छन् ।

यस्तै बागबजारमा बस्ने ६७ वर्षीय सुकदेव श्रेष्ठ पनि घाम ताप्नका लागि पार्कभित्र आएको बताउछन् । “घरमा कति बस्ने, पार्कभित्र बस्ने ठाउँ पनि छ, घाम ताप्न पनि पाइयो, रुखबिरुवाको स्वच्छ हावा पनि खान पाइन्छ, त्यसैले फुर्सद भएको बेलामा रत्नापार्क आउने गरेको छु”, उनी भन्छन् ।

यस्तै असनका सानुकाजी ताम्राकार पनि घाम ताप्न र दिन काट्नका लागि रत्नापार्कभित्र आएको बताउछन् । माथिका केही प्रतिनिधिमूलक पात्रमात्र हुन् दैनिक हजारौँ व्यक्ति रत्नापार्कभित्र घुम्न र आनन्द लिनका लागि छिर्ने गर्छन् ।

काठमाडौँ महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नापार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । काठमाडौँ महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।

महानगरपालिकाले रत्नापार्कबाट हाल वार्षिक झण्डै रु एक करोड आम्दानी गर्दै आएको छ । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ ९रत्नापार्क०का प्रमुख उमेश भण्डारी रत्नपार्कबाट चालु आवको फागुन १४ सम्म रु ५७ लाख ९१ हजार सात सय ६० शुल्क आम्दानी गरेको बताउछन् ।

रत्नापार्कभित्र प्रवेश गर्नका लागि विद्यार्थीले रु २०, सर्वसाधारणले रु ३० शुल्क तिनुपर्ने हुन्छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले रु एक सय, विदेशी पर्यटक जाँदा रु एक सय, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा रु पाँच हजार, विवाह फोटो सुटका लागि रु पाँच सय, व्यावसायिकरूपमा फोटो खिच्नेले रु एक हजार पाँच सय र सांस्कृतिक पोशाक झल्काउन जानेले रु एक सय शुल्क तिनुपर्ने व्यवस्था रहेको छ ।

चालु आवको साउनदेखि पुस मसान्तसम्म रत्नापार्कमा ४२ हजार छ सय ४२ विद्यार्थी, एक लाख २१ हजार तीन सय नौ सर्वसाधारण, तीन सय ३३ विदेशी पर्यटक, नौ म्युजिक भिडियो सुटिङ, तीन सय ८७ व्यावसायिक क्यामेरा, चार विवाह फोटो सुट र तीन सांस्कृतिक पोशाक झल्काउने व्यक्ति रत्नापार्कभित्र प्रवेश गरेका छन् ।

शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ ९रत्नापार्क० का अनुसार साउन महिनामा ३० हजार एक सय ४६, भदौमा २७ हजार एक सय ४३, असोजमा २२ हजार दुई सय २९, कात्तिकमा १६ हजार दुई सय ४५, मङ्सिरमा १९ हजार आठ सय ५०, पुसमा २४ हजार एक सय ८९, माघमा २६ हजार १५ र फागुन १४ गतेसम्म १६ हजार एक सय ४१ जना प्रवेश गरेका छन् ।

रत्नापार्कको सुरक्षाका लागि खटिएकी नगर प्रहरी नायब निरीक्षक ज्योति पोखरेल रत्नापार्कभित्र दैनिक आठदेखि एक हजार दुई सय व्यक्ति घुम्न आउने गरेको बताउछिन् । “सार्वजनिक बिदाको दिनमा दैनिक तीनदेखि चार हजारसम्म रत्नापार्क घुम्न आउनुहुन्छ”, पोखरेल भन्छिन् ।

रत्नापार्कभित्र मानिस घाम तापेर सुखदु:खका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेको उनको भनाइ छ । रत्नापार्कभित्र बस्नका लागि सेट बक्स र कुर्चीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शङ्खधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ ९रत्नापार्क० ले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending