राजविराज । दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका मागा राखी संर्घषरत दुग्ध व्यवसायी तथा दुध किसानहरुले विभिन्न ११ बुंदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सदरमुकाम राजविराजमा दुग्ध उत्पादक सहकारी संघ लि।को अगुवाईमा मंगलवार प्रर्दशन सहित दुग्ध व्यवसायी र किसानहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई ११ बुंदे ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको मोरंगको विराटनगरस्थित दुग्ध विकास संस्थान वितरण आयोजना तथा अन्य नीजी डेरी उधोगहरुले विगत ८ महिना देखि ८ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै अविलम्ब भुक्तानी ब्यवस्थाका लागी सरकार संंग माग गरिएको छ ।
यस्तै विभिन्न बहानामा आफुखुशी कायम गरेको मूल्य खारेजी, दुग्ध व्यवसायी र किसानलाई पेशामा टिकाई राख्न सहुलित कृषि कर्जाको व्यवस्था, निर्यातित दुग्धजन्य पर्दाथमा अनुदानको व्यवस्था, सीमाक्षेत्रबाट अबैधरुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पदार्थमा रोक जस्ता माँग अघि सारिएको छ ।
यस्तै विमा दाबी भुक्तानीको सहज व्यवस्था, पशु आहारा आदीको ढुवानीमा ट्राफिक प्रहरीले दिने अनावश्यक दुःखको अन्त्य र किसानसँग रहेको दुध र दुग्धजन्य पर्दाथको अन्तराष्ट्रिय बजारसम्म पहुँचको व्यवस्था लगायतका माग पनि ज्ञापन पत्रमार्फत किसानहरुले अघि सारेका छन् ।
ज्ञापन पत्रमा पीडित किसानहरुले आन्दोलन कार्यक्रम सहित माँग पुरा नभए आन्दोलन चर्काउदै लैजाने चेतावनी समेत दिएका छन् । जसअनुसार फागुन १७ गते साँकेतिक रुपमा पूर्व पश्चिम राजर्मागको महुली सडक खण्डमा दुध पोखेर एक घण्टा चक्का जाम तथा फागुन २१ देखि काठमाडौं माईतीघर मण्डेलामा धर्ना तथा विरोध प्रर्दशनका कार्यक्रम तय गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: