Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

महँगाे बन्दै नेपाली भान्सा

आलु प्याजले समात्यो अवैध बाटो, वैध व्यापारी पलायनको चपेटामा

खबरडबली संवाददाता

वीरगन्ज । तरकारी तथा फलफूल समेत आयात हुने कृषि प्रधान मुलुकका आलु–प्याज व्यापारी सरकारकै कर नीतिका कारण पलायन हुने अवस्थामा पुगेको छ । चालु आर्थिक बर्षका लागि नेपाल सरकारले लिएको कर नीतिका कारण आलु प्याजमा १३ प्रतिशत भ्याट थप हुँदा आलु प्याजको वैध व्यापार गर्ने व्यापारी पलायन हुने अवस्था पुगेको हो ।

चालु आर्थिक वर्षको सात महिनामा ३२ अर्बको मात्र फलफूल तथा तरकारी आयात भइसकेको मुलुकको भन्सार जाँजचासमा लागेको करले नेपालीको भान्सा महँगिने मात्र नभई सीमा क्षेत्रमा आलु प्याजमा मौलाएको अवैध आयातले वैध व्यापारी धमाधम सटर बन्द गर्न थालेका छन् । वीरगन्जको घण्टाघर नजिक गोदाम संचालन गरी आलु र प्याजको कारोबार गर्ने राजकुमार गुप्ता केही तीन महिना अगाडी सटर बन्द गर्न बाध्य भए । अवैध व्यापारसँग प्रतिस्पर्धा गर्न नसकी उनले सटर बन्द गर्नु परेको दुखेसो गरेका छन् ।

भन्सार जाँचपास गराउँदा लाग्ने अतिरिक्त करसहित भ्याटको कारण बढेको कर छल्न अवैध कारोबार ह्वात्तै बढेको छ । खुल्ला सीमाको प्रयोग गरी अवैध कारोवार बढ्दा आलु प्याजको वैध बाटो खुम्चिएको उद्योगी व्यापारीहरुको छाता संगठन वीरगन्ज उद्योग बाणिज्य संघले जनाएको छ । ‘ग्रे च्यानलबाट आउने अवैध व्यापारसँग वैध व्यापार गर्ने व्यापारी कर तिरेर प्रतिस्पर्धा गर्न नसक्दा सरकारी नीति नै वैध व्यापारीको लागि गलपासो भएको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपालले बताए ।

खुल्ला सीमा भएको मुलुकको सीमा क्षेत्रमा हिजो आज सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी बल र अन्य नियमनकारी निकायसँगको मिलिभगतमा खुलेआम आलु प्याज अवैध बाटोबाट भित्रिरहेको छ । साइकल, मोटरसाईक, टेम्पो, अटो मात्र नभई ठूला सवारीमा समेत सीमाको सुरक्षार्थ खटेका व्यक्ति र निकायलाई मिलाई खुल्लम खुल्ला अवैध तरिकाले आलु प्याज भित्रिदा समस्या बढेको व्यापारीहरुको गुनासो छ ।

सरकारी कर नीतिको कारण अवैध व्यापार बढ्दा एकडेड सय गाडी भित्रिने यो समयसम्म यो बर्ष जम्मा १५/२० गाडी मात्र आलु प्याज आयात भएको स्थानीय व्यापारी मुन्ना कुमारले बताए । यो तथ्याँकले वैध व्यापार गर्ने व्यापारी स्वतः सटरबन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । ठूलो परिणाममा अवैध व्यापार भए थोरै परिणाम हुने वैध व्यापारले राजश्वमा पनि राम्रो योगदान गर्न नसक्ने उनको तर्क छ ।

उद्योगी व्यापारीहरुको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघ वीरगन्जको सभाहलमा सहभागी भई पीडित आलु व्याज व्यापारीले मंगलबार पत्रकार सम्मेलन मार्फत धरातलीय यथार्थ पनि बताए । वैध व्यापारलाई मार पर्ने गरी अवैध व्यापारमा बल पुग्ने सरकारी कर नीति शंसोधन गर्नु पर्ने पलट ट्रेडिङ्गका संचालक समेत रहेका व्यापारी मुन्ना कुमारको भनाइ छ ।

चालू आर्थिक वर्षको ७ महिनामा ३२ अर्ब रुपैयाँ बराबरको फलफूल र तरकारी मात्र आयात हुनु नै दूर्भाग्य भएको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष राजपालले बताए । यो तथ्याँक नेपाल सरकारको भन्सार विभागकै हो । ३२ अर्ब मध्ये तरकारी मात्र १९ अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको र बाँकी फलफूल भने १२ अर्ब ४० करोड बराबरको आयात भएको संघले पनि जनाएको छ । भंसार विभागको तथ्याँकमा नै खाद्यान्न मात्र नभई कृषि प्रधान देशमा तरकारी तर्फ पनि परनिर्भर हुनु राम्रो संकेत नभएको संघको दावी छ । सरकारी नीतिकै कारण अवैध च्यानल अझ मजबुत हुनु र सीमाको सुरक्षार्थ खटेको सशस्त्र प्रहरी बल र राज्यका नियमनकारी निकायकै मिलिभगत हुनु झन खतरनाक भएको व्यापारीहरुको तर्क छ ।

नेपालीको भान्सासँग प्रत्यक्ष जोडिने आलु प्याज जस्तो तरकारीमा समेत सरकार अनुदार हुनु विडम्बना भएको वीरगन्ज उद्योग बाणिज्य संघको भनाइ छ । मुलुक भित्र उत्पादित आलु प्याजले बर्षको करिब ४ महिनासम्म मात्र थेग्ने अर्का आलु प्याज व्यवसायी बाबा बैजनाथ सब्जी भण्डारका संचालक राजेश गुप्ताले बताए । आलु प्याज जस्तो दैनिक उपभोग्य तरकारीमा समेत भ्याट लागी अवैध बाटो मौलाउनु राम्रो संकेत नभएको वीरगन्ज उद्योग बाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले पनि तर्क गरे । नेपाल सरकारबाट आलु, प्याजमा भ्याट लागु गरेका कारण आलु प्याजसँग सम्बन्धित व्यापारीहरु मर्कामा परेका छन् उनले भने ।

एकातिर अवैध बाटो भई भित्रिएको आलु प्याजले सरकारको राजस्वमा ह«ास आइरहेको छ भने अर्कोतिर अवैध रुपमा भित्रिएको आलु प्याजसँग वैध बाटोबाट भित्रिएको आलु प्याजले प्रतिस्पर्धा गर्न नसकी यससँग सम्बन्धित व्यापारीहरु नै विस्थापित हुने अवस्थामा पुगेको अर्का व्यवसायी राकेस गुप्ताले दावी गरे ।

आयातमा मात्र भर पारिएको मुलुकको चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा निर्याततर्फ ८ दशमलब ८२ प्रतिशत मात्र योगदान भएको तथ्याँकले देखाएको छ । आयात निर्यातको समग्र तथ्याँकमा ९१ दशमलब १८ प्रतिशत आयातमा कैद भइएको पुष्टि सरकारी तथ्याँकले नै गरेको छ । यो भनेको चालु आर्थिक वर्षको सात महिनामा जम्मा ९ खर्ब ८४ अर्ब ७७ करोड बराबरको वैदेशिक व्यापार भएकोमा ८ खर्ब ९७ अर्ब ९४ करोड बराबरको वस्तु आयात मात्र भएको खुलेको छ । बाँकी ८६ अर्ब ८३ करोड बराबरको वस्तु मात्र निर्यात हुँदा मुलुकको व्यापार घाटा तुलना गर्ने लायक नै नभएको नेपाल सरकारको केन्द्रीय भन्सार विभागको तथ्याँकमा उल्लेख छ ।

तर पनि नेपाल सरकारले वैदेशिक व्यापार तर्फ अझै सुक्ष्म अध्ययन नगर्नु दुःखद् पक्ष भएको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष राजपालको भनाइ छ । अहिलेको तथ्याँक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा देशको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड नाघ्नु कुनै तवरले पनि चित्त बुझाउने ठाउँ नभएको उनको तर्क छ । राजधानी दैनिकमायाे खबर रहेकेा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending