Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एचआइभी एड्सबाट कञ्चनपुरमा चारसय ४१ जना सङ्क्रमित

\"aidsकञ्चनपुर । एचआइभी एड्सबाट कञ्चनपुर जिल्लामा ४४० जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये २३१ पुरुष, २०८ महिला र एकजना तेस्रोलिङ्गीमा एड्सको सङ्क्रमण देखापरेको हो । एड्सबाट सङ्क्रमित हुने १८ वर्षमूनिका बालबालिकाको सङ्ख्या भने ५० रहेको छ । जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका अनुसार गत वर्षसम्म एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या ४१९ रहेको थियो जसमा पुरुष २२२, महिला १९६ र एक जना तेस्रोलिङ्गीमा एड्सको सङ्क्रमण देखापरेको थियो । सोही अवधिमा अठार वर्षमूनिका ४६ जना बालबालिकामा एड्सको सङ्क्रमण देखापरेको थियो । सबैभन्दा बढी ३० वर्षदेखि ३९ वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्सको सङ्क्रमण देखिएको छ । यौनकर्मी महिलासँग असुरक्षित तरिकाले यौन सम्पर्क राख्ने ग्राहकहरु एचआइभी एड्सबाट बढी सङ्क्रमित भएको पाइएको जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका कार्यक्रम संयोजक रतनबहादुर विष्टले बताए । उनका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्सको सङ्क्रमण बढ्दो रुपमा रहेको छ । ‘जोखिमयुक्त तरिकाले यौनसम्पर्क राख्दा प्रवासीमा एड्सको सङ्क्रमण भएको र घरमा रहेका श्रीमतीलाई उनीहरुले नै एड्स सङ्क्रमण सारेको बढी देखिएको छ’ – उनले भने । एचआइभी एड्सको सङ्क्रमण रोक्नका लागि जनचेतना बढाउँदै लैजानुपर्ने एनएसडब्लुएका एड्ससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका देवराज बडुले बताए । विगतका वर्षहरुमा भन्दा एड्सको सङ्क्रमण दर बढ्दै गएको देखिएको छ उनले भने– ‘यसलाई न्यूनीकरण गर्नका लागि चेकजाँच सेवालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नु आवश्यक छ ।’ कञ्चनपुरमा सन् २००५ मा एचआइभी एड्सको पहिलो रोगी देखापरेको थियो । जिल्ला एड्स समन्वय समितिले एचआइभी सङ्क्रमितहरुको नियमित चेकजाँचका लागि एआरटी, पिएमटिसिटी, भिसिटीलगायतका सेवा प्रदान गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending