काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको नि:शुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन् ।
महानगरका अस्पतालमा ‘नि:शुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पताललाई यही फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न महानगर स्वास्थ्य विभागले गरेको पत्राचार अनुसार ४१ अस्पताल आबद्ध भएका हुन् । आवद्ध ४१ अस्पतालमा कूल तीन हजार दुई सय ३९ शय्या छन् । जसको १० प्रतिशत अर्थात् तीन सय २३ वटा शय्या लक्षित वर्गका लागि रहेको महानगर स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिए ।
स्वस्थ्य भएर बाँच्न पाउने तथा रोग लागेमा उपचारको सुविधा पाउने नागरिक अधिकार कार्यान्वयन गर्न विभिन्न चरणका प्रक्रिया पूरा भएको महानगरको भनाइ छ । आर्थिक रुपमा विपन्न र कोही नभएका व्यक्ति यस सेवाको लक्षित समूह हुन् । महर्जनले भने, “लक्षित वर्गको सहजताकै लागि सबै अस्पताललाई उक्त प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ ।”
लक्षित वर्गको नि:शुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा कामपाको प्रमुख बालेन्द्र साहकोे संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ । समितिमा महानगरका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य रहेको छन्।
उपचार प्रक्रियाका लागि बिरामीले वडालाई सिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लागि गर्ने सिफारिस, वडाले गर्ने सर्जमिन, बिरामीलाई उपचार दिँदा भर्नुपर्ने फाराम, दैनिक रजिस्ट्रार, उपचार गर्ने बिरामी वा निजको आफन्तबाट प्राप्त गर्नुपर्ने विवरण, प्रतिवेदनका ढाँचा कार्यविधिको अनुसूचीमा राखिएका छन् । सेवा नेपालका जुनसुकै भागबाट आएका व्यक्तिलाई पनि तोकिएको मापदण्डबमोजिम उपलब्ध हुनेछ ।
कसरी लिने नि:शुल्क सेवा ?
गरिबी परिचयपत्र भएका बिरामीले सोझै अस्पताल गई उपचार सेवा लिन सक्नेछन् । यदि गरिबी परिचयपत्र छैन भने बिरामीले कार्यविधिको अनुसूची–२ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची–५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिनुपर्छ । वडा कार्यालयबाट दिइने अनुसूची–४ बमोजिमको सर्जमिन र अनुसूची–३ अनुसारको सिफारिसपत्र लिई अस्पतालमा जानुपर्ने छ ।
त्यस्तै, बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसका आधारमा नि:शुल्क उपचार प्रदान गरिने, बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने तथा अन्योल भएमा सम्बन्धित वडाको सिफारिसपत्र लिई कामपा स्वास्थ्य विभागको नि:शुल्क उपचार सहजीकरण एकाइ वा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सिधै सम्पर्क गर्न सकिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - १७:२९
काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन्। शुक्रबार प्रस्तावित नयाँ प्रधानमन्त्री बालेन शाहले पद तथा गोपन...
चैत्र १० गते, २०८२ - १७:२२
देउवालाई बेवास्ता गरेर अघि बढ्दा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप
चैत्र १० गते, २०८२ - १७:१२
काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...
चैत्र १० गते, २०८२ - १६:५२
नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...
चैत्र १० गते, २०८२ - १६:३९
काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...
चैत्र १० गते, २०८२ - १६:२६
काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...
चैत्र १० गते, २०८२ - १६:११
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...
चैत्र १० गते, २०८२ - १५:५६
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...
चैत्र १० गते, २०८२ - १५:१२
ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...
चैत्र १० गते, २०८२ - १४:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...


प्रतिकृया लेख्नुहोस्: