Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

महामन्त्री थापाको प्रस्ताव : मतदातालाई रूखमा भोट हाल्ने वातावरण बनाऔँ

खबरडबली संवाददाता

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेको छन् ।

पार्टीको गोदावरीमा सोमबारदेखि जारी महासमिति बैठकमा मङ्गलबार साङ्गठनिक प्रस्ताव पेश गर्दै उनले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेको हो । “यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनमा आफ्नै तागतले एक्लै लड्ने सङ्कल्प गर्नुपर्छ,”– उनले भने ।

महामन्त्री थापाले आगामी निर्वाचनमा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्नमा मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले सङ्गठनलाई थप चलायमान र ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुन:स्थापित गर्नुपर्ने बताए।

महासमिति बैठकमा ३८ पृष्ठको साङ्गठनिक प्रस्ताव गर्नुभएका महामन्त्री थापाले विगतमा पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्नेमा कांग्रेस सचेत रहेको स्पष्ट पारे । उनले पार्टीले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मूलमन्त्र बनाएर जनतालाई निरन्तर उनीहरूका मुद्दासँग जोडिएको अनुभूत गराउने र अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउने सङ्कल्प गर्नुपर्ने बताए ।

महामन्त्रीले कांग्रेसको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व लिँदै उच्च आत्मविश्वासका साथ यसको रक्षा र कार्यान्वयन गर्ने, समुन्नत नेपाल : सम्मानित नेपाली निर्माणको ध्येयमा सिङ्गो पार्टीलाई एकताबद्ध गर्दै हरेक तहमा, हरेक क्षेत्रमा क्रियाशील बनाउने सङ्कल्प पार्टीले गर्नैपर्छ भने।

यसैगरी, जनता र समुदायका विषय र चासोलाई विशेष प्राथमिकतामा राख्दै पार्टीमा बहस, संवाद, प्रशिक्षण, छलफलका माध्यमबाट पार्टीलाई विचारको केन्द्र बनाउने, सबै किसिमका भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने, पार्टीलाई सामाजिक रुपान्तरणको संवाहक बनाउनुपर्ने महामन्त्रीले दोहोर्‍याए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, सामान निजी निवासमा सारियो

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन्। शुक्रबार प्रस्तावित नयाँ प्रधानमन्त्री बालेन शाहले पद तथा गोपन...

अदालतको फैसला नआएसम्म महाधिवेशन हुन सक्दैन : श्याम घिमिरे

देउवालाई बेवास्ता गरेर अघि बढ्दा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा

काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...

तौल घटाउने औषधिमा भारतको चेतावनी

नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...

‘तेल भिसा’चलचित्र निर्माता शिवराज कार्की पक्राउ

काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...

कांग्रेसद्वारा संविधान संशोधन अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...

बित्थडचिर गाउँपालिकाका प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...

नयाँ प्रधानमन्त्रीले शपथ लिएकै दिन कार्कीले बालुवाटार छाड्ने

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...

धनुषाको बस्ती नजिकै चितुवा देखिएपछि स्थानीय त्रसित

ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...

मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य गर्छौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: