Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विधेयकमा छलफल जारीः जसरी पनि संविधान जारी गर्नुपर्छ — सभासद्हरू

\"sambidhan_photo\"काठमाडौं  । संविधानसभाको आजको बैठकमा पनि ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको  छलफल जारी छ । छलफलमा भाग लिने सबै सभासद्ले जस्तोसुकै कठिन परिस्थिति उत्पन्न भएपनि संविधान निर्माणको मूल लक्ष्यबाट विमुख हुन नहुने बताए । उनीहरुले जसरी पनि संविधान जारी गर्नुपर्छ भन्दै संविधान निर्माणका क्रममा र त्यसलाई लिएर सिर्जना भएका समस्या पनि समाधान गर्दै जानुपर्नेमा जोड दिए । साथै उनीहरुले सीमाङ्कनको विषयलाई लिएर विभिन्न जिल्लामा जारी विरोध प्रदर्शन र आन्दोलनलाई वार्ताको माध्यमबाट छिटो सम्बोधन गरी सबैको भावना समेटेर समयमा नै संविधान जारी गर्नुपर्ने बताए । सामाजिक सद्भाव कायम गर्नुपर्ने, एउटै मुलुकमा बस्नुपर्ने भएकाले मारकाट गरेर होइन आपसी प्रेम र सद्भाव कायम गर्दै नेपालको विविधतामा एकता र शान्तिप्रेमी विशेषतालाई खण्डीकृत गर्न नहुनेमा पनि उनीहरुले जोड दिए । सभासद्हरुले प्रदेशको सीमाङ्कन गर्दा  पहिचान र सामथ्र्यलाई आधार बनाउनुपर्ने, महिला, दलित, मधेसी, थारुलगायत पछाडी पारिएका सबैको अधिकार सुनिश्चित गरिनुपर्ने बतए । सभासद्हरुले नागरिकतामा समानता कायम गरिनुपर्ने, धर्म र राजनीति मिसाउनु नहुने, गुणस्तरीय शिक्षाको व्यवस्था प्रस्तावनामा राखिनुपर्ने, जनताले उठाएका जायज माग सम्बोधन गर्न आयोग गठन गरेर समस्या समाधान गर्न सकिने बताए । परिमार्जित विधेयकले सबैको माग र चाहनालाई सम्बोधन गर्न नसके पनि संविधान संशोधन गर्न सकिने र थप गर्नुपर्ने विषयपछि पनि समेट्न सकिने भएकाले जनताका अधिकार नगुम्ने गरी ढिलो नगरी संविधान जारी गर्नुको विकल्प नभएको उनीहरुले बताए । नेपाली काँग्रेसका सभासद् रामचन्द्र पौडेलले नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा लिखित संविधान शीघ्र मुलुकले पाओस् भन्ने चाहना व्यक्त गरेका बताउँदै जनचाहनाअनुसार संविधानको मस्यौदा तयार गरिएको स्पष्ट गरे । केही नेताले कोठामा बसेर मस्यौदा गरेको भन्ने आक्षेप लगाउनेहरूप्रति लक्ष्यित गर्दै उनले त्यसो भनेका हुन । समस्या भएका केही विषयमा शीर्ष नेताले निष्कर्ष निकालेको पनि उनले प्रष्ट पारे । संविधानको परिमार्जित विधेयकले लोकतन्त्रका मूल्यमान्यतालाई समावेश गरेको र सबै वर्ग, जाति, पीडित, उत्पीडित समुदायलाई स्थान दिएको, प्रगतिशील व्यवस्था निर्माणलाई जोड दिएको बताए । ‘लोकतन्त्र, समावेशीताका आधारभूत मूल्य र मान्यतालाई विधेयकले आत्मसात् गरेको छ, सीमाङ्कन अन्तिम होइन, प्रस्तावित आयोगले सही ढङ्गले अन्तिम टुङ्गो लगाउनेछ’ – उनले भने । मुलुकको उन्नति, आर्थिक विकास, बेरोजगारीको अन्त्य आजको आवश्यकता भएको दोहो¥याउँदै उनले भविष्यका पुस्तालाई स्थायित्व, शान्ति र सुशासनको प्रत्याभूत गराउने भएकाले विचलित नभई जनताले स्वागत गर्ने संविधान जारी गर्नुपर्ने बताए । राज्यको मूलधारमा मधेसी, महिला र दलित, जनजाति, मुस्लिम, दलित, पिछडिएका वर्ग सबैलाई समेट्ने गरी विधेयकमा रहेका कमीकमजोरी सच्याउँदै जसरी पनि संविधान जारी गर्नुपर्नेमा जोड दिए । सोही दलका सभासद् दीपक गिरीले सीमाङ्कनका विषयमा विज्ञहरुसँग छलफल गरेर टुङ्ग्याउनुपर्नेमा दलका नेताहरुको चाहनामा सीमा निर्धारण गरिएकाले समस्या सिर्जना भएको बताए । राप्रपा ९नेपाल०का सभासद् सुशीलकुमार श्रेष्ठले संविधान मस्यौदा सबै शक्तिको सहमति र सम्झौताको दस्तावेज भनिए पनि मुख्य शक्तिलाई नै बेवास्ता गरिएको गुनासो गरे । नेकपा ९एमाले०का सभासद् भरतमोहन अधिकारीले संविधान लोकतान्त्रिक भए पनि राज्यको सीमाङ्कन विज्ञहरुको सुझावका आधारमा गरिएको भए समस्या नआउने बताए । उनले  संविधान जारी भएको छ महिनाभित्र स्थानीय निर्वाचन गर्ने प्रतिबद्धता संविधानमा नै किटान गर्नुपर्ने बताए । परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिने सभासद्मा नागेन्द्रप्रसाद थारु, रवीन्द्र अधिकारी, बलराम अधिकारी, प्रेमबहादुर गिरी, गणेशमान गुरुङ, तारादेवी राई, राजेन्द्रप्रसाद पाण्डे, अनिता देवकोटा, किरण यादव, वसुन्धरा रोकाया, तुलबहादुर गुरुङ, हीराबहादुर केसी, दुलारी हरिजन, राधेश्याम अधिकारी रहेका छन् ।  उक्त विधेयकमा छलफल जारी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending