Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

‘माओेवादी फेरि शक्तिशाली बन्ने आधार तय भइसक्यो, प्रचण्डलाई विश्राम दिने योजना छैन’

गिरिराजमणि पोखरेल भन्छन्- चुनाव चिन्ह एकता र महाधिवेशनबाट मात्रै फेरिन सक्नसक्छ

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले पार्टीको चुनाव चिन्ह फेर्न सबै लचक रहेको र पार्टी एकता र पार्टीको चुनाव चिन्ह महाधिवेशनबाट मात्रै फेरिन सक्ने बताएका छन्। उनले नेतृत्वमा जानेहरुलाई परिपक्वताको परिवेश बनाउन पदाधिकारीको निर्वाचन सिधै नगरिएको बताए ।

उनले अधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई निषेध गर्नुपर्ने जरुरी नरहेको निस्कर्ष निकालिएको र विश्राम दिने योजना नरहेको पनि बताए । 

त्यसबारे उनको भनाइ जस्तोको तस्तै

हामी एउटा युगान्तकारी परिवर्तनको नेतृत्व गरेर आएको पार्टी हौँ । हाम्रो पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हो । हामी जुन ढंगले विकास भएर आयौँ, संविधान सभाको चुनाव हुँदै अगाडी बढ्ने क्रममा हामीले नेकपा पनि बनायौँ । एमालेको संसदीय राजनीतिको अनुभव र हाम्रो क्रान्तिकारी संघर्षको अनुभवलाई नेकपा बनाउँदाखेरी धेरै समाहित गरिएको थिएन । नेकपा त विभाजित भयो । हामी आठौँ महाधिवेशनमा गएर २१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो भन्ने कार्यदिशा तय ग¥यौँ । तर त्यसले माग गर्ने संगठनात्मक पक्ष, प्रणाली थियो त्यो चाहीँ हामीले निर्माण गर्न सकेका थिएनौँ ।

हामीले अहिलेको विश्वको व्यवस्था, नेपाली समाजमा आएको परिवर्तन, विज्ञान, प्रविधिमा आएको परिवर्तन, अनि हामीले अवलम्वन गर्दै आएको लेनिनवादी संगठनको अवधारणा यो सबै कुरालाई मिलाएर लोकतान्त्रिक बहस, छलफल गरेर कस्तो संगठन बनाउँदाखेरी उपयुक्त हुन्छ त भन्ने ठूलो बहस जरुरी थियो । हामीले आठौँ महाधिवेशन गर्दा नै विशेष महाधिवेशन गछौं भनेका थियौँ । जे कुरा भनेका थियौँ त्यो कुरा पूरा ग¥यौँ । तलका पार्टी सदस्यसम्म लगेर यसलाई छलफल ग¥यौँ । वृहत केन्द्रिकरण गरेर तीन दिनको अधिवेशन गरेर यसलाई टुंग्याएको छौँ । त्यसकारणले हाम्रो पार्टी जीवनमा यो पहिलो ऐतिहासिक घटना हो । हाम्रो आफ्नै संगठनात्मक प्रणाली निर्माणको लागि पनि मौलिक पहल हो ।

हामीले के मात्रै गर्न खोजेका हौँ भन्दाखेरी अहिलेको नेतृत्वको पुस्ता टेस्टेड पुस्ता हो । विधि बनाउने भनेको त भोलिको नेतृत्वलाई विकास गर्नको लागि हो । हाम्रो पार्टी श्रमजीवि वर्गको पार्टी । हामीले जुन ढंगले नेतृत्व छनौट गर्छौं, छनौट गर्दा जो निर्वाचित हुँदाखेरी पनि त्यो वर्गको जुन स्वार्थ, सोच, दृष्टिकोण छ । त्यसलाई सुनिश्चित गर्ने वातावरण बनाउनुपर्छ । वर्षौंदेखि हामी एउटा प्रणालीमा गएका छौँ । त्यसो गर्दाखेरी अर्को प्रणाली अवलम्वन गर्नका लागि पनि राम्रो छलफल गर्नुपर्छ । हिजो अध्यक्षको शब्दलाई लिने हो भनेदेखि अलिकति परिपक्वताको परिवेश पनि सिर्जना होस् । तपाईं एउटा अभ्यास गरेर एकैचोटी अर्को अभ्यासमा जाने बित्तिकै बल्ड्याङ खाने पनि खतरा हुन्छ ।

त्यसकारणले मुलभुत रुपमा अब हामी प्रत्यक्ष निर्वाचनमा गइसक्यौँ । त्यो छानेको कमिटी भित्रपनि प्रत्यक्ष निर्वाचन नै हो पदाधिकारीको । सबै मतदाताले भोट दिने एउटा थियो । अब पदाधिकारीमा छानिएका प्रतिनिधिहरुले भोट दिने भए । मुलतः हामी गइसक्यौँ । यसमा डराएको भन्ने नै छैन । बरु हामीले होशियारीपूर्वक, परिपक्व भएर आफ्नो वर्गको, उत्पीडित समुदायको राजनीतिलाई सुनिश्चित गर्नेगरी । मुख्यकुरा नेतृत्वको हुँदो रहेछ क्रान्तिको लागि । जनताले साथ दिनुपर्छ । ठिक पार्टी बन्नुपर्छ । तर नेतृत्व ठिक छैन भने त ठिक कार्यदिशा पनि बन्दैन । पार्टी पनि चल्दैन । त्यसकारणले नेतृत्वलाई प्रणालीगत ढंगले सुनिश्चित गर्नका लागि अहिले गरिएको छ । तपाईले अलि वर्षपछि माओवादी पार्टीले सुविचारित ढंगले गरेको रहेछ भन्नुहुन्छ ।

मान्छेहरुलाई माओवादीमा ठुलो झगडा होस् । बबन्डर मच्चियोस् । यिनीहरु उत्तर–दक्षिण लागुन् । मान्छेहरुले त्यो खोजिराखेका छन् । माओवादीको अधिवेशनले त्यो कुरा दिएन । माओवादी एकतावद्ध भयो । सफलतापूर्वक आफ्नो विधान अधिवेशन सक्यो । अभियान हुँदै विशेष महाधिवेशनमा जाने तयारी ग¥यो । धेरैको माओवादीलाई अझ कमजोर बनाऔँ भन्ने सपना पूरा भएको छैन । 

हामी लेनिनवादी संगठनात्मक कुरा गर्छौं कम्युनिस्ट पार्टीमा । माक्र्स, एंगेल्सकै बेलादेखि नै नेतृत्व भनेको सामुहिक नेतृत्व हुन्छ । त्यो सामुहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति नेतामार्फत्बाट प्रकट हुन्छ । एंगेल्सकै बेलादेखि लागु भएको कुरा हो त्यो । कमरेड प्रचण्डजस्ता नेताहरु त्यत्तिकै त जन्मिदैनन् नि । यो चुनावले जन्माएको होइन । संसदीय राजनीतिले जन्माएको होइन ।

यहाँ आउन त धेरै मेहनत गरेर आएको छ । यो खुशी मान्नुपर्छ कि प्रचण्डको वरिपरी एउटा शक्तिशाली टिम छ । एकतावद्ध छ । नेतृत्वका साथीहरु पूरकको भुमिका खेलिरहनुभएको छ भनेर बुझ्नुपर्ने हुन्छ । उहाँको दैनिक सक्रियता पनि उत्तिकै छ । हामीले त नेतृत्वले योगदान गर्छु भनेसम्म पार्टी र देशको लागि योगदानबाट लिन सक्नुपर्छ । जीवनको उत्तराद्र्धमा उहाँ समाजवादको यात्रामा जान्छु । पार्टी पुनःगठन गर्छु म भनिराख्नुभएको छ । अहिले जनतालाई परिवर्तनको अनुभुति दिलाउनेगरी काम गर्छु भनेपछि प्रचण्डलाई सिध्याउनुपर्ने, निषेध गर्नुपर्ने किन जरुरी भयो र रु जति लिन सकिन्छ त्यति लिनुपर्छ भन्ने ढंगले बुझिएको र उहाँकै नेतृत्वमा अझै हामीले पार्टीलाई पनि पुनःगठन गर्नुपर्छ । अब उहाँलाई विश्राम दिनुप¥यो भन्ने सोँच पनि छैन ।

मदन भण्डारीको एउटा कोटेशन तपाईहरुले सुन्नुभएको छ नि ः क्रान्तिकारीको जीवनमा विश्राम भन्ने हुँदैन भनेर । सामुहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको रुपमा यो प्रणाली अन्तर्गत हामी आएका छौँ । क्रान्ति गर्नलाई नेतृत्व, ठिक कार्यदिशा, राम्रो पार्टी, जनताले साथ दिएपछि मात्रै अगाडी बढ्छ । एउटा पक्ष नेतृत्व हो । तर अरु पक्षहरु पनि यसमा सबैको योगदानबाट बनिराखेको हुन्छ । त्यसकारणले अहिले हामीले के गरेका छौँ भन्दाखेरी युवालाई पनि विकास गर्ने । 

महिलालाई विकास गर्ने । दलित, मुस्लिमहरुलाई विकास गर्ने लगायत समानुपातिक, समावेशीताको कुरालाई पक्रिएर अब खुलामा पनि होस्, समानुपातिकमा पनि होस् । सबैमा हामीले यो पक्षलाई ध्यान दिएर नेतृत्व विकास गर्ने भनेका छौँ । त्यसकारणले नेतृत्वले सुबिचारित ढंगले अब जिम्मेवारी हस्तान्तरण गर्दाखेरी पार्टी पनि अगाडी बढ्छ, देश पनि अगाडी बढ्छ भन्ने ठाउँमा आफूपनि सुनिश्चित हुनुपर्‍यो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending