Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

नेपालमा मोनोरेलको लागि दक्षिण कोरियासँग सम्झौता, यस्ता छन् अन्य ६ वटा सम्झौता

खबरडबली संवाददाता

काठमाडौँ । दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाको लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धी कार्यहरु गर्ने उल्लेख छ । 

कोरियाको राजधानी सउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेलसहित सातवटा सम्झौता भएका थिए । ‘ड्राइभिङ नेशनल डेभलपमेन्ट’ नारा दिएको उक्त गोष्ठीको कोरियास्थित नेपाली  राजदुतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ्ग विश्वविद्यालय र एमआइटी फाउन्डेसनले संयुक्तरुपा आयोजना गरिएको थियो

कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवर्धन र विकासको सहकारी ढाँचा स्थापना र पारस्परिक सम्बन्ध विस्तारको लागि दक्षिण कोरियाको कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनबीच पनि सम्झौता भएको छ । उक्त सम्झौतामा कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनका डीन सेङनो ली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरेका छन् । 

त्यसैगरी सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्धन तथा विकासको लागि कोरियाको दुगेदर कोरिया लभ एण्ड होप स्वंमसेवी समूह र ग्लोबन एनआरएनए फाउण्डेसनबीच पनि सम्झौता भएको छ । सम्झौतामा ग्लोबन एनआरएनए फाण्डेसनका अध्यक्ष विनोद कुँवर र दुगेदर कोरिया लभ एण्ड होप स्वंमसेवी समूहको तर्फबाट प्रोफेसर योङसु किम र लभ एण्ड भलन्टियर कोरका उपाध्यक्ष प्रा.किम यङ्ग सुले हस्ताक्षर गरेका छन् 
त्यसैगरी शैक्षिक आदानप्रदानलाई प्रवद्र्धन, फ्याकल्टी कार्यक्रमहरुमा सहकार्य र शैक्षिक अनुसन्धान र प्रविधि विकासमा सहयोग तथा सहकार्यको लागि हान्याङ युनिभर्सिटी बीके २१ ह्युमन–टेक कन्भर्जेन्स ग्रेजुएट स्कूल र मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीबीच पनि सम्झौता भएको छ ।  सम्झौतामा बीके २१ को तर्फबाट डीन डा. सेओङनो ली र मेलबर्न इन्स्टिच्युटका अध्यक्ष जमुना गुरुङले हस्ताक्षार गरेका छन्  ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासको लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यको लागि पनि सम्झौत भएको छ । उक्त सम्झौतामा ग्लोबल एनआरएन फाण्डेसनका अध्यक्ष विनोद कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष संगीता कुँवर र नेपाल खेलकुद अनुसन्धान प्रवद्र्धन प्रतिस्ठानका प्राध्यापक केशव थापा, कोरियाको ग्योङसान खुटबल संघका उपाध्यक्ष काङ योङ–होले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी टेबल टेनिस खेलको लागि शैक्षिक र प्रविधि विकासको अनुसन्धानको लागि पनि सम्झौता भएको छ । उक्त सम्झौतामा फस्टपोङ कम्पनी लिमिटेडका सिईओ अमिर कमन्दी र हान्याङ विश्वविद्यालयको खेलकुद उद्योग तथा विज्ञान विभागका प्राध्यापक सिद्धार्थ विक्रम पाँणेले हस्ताक्षर गरेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठाकुरीकोको प्रमुख अतिथ्य रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायतले शुभकामना दिएका थिए । 

एनआरएन आईसीसीका तथा  ग्लोबल एनआरएन फाउन्डेसनका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यस सचिव टंकलाल घिसिङ, कोरियाका लागि नेपाली राजदुत महामहिम डा. ज्योति प्याकुरेल, हान्याङ्ग  विश्वविद्यालयका प्रमुख  कि–जङ ली, एनआरएन आईसीसी र ग्लोबल एनआरएन फाउन्डेसनका संरक्षक शेष घले एमआइटी फाउन्डेसनको निदेशिका जमुना गुरुङ, कम्बोडियाका राजदूत छ्रिङ बोटम रंगसाइ, पाकिस्तानका राजदूत नबील मुनीरले बिशेष सम्बोधन गरेका थिए । 

उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका दक्ष ख्यातीप्राप्त प्राध्यापकहरुलगायत सम्बन्धित विषयका बिशेषज्ञहरुले १५ वटा कार्य तथा सोधपत्रहरु  प्रस्तुत गरेका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यादेश मार्फत १ सय १० कानून परिमार्जन हुँदा यी निकायमा पदाधिकारी पदमुक्त हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...

धरानमा सुकुम्बासीको प्रदर्शन: विकल्पबिनाको हटाउने अभियान अस्वीकार्य

‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राईले गरे पार्टी परित्यागको घोषणा

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...

हराएको खुकुरी खोज्नेक्रममा भीरबाट खसेर दुई जनाको मृत्यु

खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...

जबरजस्ती करणीमा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।  उच्च अदालत विराटनगर, ...

८ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...

कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...

कृष्ण मन्दिर हत्या प्रकरणः हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाले दिए नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending