Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नेपालमा मोनोरेलको लागि दक्षिण कोरियासँग सम्झौता, यस्ता छन् अन्य ६ वटा सम्झौता

खबरडबली संवाददाता

काठमाडौँ । दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाको लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धी कार्यहरु गर्ने उल्लेख छ । 

कोरियाको राजधानी सउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेलसहित सातवटा सम्झौता भएका थिए । ‘ड्राइभिङ नेशनल डेभलपमेन्ट’ नारा दिएको उक्त गोष्ठीको कोरियास्थित नेपाली  राजदुतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ्ग विश्वविद्यालय र एमआइटी फाउन्डेसनले संयुक्तरुपा आयोजना गरिएको थियो

कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवर्धन र विकासको सहकारी ढाँचा स्थापना र पारस्परिक सम्बन्ध विस्तारको लागि दक्षिण कोरियाको कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनबीच पनि सम्झौता भएको छ । उक्त सम्झौतामा कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनका डीन सेङनो ली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरेका छन् । 

त्यसैगरी सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्धन तथा विकासको लागि कोरियाको दुगेदर कोरिया लभ एण्ड होप स्वंमसेवी समूह र ग्लोबन एनआरएनए फाउण्डेसनबीच पनि सम्झौता भएको छ । सम्झौतामा ग्लोबन एनआरएनए फाण्डेसनका अध्यक्ष विनोद कुँवर र दुगेदर कोरिया लभ एण्ड होप स्वंमसेवी समूहको तर्फबाट प्रोफेसर योङसु किम र लभ एण्ड भलन्टियर कोरका उपाध्यक्ष प्रा.किम यङ्ग सुले हस्ताक्षर गरेका छन् 
त्यसैगरी शैक्षिक आदानप्रदानलाई प्रवद्र्धन, फ्याकल्टी कार्यक्रमहरुमा सहकार्य र शैक्षिक अनुसन्धान र प्रविधि विकासमा सहयोग तथा सहकार्यको लागि हान्याङ युनिभर्सिटी बीके २१ ह्युमन–टेक कन्भर्जेन्स ग्रेजुएट स्कूल र मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीबीच पनि सम्झौता भएको छ ।  सम्झौतामा बीके २१ को तर्फबाट डीन डा. सेओङनो ली र मेलबर्न इन्स्टिच्युटका अध्यक्ष जमुना गुरुङले हस्ताक्षार गरेका छन्  ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासको लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यको लागि पनि सम्झौत भएको छ । उक्त सम्झौतामा ग्लोबल एनआरएन फाण्डेसनका अध्यक्ष विनोद कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष संगीता कुँवर र नेपाल खेलकुद अनुसन्धान प्रवद्र्धन प्रतिस्ठानका प्राध्यापक केशव थापा, कोरियाको ग्योङसान खुटबल संघका उपाध्यक्ष काङ योङ–होले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी टेबल टेनिस खेलको लागि शैक्षिक र प्रविधि विकासको अनुसन्धानको लागि पनि सम्झौता भएको छ । उक्त सम्झौतामा फस्टपोङ कम्पनी लिमिटेडका सिईओ अमिर कमन्दी र हान्याङ विश्वविद्यालयको खेलकुद उद्योग तथा विज्ञान विभागका प्राध्यापक सिद्धार्थ विक्रम पाँणेले हस्ताक्षर गरेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठाकुरीकोको प्रमुख अतिथ्य रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायतले शुभकामना दिएका थिए । 

एनआरएन आईसीसीका तथा  ग्लोबल एनआरएन फाउन्डेसनका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यस सचिव टंकलाल घिसिङ, कोरियाका लागि नेपाली राजदुत महामहिम डा. ज्योति प्याकुरेल, हान्याङ्ग  विश्वविद्यालयका प्रमुख  कि–जङ ली, एनआरएन आईसीसी र ग्लोबल एनआरएन फाउन्डेसनका संरक्षक शेष घले एमआइटी फाउन्डेसनको निदेशिका जमुना गुरुङ, कम्बोडियाका राजदूत छ्रिङ बोटम रंगसाइ, पाकिस्तानका राजदूत नबील मुनीरले बिशेष सम्बोधन गरेका थिए । 

उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका दक्ष ख्यातीप्राप्त प्राध्यापकहरुलगायत सम्बन्धित विषयका बिशेषज्ञहरुले १५ वटा कार्य तथा सोधपत्रहरु  प्रस्तुत गरेका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending