काठमाडौँ । नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ ।
अदालतले सो संस्थालाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो । नेपाली चिकित्सक विद्यार्थीहरुका तर्फबाट नेपाली चिकित्सक परीक्षार्थीहरुको एक समूहले दायर गरेको मुद्दामा न्यायाधीश रुडोल्फ कोन्त्रेरसले सोमबार सो आदेश जारी गरेको अमेरिकास्थित एक चिकित्सकले राससलाई जानकारी दिएका छन् ।
अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरुको नेपालको परीक्षा र नतिजाका बारेमा सो संस्थाले प्रश्न उठाउँंदै उनीहरुलाई अयोग्य भएको निर्णय समेत गरेको थियो । सो निर्णयबाट अमेरिकामा सन् २०२२ यता काम गर्दै र पढ्दै गरेका चिकित्सकहरु समेत प्रभावित भएका थिए । यो निर्णयका विरुद्ध उनीहरुले उक्त अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतको यस आदेशले उनीहरुलाई केही राहत दिएको छ । अमेरिकाको ‘नेसनल बोर्ड अफ मेडिकल लाइसेन्सिङ’ लाई अदालतले नेपाली चिकित्सक परीक्षार्थीहरुलाई सो संस्थाले दिएको अन्तिम म्यादसमेत स्थगित गर्न आदेश जारी गरेको छ ।
युएसएमएलइ चिकित्सा शिक्षाको थप अध्ययनका लागि प्रवेश परीक्षा लिने चिकित्सा शिक्षा आयोगजस्तै नियामक निकाय हो । सो संस्थाले नेपालको मेडिकल परीक्षा प्रणालीप्रति प्रश्न उठाउँंदै सो परीक्षा र त्यसबाट प्राप्त भएको नतिजालाई अमेरिकाले स्वीकार नगर्ने नीति जारी गरेको थियो ।
यो निर्णयले हाल अमेरिकामा अभ्यासमा रहेका, सन् २०२२ यता अमेरिका आएर ‘रेजिडेन्सी’ गरेका र एमडी गरिरहेका नेपाली डाक्टरहरुलाई प्रभावित पारेको थियो । उनीहरुको योग्यतामा प्रश्न उठ्दा यहाँ कार्यरत काम समेत छोड्नुपर्ने र अमेरिकामा बैधानिकरुपमा भइरहेको बसोवाससमेत छोडेर फर्किनुपर्ने वाध्यकारी अवस्था आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...




प्रतिकृया लेख्नुहोस्: