उदयपुर । उदयपुर र खोटाङको सिमाना हुँदै बग्ने सुनकोसीको फोक्सिन्टारदेखि धाप्लाङघाटसम्मको १३ किलोमिटरमा जलयात्रा (¥याफ्टिङ) सञ्चालन गरिने भएको छ । विश्वकै उत्कृष्ट १० ‘ह्वाइट वाटर ¥याफटिङ’ गन्तव्यभित्र पर्न सफल सुनकोसी नदीमा आगामी फागुन १ गतेदेखि सुरु हुने दोस्रो प्रदेश महोत्सवका अवसरमा ¥याफ्टिङ सञ्चालन गरिने भएको हो ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घले फागुन १ गतेदेखि त्रियुगा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने दोस्रो प्रदेश महोत्सव २०८० को अवसरमा ¥याफ्टिङमार्फत मनोरञ्जन लिनेलाई मध्यनजर गर्दै सञ्चालन गर्न लागिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष डेबिड बस्नेतले जानकारी दिए ।
नेशनल जोग्राफी र ट्राभल डट अर्थले सुनकोसी नदीमा सञ्चालन हुने ह्वाइट वाटर ¥याफ्टिङलाई विश्वका उत्कृष्ट १० भित्र पनि सातौँ नम्बरमा राखेको छ । विश्वभर गरिएको अध्ययनपछि नेशनल जोग्राफीले सन् २०१० मा सुनकोसीमा सञ्चालन गर्न सकिने ¥याफ्टिङलाई उत्कृष्ट १० गन्तव्यमा राखेको हो ।
सुनकोसीमा ¥याफ्टिङ सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिने योजना रहेको अध्यक्ष बस्नेतले बताए। महोत्सवमा आकर्षणका रूपमा समेत ¥याफ्टिङलाई लिइएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताए ।
जल पर्यटन तथा साहसिक खेलमा चासो राख्ने पारखीका लागि विशेष ध्यानमा राख्दै फोक्सिङटारबाट धाप्लाङघाटसम्म ¥याफ्टिङमार्फत पर्यटकले मनोरञ्जन लिने सङ्घका महासचिव दिनेश श्रेष्ठले जानकारी दिए । ¥याफ्टिङमा जान चहानेका लागि गाईघाटबाट यातायातका साधनमार्फत फोक्सिङटारसम्म पुर्याइने र साउने तथा फोक्सिङटारमा खाजाको प्रबन्ध गरिने उनले बताए ।
¥याफ्टिङका क्रममा थ्री झर्नाको मनोरञ्जनसमेत लिन सकिने छ । फोक्सिङटारबाट सुरु भएको ¥याफ्टिङ धाप्लाङ घाटमा आएर सम्पन्न हुने र त्यहाँ मनोरञ्जनसहित खानाको समेत व्यवस्था गरिने जनाइएको छ । धाप्लाङघाटबाट पुनः यातायातका साधनसहित गाईघाटसम्म ल्याई पुर्याउने व्यवस्था गरिएको छ । त्यसका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय तोकिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष बस्नेतले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: