Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

सुनकोसीमा जलयात्रा सञ्चालन गरिने

खबरडबली संवाददाता

उदयपुर ।  उदयपुर र खोटाङको सिमाना हुँदै बग्ने सुनकोसीको फोक्सिन्टारदेखि धाप्लाङघाटसम्मको १३ किलोमिटरमा जलयात्रा (¥याफ्टिङ) सञ्चालन गरिने भएको छ । विश्वकै उत्कृष्ट १० ‘ह्वाइट वाटर ¥याफटिङ’ गन्तव्यभित्र पर्न सफल सुनकोसी नदीमा आगामी फागुन १ गतेदेखि सुरु हुने दोस्रो प्रदेश महोत्सवका अवसरमा ¥याफ्टिङ सञ्चालन गरिने भएको हो । 

जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घले फागुन १ गतेदेखि त्रियुगा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने दोस्रो प्रदेश महोत्सव २०८० को अवसरमा ¥याफ्टिङमार्फत मनोरञ्जन लिनेलाई मध्यनजर गर्दै सञ्चालन गर्न लागिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष डेबिड बस्नेतले जानकारी दिए । 

नेशनल जोग्राफी र ट्राभल डट अर्थले सुनकोसी नदीमा सञ्चालन हुने ह्वाइट वाटर ¥याफ्टिङलाई विश्वका उत्कृष्ट १० भित्र पनि सातौँ नम्बरमा राखेको छ । विश्वभर गरिएको अध्ययनपछि नेशनल जोग्राफीले सन् २०१० मा सुनकोसीमा सञ्चालन गर्न सकिने ¥याफ्टिङलाई उत्कृष्ट १० गन्तव्यमा राखेको हो । 

सुनकोसीमा ¥याफ्टिङ सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिने योजना रहेको अध्यक्ष बस्नेतले बताए। महोत्सवमा आकर्षणका रूपमा समेत ¥याफ्टिङलाई लिइएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताए । 

जल पर्यटन तथा साहसिक खेलमा चासो राख्ने पारखीका लागि विशेष ध्यानमा राख्दै फोक्सिङटारबाट धाप्लाङघाटसम्म ¥याफ्टिङमार्फत पर्यटकले मनोरञ्जन लिने सङ्घका महासचिव दिनेश श्रेष्ठले जानकारी दिए । ¥याफ्टिङमा जान चहानेका लागि गाईघाटबाट यातायातका साधनमार्फत फोक्सिङटारसम्म पुर्याइने र साउने तथा फोक्सिङटारमा खाजाको प्रबन्ध गरिने उनले बताए । 

¥याफ्टिङका क्रममा थ्री झर्नाको मनोरञ्जनसमेत लिन सकिने छ । फोक्सिङटारबाट सुरु भएको ¥याफ्टिङ धाप्लाङ घाटमा आएर सम्पन्न हुने र त्यहाँ मनोरञ्जनसहित खानाको समेत व्यवस्था गरिने जनाइएको छ । धाप्लाङघाटबाट पुनः यातायातका साधनसहित गाईघाटसम्म ल्याई पुर्याउने व्यवस्था गरिएको छ । त्यसका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय तोकिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष बस्नेतले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending