Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

गृहमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्छ -वर्षमान पुन

\"barshamanकाठमाडौं । एकिकृत नेकपा माओवादीका सचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले कैलालीका प्रशासनिक अधिकारीहरु अक्षमताका आधारमा काठमाडौं तानिन्छन् भने गृहमन्त्री वामदेव गौतम पनि समान दोषी हुनुको आधारमा राजिनामा दिनुपर्ने बताएका छन् । काठमाडौं नयाँबानेश्वरमा आयोजित जनजातिहरुको सयुक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले देशभर भएका झडप तथा क्षतीमा कमी ल्याउन नसक्ने गृहमन्त्री वामदेव गौतमले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् । पुनले भने, –‘कैलाली लगायतका स्थानहरुबाट गृहअन्तर्गतका तल्ला तहका कर्मचारी तथा प्रहरी अधिकृतहरुलाई काम गर्न नसकेको आरोपमा हेडक्वाटरमा तान्ने हो भने गृहमन्त्रीले पनि काम गर्न नसकेको आधारमा राजिनामा दिनुपर्छ’ । उनले गृहमन्त्रीको अक्षमताकै कारण देशभर झडप भइरहेको र मानिसहरुको क्षति भइरहेको समेत बताए । पुनले लोकतन्त्रमा जनताका जायज माग राखेर शान्तिपुर्ण विरोध गर्न पाउने अधिकारलाई गृहमन्त्रीले अनावश्यक बल प्रयोग गरी दबाउने काम गरेको र दमनले जनता सडकमा आउन वाध्य भएको समेत बताए । गृहमन्त्रीजस्तो पदिय हैसियतमा बसेको मान्छे जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्नेमा द्धन्दलाई बढुवा दिने अभिव्याक्ति दिएको र सुरक्षा निकायलाई कमजोर बनाएको समेत पुनको धारणा थियो । आफ्ना त्यत्रा प्रहरी अधिकृतहरुको झडप मारिदा र तल्ला तहका कर्मचारीलाई उनको क्यारियर मै दाग लाग्ने गरी प्रहरीहेटक्वाटरमा तानिदा तिनैका नेता गृहमन्त्रीचाही कसरी चोखिन सक्छन् भन्दै पुनले अक्षम गृहमन्त्री गौतमले राजिनामा दिनुको विकल्प नभएको बताए  । नयाँ संविधानमा जातजाति, उत्पिडित वर्ग र समुदायको भावना सम्बोधन नभए जनताले मान्दैन भन्ने कुरा देशभर भएका विरोधबाट राजनीतिक नेतृत्वले शिक्षा लिनुपर्ने बताए । पुनले भने, –‘राजनीतिक नेताहरुले जनताको भावनाको सम्मान र सम्बोधन गर्नुपर्छ तर आन्दोलनरत पक्षले पनि संविधान नचाहने शक्तिको चलखेलप्रति चनाखो रहनुपर्छ’ । उनले मधेश लगायत देशभर भइरहेका दमन र भफडपकाे जिम्मेवारीसमेत गाैतमले लिनुपर्ने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending