Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढ्छः मन्त्री किराँती

खबरडबली संवाददाता

उदयपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका–१ जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थलको निर्माण तत्काल अघि बढाइने बताएका छन् । 

आज बिहान सो क्षेत्रको निरीक्षणपछि उनले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै अघि बढाउने बताएका हुन् ।

विमानस्थल निर्माणका लागि रु पाँच करोड बजेट बिनियोजन भइसकेको छ भने मन्त्रालयले काम अघि बढाइसकेको मन्त्री किरातीको भनाइ छ । कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि उदयपुरको जोगिदहमा निर्माण हुने विमानस्थल महत्वपूर्ण भएको उनको भनाइ छ । भारतदेखि भुटानसम्मका पर्यटकलाई सगरमाथा क्षेत्रको भ्रमण गर्न र खोटाङको हलेसी महादेवसम्मको पर्यटन प्रवर्द्धन र विकासका लागि विमानस्थलको महत्वपूर्ण भूमिका रहने उनले बताए । 

त्यस अवसरमा सगरमाथा हवाई मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले तत्काल विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताए । “उदयपुरबासी तथा सगरमाथा क्षेत्रको जनताको ६० वर्षदेखिको वर्तमान सरकारले पूरा गर्नुपर्छ”, उनले भने ।

विमानस्थल सञ्चालनमा आउँदा सुनकोशीको दोलालघाटदेखि सप्तकोशीको चतरासम्मका ¥याफ्टिङ र चतराबाट उदयपुरको सगरमाथा हवाई मैदान भएर हिमाली क्षेत्र भ्रमण गर्न, हलेसी क्षेत्र पुग्नका लागि सहज हुने उनको भनाइ थियो । 

हवाई मैदान निर्माण समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता राजकुमार राईले विमानस्थल सञ्चालनमा आए सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुरका साथै भातरीय र भुटानबाट पर्यटक ल्याउन सकिने बताए । 

विमानस्थल निर्माणका लागि दुई करोडभन्दा बढी खर्च भइसकेको र वन तथा वातावरण मन्त्रालयले जग्गा भोगाधिकार दिइसकेको भन्दै उपभोक्ता समितिका सदस्य रुद्र अधिकारीले विमानस्थल निर्माणका लागि स्वीकृति प्राप्त भइसकेको बताए । 

उनका अनुसार विमानस्थल निर्माणका लागि एक सय ५६ दशमलव ११ हेक्टर जग्गा व्यवस्थापन भइसकेको छ । यहाँ कूल एक हजार चार  सय मिटर लम्बाई र ४० मिटर चौडाईको विमानस्थल निर्माण हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending