Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

चौबीस घन्टामा ७३ तालिवान र चार सेना मारिए

\"taliban\"काबुल । अफगानिस्तानमा अफगान नेसनल आर्मी एएनए सञ्जालले गत २४ घण्टायता शृङ्खलाबद्ध रुपमा गरेको कारबाहीका क्रममा कम्तीमा ७३ जना आतङ्ककारी मारिएका छन् । यसै कारबाहीको क्रममा चार सैनिकले पनि ज्यान गुमाएका अफगान गृहमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्म देशका १६ वटा प्रान्तमा गरेको कारबाहीको क्रममा ती आतङ्ककारी मारिएका गृहमन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । अफगान राष्ट्रिय सैनिकले जारी राखेको कारबाही र हवाई आक्रमणहरुमा तालिवान आतङ्ककारीका कमाण्डर मुल्लाह मुजीबसहित ७३ आतङ्ककारीको मृत्यु भएको र २५ घाइते भएका जनाइएको छ । यसैगरी सो कारबाहीको क्रममा १२ जना तालिवान आतङ्ककारी पक्राउ परेको पनि सोही विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानमा सुरक्षार्थ खटिइआएका नेटो सैनिकले यसै वर्षको सुरुदेखि नै विदा लिइसकेका छन् । तालिवानसँगको युद्धमा भाग नलिने भनी नेटो सेनाले बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् । यस कारबाहीको क्रममा एएनएसएफले भारी सङ्ख्यामा हातहतियार समेत कब्जा गरेको बताइएको छ । दुई नेटो सैनिकको गोलीहानी हत्या      यसैबीच अफगानानिस्तानको दक्षिणी भागमा रहेको नेटो सैनिकको शिविरमा अफगान सैनिकको पोसाकमा रहेका बन्दुकधारीहरुले बुधबार गरेको आक्रमणमा दुई नेटो सैनिकको मृत्यु भएको समाचार छ । गत अप्रिलयता नेटो सैनिकलाई लक्ष्यगरी गरिएको यो नै पहिलो आक्रमण भएको संयुक्त सेनाले जानकारी दिएको छ । तालिवानसँग युद्धमा संयुक्त रुपमा लडिरहेका गठबन्धन सेनामा रहेका अफगान सेनाले सेनाको पोसाक लगाएर यसअघि पनि पटक पटक नेटो सैनिकको हत्या गर्ने गरेका थिए । नेटो सैनिकमाथि यसअघि हेलमान्ड प्रान्तमा आक्रमण भएको थियो । यस अघि अप्रिल महिनामा यसरी नेटो सैनिकको हत्या भएको थियो । नेटो सैनिकद्धारा जारी विज्ञप्तिमा नेटोसँग आवद्ध दुई सैनिकले सैनिक पोसाकमा आएर गोली प्रहार गरेका जनाइएको छ । यस आक्रमणको तालिवान आतङ्ककारी समूहले हालसम्म जिम्मा लिएको छैन । तर यसअघिका यस्ता आक्रमणहरुमा तालिवान आतङ्ककारी समूहको नै हात रहेको हुनाले यस आक्रमणमा पनि तालिवानकै हात रहेको अनुमान गरिएको छ । अफगानिस्तानमा रहेका नेटो सैनिकले अफगान युद्ध समाप्त भएको घोषणा गरेर गत जनावरी १ तारिखबाट फर्किसकेका छन् । यद्यपि करिब १३ हजार नेटो सैनिक भने अफगान सेनालाई सल्लाह र तालिम जस्ता कार्यका लागि त्यहाँ रहेका छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending