Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

चौबीस घन्टामा ७३ तालिवान र चार सेना मारिए

\"taliban\"काबुल । अफगानिस्तानमा अफगान नेसनल आर्मी एएनए सञ्जालले गत २४ घण्टायता शृङ्खलाबद्ध रुपमा गरेको कारबाहीका क्रममा कम्तीमा ७३ जना आतङ्ककारी मारिएका छन् । यसै कारबाहीको क्रममा चार सैनिकले पनि ज्यान गुमाएका अफगान गृहमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्म देशका १६ वटा प्रान्तमा गरेको कारबाहीको क्रममा ती आतङ्ककारी मारिएका गृहमन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । अफगान राष्ट्रिय सैनिकले जारी राखेको कारबाही र हवाई आक्रमणहरुमा तालिवान आतङ्ककारीका कमाण्डर मुल्लाह मुजीबसहित ७३ आतङ्ककारीको मृत्यु भएको र २५ घाइते भएका जनाइएको छ । यसैगरी सो कारबाहीको क्रममा १२ जना तालिवान आतङ्ककारी पक्राउ परेको पनि सोही विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानमा सुरक्षार्थ खटिइआएका नेटो सैनिकले यसै वर्षको सुरुदेखि नै विदा लिइसकेका छन् । तालिवानसँगको युद्धमा भाग नलिने भनी नेटो सेनाले बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् । यस कारबाहीको क्रममा एएनएसएफले भारी सङ्ख्यामा हातहतियार समेत कब्जा गरेको बताइएको छ । दुई नेटो सैनिकको गोलीहानी हत्या      यसैबीच अफगानानिस्तानको दक्षिणी भागमा रहेको नेटो सैनिकको शिविरमा अफगान सैनिकको पोसाकमा रहेका बन्दुकधारीहरुले बुधबार गरेको आक्रमणमा दुई नेटो सैनिकको मृत्यु भएको समाचार छ । गत अप्रिलयता नेटो सैनिकलाई लक्ष्यगरी गरिएको यो नै पहिलो आक्रमण भएको संयुक्त सेनाले जानकारी दिएको छ । तालिवानसँग युद्धमा संयुक्त रुपमा लडिरहेका गठबन्धन सेनामा रहेका अफगान सेनाले सेनाको पोसाक लगाएर यसअघि पनि पटक पटक नेटो सैनिकको हत्या गर्ने गरेका थिए । नेटो सैनिकमाथि यसअघि हेलमान्ड प्रान्तमा आक्रमण भएको थियो । यस अघि अप्रिल महिनामा यसरी नेटो सैनिकको हत्या भएको थियो । नेटो सैनिकद्धारा जारी विज्ञप्तिमा नेटोसँग आवद्ध दुई सैनिकले सैनिक पोसाकमा आएर गोली प्रहार गरेका जनाइएको छ । यस आक्रमणको तालिवान आतङ्ककारी समूहले हालसम्म जिम्मा लिएको छैन । तर यसअघिका यस्ता आक्रमणहरुमा तालिवान आतङ्ककारी समूहको नै हात रहेको हुनाले यस आक्रमणमा पनि तालिवानकै हात रहेको अनुमान गरिएको छ । अफगानिस्तानमा रहेका नेटो सैनिकले अफगान युद्ध समाप्त भएको घोषणा गरेर गत जनावरी १ तारिखबाट फर्किसकेका छन् । यद्यपि करिब १३ हजार नेटो सैनिक भने अफगान सेनालाई सल्लाह र तालिम जस्ता कार्यका लागि त्यहाँ रहेका छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending