Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भूकम्पका कारण बलात्कार र आत्महत्याको घटनामा वृद्धि

दोलखा । जिल्लाका विभिन्न क्षेत्रमा बलात्कार तथा आत्महत्याका घटना बढ्नुमा भूकम्प कारक बनेको छ । विनाशकारी भूकम्पले घर भत्काएपछि घरबारविहीन भएका असहाय, अपाङ्ग महिला पछिल्लो समय असुरक्षित बन्दै गएका छन् । बस्ने घर भूकम्पले भत्काएसँगै नागरिक पालमुनि बस्नुपर्ने बाध्यताले पनि उनीहरु असुरक्षित बन्दै गएको प्रहरीको भनाइ रहेको छ । साँगुरो क्षेत्रमा रात बिताउँदा महिलाको पुरुषसँगको दूरी नजिक हुँदा उनीहरु बलात्कारको सिकारसमेत बनेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कअनुसार भूकम्प आएपछि बलात्कारका घटना ह्वात्तै बढेका छन् । पछिल्लो दुई वर्षयताकै सबैभन्दा बढी घटना घटेको जिल्ला प्रहरी कार्यालय दोलखाका मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक राम राउत बताउछन् ।  । उनले वैशाख महिनादेखि साउन महिनासम्ममा मात्र बलात्कारका घटना छवटा घटेको बताए , जसमा पाँचवटा जबर्जस्ती करणी र एकजना जबर्जस्ती करणी गर्न खोज्ने उद्योगअन्तर्गत रहेको जानकारी दिए । राउतले बलात्कारमा परेकामध्ये अधिकांश अशक्त र असहाय महिला रहेकोसमेत बताए । उनीहरुलाई प्रहरीले मुद्दा चलाएको छ । प्रहरीका अनुसार बलात्कृत हुने केही व्यक्ति असहाय र अपाङ्गसमेत रहेको राउत बताउँछन् । केही साताअघि एक सुस्तःमनस्थितिका पुरुषले सुस्तःमनस्थितिकै महिलालाई बलात्कार गरेकोसमेत घटना भएको छ । भूकम्पपछि धेरै घटना घटेको बताउँदै गएको वर्ष सातवटा र अघिल्लो वर्ष पाँचवटा यस्ता घटना घटेको प्रहरीले जनाएको छ । पछिल्ला घटनालाई नियाल्दा यस्ता घटना अझै घट्नसक्ने भन्दै सबैलाई अपाङ्ग, असहाय महिलालाई सुरक्षित स्थानमा राख्न प्रहरीको अनुरोधसमेत रहेको छ । भूकम्पले घर भत्काएको र बस्ने ठाउँको समस्या भएको कारणले पनि बलात्कारको घटना बढेको महिला अधिकारकर्मी एवम् आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्कीको भनाइ रहेको छ । उनले धेरै घटना गाउँघरमा घटेपनि पीडित प्रहरी सामु र अधिकारकर्मीमाझ आउन नसकेको बताउँछन् । केही घटना सामाजिकरुपमा अपहेलना हुने डरत्रासले पनि सार्वजनिक नभएको अधिकारकर्मी कार्कीको भनाइ रहेको छ । सुस्तःमनस्थिति भएका महिलाको भाषा नबुझ्दा पनि दोषी पहिचान गर्न समस्या भएको प्रहरी सहायक निरीक्षक राउतको भनाइ रहेको छ । जिल्ला प्रहरी कार्यालय र महिला विकास कार्यालयमा दोभाषे नहँुदा यस्ता समस्या आउने गरेको उनले बताए । त्यस्तै, असहाय महिलाको पक्षमा आवाज उठाउने मान्छे पनि नभएकाले धेरै घटना घटेको कार्कीको भनाइ छ । कार्कीले बलात्कारको घटनासँगै पछिल्लो समय घरेलु हिंसा पनि बढेको जानकारी दिए । यसैबीच, दोलखामा भूकम्पपछि आत्महत्या गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको जिल्ला प्रहरी कार्यालय दोलखाको भनाइ रहेको छ । वैशाख महिनादेखि हालसम्म १४ जनाले आत्महत्या गरिसकेको प्रहरीको भनाइ छ । त्यसमध्ये चार जना विष सेवन गरेर आत्महत्या गरेका हुन् भने अन्य १० जना झुन्डिएर, हामफालेरसमेत रहेको बताइएको छ । प्रहरीको अध्ययन अनुसन्धानअनुसार आत्महत्याको कारण अधिकांश घटनामा भूकम्पपछिको मानसिक तनाव रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending