Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

एनसेलमा नक्कली कम्पनि खडा गरेर कमिसन लिएर बेच्न खोजियो: ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलमा झेल भएको बताएका छन । 

पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सरकार अहिले भ्रष्टाचारको तानाबाना बुनेर बसेको जनाउँदै एनसेलमा झेल गर्न खोजेको बताए । 

उनले पूर्व मन्त्री र उपप्रधानमन्त्री बनेका मानिसलाई हिरासतमा राख्ने सरकारले  पक्राउ गरेको व्यापारीलाई भने प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगेकोमा आलोचना गरेका छन ।

‘केही वर्ष पछि सरकारको स्वामित्वमा आउने एनसेलसमेत कौडीको भाउमा अर्को कम्पनी खडा गरेर बेच्न दिने र त्यसबाट कमिसन लिने दाउमा सरकारका अधिकारीहरू रहेका छन,’ ओलीले भने, ‘सरकार निर्लज्ज भएर भ्रष्टाचारमा उत्रिएको छ ।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अहिले बेलगाम भएकोसमेत ओलीले जनाएका छन । राज्यसत्ताको दुरुपयोग गरेर सरकारले रेडक्रस र स्काउटजस्ता पवित्र सामाजिक संस्थाको समेत अधिवेशन गर्न नदिएको ओलीले जनाए ।  ‘कतिसम्म सत्ताको दुरुपयोग रु कुनै संस्था चल्न नै नपाउने, कोही चल्न खोजे रोकिदिने ?’ उनले भने ।

उता, एक सय किलो सुन पक्राउ परेको भन्ने सरकारले एक महिना पछि ६ केजीमा झारेकोसमेत ओलीले आरोप लगाए । साँढे ९ केजी पक्राउ परेको सुन कारबाही गर्ने बेलामा २ केजीमा झारिएको भन्दै सरकार तस्करीमा संलग्न भएको जनाए । कुनै घटना आउँछ भने त्यसलाई बुझेर त्यसका विरुद्ध आवाज उठाउन जरुरी रहेको भन्दै सांसदहरूलाइ निर्देशन दिएका छन ।

एमालेलाई अन्य पार्टीसँग मिसाएर उस्तै उस्तै बनाउने प्रयास गरिएको भए पनि त्यो एमालेले स्विकार्न नसक्ने उनले प्रष्ट पारेका छन । एमालेको भूमिका संसद देखि सडकसम्म एकदमै सशक्त हुनु पर्नेमा उनको जोड छ । 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending