सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले १० वर्ष भन्दा बढी पुरानो गाडीले पर्यटक बोक्न प्रतिबन्ध लगाएको छ । माघ १७ गते हेलम्बु क्षेत्रको गुम्बा र पर्यटकीय स्थल भ्रमणमा आएको गाडी दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु भएपछि गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका भित्र १० वर्ष पुराना गाडीमा पर्यटक बोक्न प्रतिबन्ध लगाएको हो ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अन्त्यन्तै महत्वपूर्ण मानिने हेलम्बु गाउँपालिकामा आउने पर्यटकहरूले पुरानो गाडी प्रयोग गरेका कारण दुर्घटना भएकाले १० वर्ष भन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै उक्त विज्ञप्तिमा मृतक भुटानी नागरिक पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दे घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरिएको छ । आगामी कार्यपालिकाको बैठकले हेलम्बु क्षेत्रमा १० बर्षभन्दा पुरानो गाडीले पर्यटक बोक्न नपाउने निर्णय गरिने विज्ञप्तिमा जनाइएको छ ।
अहिले भुटान, भारत लगायतका दर्जनौँ पर्यटक हेलम्बु क्षेत्रमा भ्रमणमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: