सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले १० वर्ष भन्दा बढी पुरानो गाडीले पर्यटक बोक्न प्रतिबन्ध लगाएको छ । माघ १७ गते हेलम्बु क्षेत्रको गुम्बा र पर्यटकीय स्थल भ्रमणमा आएको गाडी दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु भएपछि गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका भित्र १० वर्ष पुराना गाडीमा पर्यटक बोक्न प्रतिबन्ध लगाएको हो ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अन्त्यन्तै महत्वपूर्ण मानिने हेलम्बु गाउँपालिकामा आउने पर्यटकहरूले पुरानो गाडी प्रयोग गरेका कारण दुर्घटना भएकाले १० वर्ष भन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै उक्त विज्ञप्तिमा मृतक भुटानी नागरिक पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दे घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरिएको छ । आगामी कार्यपालिकाको बैठकले हेलम्बु क्षेत्रमा १० बर्षभन्दा पुरानो गाडीले पर्यटक बोक्न नपाउने निर्णय गरिने विज्ञप्तिमा जनाइएको छ ।
अहिले भुटान, भारत लगायतका दर्जनौँ पर्यटक हेलम्बु क्षेत्रमा भ्रमणमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...
फाल्गुन २७ गते, २०८२ - १९:०५
सिराहा । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएक...
फाल्गुन २७ गते, २०८२ - १९:००
काठमाडौं । नेपाल प्रहरी ले फेक ‘रेस्क्यु’ प्रकरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोलुखुम्बुको सोल...
फाल्गुन २७ गते, २०८२ - १८:५७
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्ति र वितरणबारे बजारमा विभिन्न हल्ला फैलिन थालेपछि नेपाल आयल निगम ले प्रेस विज्ञप्ति जारी गर्दै वास्तवि...
फाल्गुन २७ गते, २०८२ - १३:३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...
फाल्गुन २७ गते, २०८२ - १३:३५
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...



प्रतिकृया लेख्नुहोस्: