Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

मन्त्री डिगबहादुर लिम्बुको नेतृत्वमा १२ वर्षपछि नेपाल स्काउटमा निर्वाचन

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल स्काउटमा सुशासन पुर्नस्थापना गर्न लामो समयदेखि प्रतिक्षा गरिएको निर्वाचन माघ २२ र २७ गते हुने भएको छ । नेपाल स्काउट भित्र लोकतान्त्रीक व्यवस्थाको पुर्नस्थापना  गर्ने प्रशंसनीय प्रयासमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले १२ वर्षको अन्तरालपछि निर्वाचन गराउन महत्वपूर्ण कदम चालेका हुन् । 

यो कदमले नेपालमा पबित्र स्वयमसेवी संगठनको छबि बनाएको नेपाल स्काउटको १२ बर्षे लामो संक्रमण अन्त्य हुनेभएको छ । नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुद मन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था रहेको छ ।

राजनितिबाट अलग हुनुपर्ने बिश्वव्यापी मान्यता बोकेको स्काउट अभियान, कुनै समय नेपालका प्राय सबै बिद्यालयमा पुगीसकेको थियो तर गणतन्त्र स्थापना पछि भने नेपाल स्काउट राजनैतिक खिचातानिको चंगुलमा नराम्ररी फस्न पुग्यो । २०६८ सालमा निर्बाचन भएको समितिले २०७० मा राजिनामा दिएपछि नेपाल स्काउट बिभिन्न सरकारले गठन गरेको तदर्थवादमा चल्दै आएको छ । यसै बिच मन्त्री लिम्बुले गत पौष २३ गते राष्ट्रिय परिषद्को बैठक बोलाएर स्काउटका तीनै तहको निर्वाचन तोकेका हुन् ।

नेपाल स्काउट जस्तो परोपकारी छवि बोकेको संस्थामा आइपरेका पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक मूल्यमान्ता, समावेशी र सहभागितामूलक शासन संरचनाको आवश्यकतालाई बुझ्दै सुशासनका समस्याहरू समाधान गर्ने दिशामा मन्त्री लिम्बुले चालेको यो कदम प्रशंसायोग्य छ ।

१२ बर्ष पछि हुन लागेको निर्वाचनले आम स्काउट सदस्यहरु, सरोकारवाला र अन्तराष्ट्रिय समुदायले व्यापक रूपमा प्रशंसा गरेका छन् । यस कदमले भर्खरै मात्र एक लाख सदस्य संख्या पुर्याएको नेपाल स्काउटको लागि सामान्य अवस्थामा फर्किने मात्र होइन, युवा तथा बालबालिकालाई अनुशासित, कर्मठ, स्वाभलम्वी र राष्ट्रप्रेमी नागरिक उत्पादनको अभियानमा थप दृढ र मझबुत बनाउने जानकारहरु बताँउछन् ।

युवा तथा खेलकुद मन्त्रालयका अन्य धेरै महत्वपुर्ण बिषय सम्बोधनका हकमा मन्त्री लिम्बु खरो उत्रिन नसकिरहेको वर्तमान अवस्थामा नेपाल स्काउटमा रहेको दशकलामो संक्रमणलाई सम्बोधन गर्न मन्त्री डिगबहादुर लिम्बुले गरेको यो पहलले युवा सशक्तिकरण र लोकतान्त्रिक मूल्यमान्यताको प्रवद्र्धनमा सरकारको प्रतिबद्धता केहीहद सम्म सकारात्मक बनाउन सक्छ । साथै मन्त्रीपरिषद्को सदस्यको रुपमा मन्त्री लिम्बुको कार्यसम्पादनमा हरियो बत्ती बाल्न मद्दत पुग्न सक्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...

काठ निकासी घुस प्रकरण : ३ जनालाई कैद र जरिवानाको फैसला

काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...

मानुपातिक मतपरिणाम सार्वजनिक : कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...

रास्वपाको दुई तिहाइमा ‘दुई सिट’को दूरी : यस्तो छ संसद्को नयाँ अंकगणित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE