काठमाडौ । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले यही माघ २० गते शनिबार निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । स्त्री रोग तथा निसन्तानसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आईभीएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो ।
नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टोलीले बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ । डा शर्मासँग स्वास्थ्य जाँच वा परामर्श गर्न बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।
निस्शुल्क ओपिडी सेवा बिहान १० बजेदेखी अपरान्ह ३ बजेसम्म संचालन हुनेछ भने एक सातासम्म फलोअप जाँच निशुल्क गरिएको नर्भिक हस्पिटलका सीईओ अजय कुमार मिश्राले जानकारी दिए । निस्शुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा पनि नाम दर्ता गराउन सक्ने अस्पतालले जनाएको छ ।
नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधरण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित् विशेषज्ञ चिकित्सकद्वारा निस्शुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८२ - १७:०९
संयुक्त राष्ट्रसंघ। गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीलाई दुव्र्यवहार गरिएको भन्ने विवरणप्रति संयुक्त राष्ट्रसंघका मानवीय निकायले गह...
माघ २५ गते, २०८२ - १६:५८
न्यूयोर्क। एलन मस्कले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गर्नु भएको छ । करिब एक लाख उपग्रहलाई आकाशमा राखेर सूर्यको ऊर्जाबाट चल्ने...
माघ २५ गते, २०८२ - १६:४८
सप्तरी। सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शनिबार शङ्कास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् । वनभोज खान त्यहाँ पुगेका बाल...
माघ २५ गते, २०८२ - १६:३५
संयुक्त राष्ट्र संघ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्...
माघ २५ गते, २०८२ - १६:३२
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदाता तथा स्थानीय जनताका कुरा सुन्न घरआँगनमा प...
माघ २५ गते, २०८२ - १६:२२
काठमाडौँ । पाकिस्तानले आइसिसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले...
माघ २५ गते, २०८२ - १६:१२
नेपालगन्ज। केही दिनयता पुन: सुरु भएको शीतलहर तथा हुस्सुका कारण भिजिबिलिटी कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान प्रभावित भएका छन् । शनिबार बि...
माघ २५ गते, २०८२ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गोरखा १ का उम्मेदवार सुधन गुरुङप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले सुधन गुरुङमा व्यक्तिगत र राजनीतिक ...
माघ २५ गते, २०८२ - १४:५७
काठमाडौं। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्...
माघ २५ गते, २०८२ - १४:४६
कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सञ्चालन भइरहेको निर्वाचन प्रहरी तालिमका क्रममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको नमु...



प्रतिकृया लेख्नुहोस्: