काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उत्पादन र उत्पादकत्व वृद्धिगरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री प्रचण्डले वनको वैज्ञानिक व्यवस्थापन गरी काष्ठ एवं गैरकाष्ठ वन पैदावारबाट समुदायको आर्थिक स्थिति र रोजगार प्रवद्र्धन गर्न विश्वविद्यालयले आवश्यक अनुसन्धानमा आधारित नीतिगत सुझाव दिनुपर्ने बताए ।
आर्थिक विकासमा कृषि, पशु र वन क्षेत्रको योगदान वृद्धि गर्न वातावरण अनुकूलित आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले ग्रामीण समुदायको आर्थिकस्तर उठाउन शिक्षण, अनुसन्धान र प्रसारका क्रियाकलापमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवाला संघसंस्था मिलेर अगाडि बढ्न विश्वविद्यालयलाई सुझाव दिए ।
विश्वव्यापी रूपमा बढ्दै गइरहेको जलवायु परिवर्तन, खाद्य असुरक्षा, बेरोजगारीजस्ता प्रतिकूल अवस्थासँग जुध्न र किसानको आम्दानी वृद्धि गर्ने र रोजगारको सुनिश्चितता गर्ने कार्यमा लाग्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।
विश्वविद्यालयले अनुसरण गरिराखेका शिक्षण अनुसन्धान क्रियाकलापहरू, शिक्षण र अनुसन्धान क्रियाकलापमा गरिरहेका अन्तर्राष्ट्रियकरणका कार्यहरू, भौतिक पूर्वाधार र कलेजहरू विकासजस्ता कार्यलाई दिगो रूपमा सञ्चालन गर्न रचनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए।
नेपालमा कृषि, पशु चिकित्सा, मत्स्यविज्ञान, पशु विज्ञान र वनविज्ञान क्षेत्रलगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो मशसुस गरी विसं २०६७ मा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: