काठमाडौं । आगामी माघ २० गतेदेखि २६ गतेसम्म काभ्रेको पनौतीमा रहेको माईती बृद्धाश्रमका लागि काठमाडौको शान्तिनगरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।
वृद्धाश्रमका लागि आवश्यक थप भौतिक संरचना निर्माण तथा सञ्चालनका लागि महायज्ञको आयोजना गर्न लागगिएको हो ।
आलोकनगर मार्ग टोल सुधार समिति र आमा अभियान नेपालको विशेष सहयोगमा हुन लागेको सो महायज्ञमा भारतको हरिद्धारबाट पाल्नुहुने स्वामी सुधाकरजीको नेतृत्वमा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक एवं वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनाले जानकारी दिए ।
काभ्रेको ऐतिहासिक नगरी एवं रोशी र रुद्रावती नदीको संगमस्थल हरेक १२ बर्षमा मकर मेला हुने पवित्र तीर्थस्थल त्रिवेणी धामसँगै २०६६ सालको माघमा स्थापना भएको वृद्धाश्रममा हाल ३५ वृद्धवृद्धा र ६ अनाथ बालबालिकासहित ४१ जना आश्रित छन् ।
वृद्धवृद्धाको बढ्दो संख्यासँगै सुत्ने कोठा, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलाप गर्ने कोठा, खेलमैदान, पुष्पवाटिका लगायतको अपुग भएपछि अर्को वृद्ध र अपांगमैत्री भवन निर्माणार्थ महायज्ञ आयोजना गरिएको संयोजक तिमल्सिनाले जानकारी दिए ।
महायज्ञ मूल समारोह समितिका सह–संयोजक एवं आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेलले पनौतीमा वृद्धाश्रमको अवलोकन गरेर त्यहाँ पूर्वाधार लगायतका अन्य सहयोग आवश्यक देखिएकोले महायज्ञ गर्न अग्रसर भएको बताए । महायज्ञ समारोहका सदस्य–सचिव गोविन्द गौतमले वृद्धवृद्धाको सेवाको पुण्य कामका लागि काठमाडौको शान्ति नगरमा महायज्ञको आयोजना गरिने लागेको र यसले मानवीय सेवामा ठूलो धर्म प्राप्ति हुने बताए ।
महायज्ञका लागि आमा अभियान नेपालका महिला पनि सक्रिय भएका छन् । आमा अभियान नेपालका अध्यक्ष सरस्वती दाहालले महायज्ञ सफल पार्नका लागि स्थानीय महिला सक्रिय भएको र महायज्ञले धेरै वृद्धवृद्धाको सुखी जीवनका लागि सहयोग गर्ने बताए । शान्तिनगरस्थित सिद्धेश्वर माविसँगको खाली जग्गामा आयोजना गरिने महायज्ञबाट संकलित रकम थप वृद्धाश्रम निर्माणका लागि हाल आश्रित रहेका वृद्धवृद्धाको पालन पोषणका लागि खर्च गरिने भएकोले मूह समारोह समितिले सम्पूर्णमा महायज्ञमा सहभागी भई सहायता गर्न आह्वान गरेको छ ।
महायज्ञबारे थप जानकारीका लागि संयोजक रघुनाथ तिमल्सिना–९८४११८२८४४, सह–संयोजक डीआर पोखरेल–९८४१५२६००५, सह–संयोजक सरस्वती दाहाल–९८४९१५८६४७ र
सदस्य–सचिव गोविन्द गौतम–९८४१४४७९३१ सम्पर्क गर्न पनि महायज्ञ मूल समारोह समितिले आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...
फाल्गुन २७ गते, २०८२ - १९:०५
सिराहा । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएक...
फाल्गुन २७ गते, २०८२ - १९:००
काठमाडौं । नेपाल प्रहरी ले फेक ‘रेस्क्यु’ प्रकरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोलुखुम्बुको सोल...
फाल्गुन २७ गते, २०८२ - १८:५७
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्ति र वितरणबारे बजारमा विभिन्न हल्ला फैलिन थालेपछि नेपाल आयल निगम ले प्रेस विज्ञप्ति जारी गर्दै वास्तवि...
फाल्गुन २७ गते, २०८२ - १३:३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...
फाल्गुन २७ गते, २०८२ - १३:३५
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...



प्रतिकृया लेख्नुहोस्: