काठमाडौं । आगामी माघ २० गतेदेखि २६ गतेसम्म काभ्रेको पनौतीमा रहेको माईती बृद्धाश्रमका लागि काठमाडौको शान्तिनगरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।
वृद्धाश्रमका लागि आवश्यक थप भौतिक संरचना निर्माण तथा सञ्चालनका लागि महायज्ञको आयोजना गर्न लागगिएको हो ।
आलोकनगर मार्ग टोल सुधार समिति र आमा अभियान नेपालको विशेष सहयोगमा हुन लागेको सो महायज्ञमा भारतको हरिद्धारबाट पाल्नुहुने स्वामी सुधाकरजीको नेतृत्वमा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक एवं वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनाले जानकारी दिए ।
काभ्रेको ऐतिहासिक नगरी एवं रोशी र रुद्रावती नदीको संगमस्थल हरेक १२ बर्षमा मकर मेला हुने पवित्र तीर्थस्थल त्रिवेणी धामसँगै २०६६ सालको माघमा स्थापना भएको वृद्धाश्रममा हाल ३५ वृद्धवृद्धा र ६ अनाथ बालबालिकासहित ४१ जना आश्रित छन् ।
वृद्धवृद्धाको बढ्दो संख्यासँगै सुत्ने कोठा, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलाप गर्ने कोठा, खेलमैदान, पुष्पवाटिका लगायतको अपुग भएपछि अर्को वृद्ध र अपांगमैत्री भवन निर्माणार्थ महायज्ञ आयोजना गरिएको संयोजक तिमल्सिनाले जानकारी दिए ।
महायज्ञ मूल समारोह समितिका सह–संयोजक एवं आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेलले पनौतीमा वृद्धाश्रमको अवलोकन गरेर त्यहाँ पूर्वाधार लगायतका अन्य सहयोग आवश्यक देखिएकोले महायज्ञ गर्न अग्रसर भएको बताए । महायज्ञ समारोहका सदस्य–सचिव गोविन्द गौतमले वृद्धवृद्धाको सेवाको पुण्य कामका लागि काठमाडौको शान्ति नगरमा महायज्ञको आयोजना गरिने लागेको र यसले मानवीय सेवामा ठूलो धर्म प्राप्ति हुने बताए ।
महायज्ञका लागि आमा अभियान नेपालका महिला पनि सक्रिय भएका छन् । आमा अभियान नेपालका अध्यक्ष सरस्वती दाहालले महायज्ञ सफल पार्नका लागि स्थानीय महिला सक्रिय भएको र महायज्ञले धेरै वृद्धवृद्धाको सुखी जीवनका लागि सहयोग गर्ने बताए । शान्तिनगरस्थित सिद्धेश्वर माविसँगको खाली जग्गामा आयोजना गरिने महायज्ञबाट संकलित रकम थप वृद्धाश्रम निर्माणका लागि हाल आश्रित रहेका वृद्धवृद्धाको पालन पोषणका लागि खर्च गरिने भएकोले मूह समारोह समितिले सम्पूर्णमा महायज्ञमा सहभागी भई सहायता गर्न आह्वान गरेको छ ।
महायज्ञबारे थप जानकारीका लागि संयोजक रघुनाथ तिमल्सिना–९८४११८२८४४, सह–संयोजक डीआर पोखरेल–९८४१५२६००५, सह–संयोजक सरस्वती दाहाल–९८४९१५८६४७ र
सदस्य–सचिव गोविन्द गौतम–९८४१४४७९३१ सम्पर्क गर्न पनि महायज्ञ मूल समारोह समितिले आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: