भक्तपुर । सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै उसले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीहरुसँंग पैसा उठाएर भाग्ने प्रबृति बढेकाले यसलाई व्यवस्थि तगर्न सहकारी ऐन २०७९ तथा सहकारी नियमावली ८० तयार पारेको जनाए ।
मध्यपुर थिमि नगरपालिका उद्योग, सहकारी तथा रोजगारी प्रबद्ध्धन शाखाले नगरपालिकाले तयार पारेको सहकारी ऐन २०७९ तथा सहकारी नियमावली २०८० बारे गरेको अभिमुखीकरण कार्यक्रममा मेयर श्रेष्ठले अव सहकारीहरुलाई व्यवस्थित बनाउने कार्य सुरु गर्ने प्रतिवद्धता जनाए । ‘अहिलेसम्म सहकारीको अवस्था हामीले राम्ररी बुझ्न पाएका छैनौँ, मेयर श्रेष्ठले भने, ‘अब यो ऐन बनेसँंगै विशेषज्ञसहितको टोली लिएर हामी सहकारीको अवस्था बुझ्न जानेछौं ।’ उनले अनियमित गरेको सहकारी संस्थाहरुलाई त्रुटी सच्याउन सुझाब दिने र बारम्बारको अनुरोधलाई पनि बेवास्ता गरी नसच्याएमा कारबाही गर्ने जनाए ।
तयार ऐनमा श्रृण असुलीमा कठोर हुने व्यवस्था छ । साथै अनियमित गर्ने सहकारी संस्थाहरुलाई कालोसूचिमा राखी नगरपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने सिफारिसदेखि सेवासम्म रोक्का राख्ने व्यवस्था गरिएको छ । संस्थाबाट श्रृण लिई रकम अपचलन गर्ने, तोकिए बमोजिमको श्रृणको किस्ता, साँंवाव्याज फिर्ता नगर्ने सहकारी संस्थाका सदस्य र संस्थालाई कालोसूचिमा राख्न सकिने ऐनमा व्यवस्था गरिएको छ ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले ऐन नबन्दाको अवस्थामा कारबाही गर्न अप्ठेरो भएको अनुभब सुनाए । यसकारण ऐन बनाएर अगाडि वढेको उनको भनाई थियो । साथै उनले स्थानीय भन्दा बाहिरबाट आएकाबाट सञ्चालित सहकारी संस्थामा रकम जम्मा नगर्न नगरबासीलाई सुझाए । साथसाथै वढी व्याजको लोभ गरेर जथाभाबी जुनसुकै सहकारीमा रकम जम्मा नगर्न पनि सुझाए ।
कार्यक्रममा नगरपालिकाभित्र रहेका एक सय २८ वटा सहकारीहरुका प्रतिनिधिहरु सहभागी रहेका थिए । कार्यक्रममा नगरपालिका क्षेत्रभित्रका ९ वटै वडाका वडा अध्यक्षहरु, महाशाखा प्रमुख, जिल्ला सहकारी समितिका अध्यक्ष, सहकारी विज्ञहरूले सहकारीमा रकम जम्मा गर्न अनेक विषयहरुमा सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सहकारी सम्बन्धी ज्ञान तथा जानकारी प्राप्त गर्न अनलाइन माध्यमबाट नि:शुल्क सम्पूर्ण नगरभित्रका सहकारी संस्थाहरूले पाउन सकिने व्यवस्था भएको जनाएको छ । कार्यक्रममा नगरभित्रका विभिन्न समस्याग्रस्त सहकारीहरुबारे चर्चा पनि गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: