काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले आफ्नो लोकतान्त्रिक चरित्र गुम्न दिन नहुने बताए। कांग्रेस चितवनका नेताहरूसँग शनिबार भएको भेटघाटमा नेता महरले गठबन्धनका नाममा अहिले भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको टिप्पणी गरे।
'कांग्रेस मुलुकको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक चरित्रकै कारण मुलुक अप्ठ्यारोमा पड्दा सधैँ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। तर, गठबन्धनका नाममा भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ। यसतर्फ कांग्रेस चनाखो बन्नैपर्छ' महरले भने।
गठबन्धन गरिसकेपछि जनतामा आसाको ज्योति छर्न सक्नुपर्नेमा त्यो हुन नसकेको उनले बताए। गठबन्धनले जनतामा आसा भन्दा पनि निराशा बढेको उनको टिप्पणी छ।
'गठबन्धन दल होइन, यो दलहरू मिलेर बनेको अलाइन्स हो। गठबन्धनको काम र यो खालको राजनीतिक अभ्यासप्रति जनता सन्तुष्ट छैनन्। हामीले देश र जनताका लागि राजनीति गर्ने हो। त्यसैले जनभावना अनुरूप दलहरू अगाडि बढ्नुपर्छ,' उनले भने। राम्रो काम गर्दा जनताले आफैँ बहुमत दिने र गठबन्धनको आवश्यकता नै नपर्ने महरले बताए।
कुनै विशेष परिस्थितिमा गठबन्धन गर्नु पर्ने अवस्था आउनु सामान्य भए पनि लामो समयसम्म गठबन्धनकै संस्कृति कायम राख्ने राजनीतिमा गलत संस्कारको विकास भइरहेको उनको भनाइ छ।
गठबन्धन जनताको लागि भन्दा पनि केही निश्चित नेताहरूको लाभका लागि भइरहेको महरको आरोप छ। 'गठबन्धन गरेर केही नेतालाई पदमा पुर्याउने र खराब कार्यमा संलग्न भइरहेकाहरूलाई बचाउन सरकार चाहिएको पो हो कि भन्ने जनताले शंका गरिरहेको तसर्थ यस्तो गठबन्धनको के काम। गठबन्धनका माध्यमबाट संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने खालका काम गर्नु राम्रो होइन,' उनले भने।
यस्ता सबैखाले घटनाक्रमलाई मध्यनजर गर्दै कांग्रेसले गठबन्धन गर्न नहुने उनले बताए। अब कांग्रेसले एक्लै चुनाव लडेर बहुमततर्फ उन्मुख हुनका लागि पार्टीलाई बलियो बनाउने बेला आएको उनको भनाइ छ। महरले कांग्रेसले लोकतान्त्रिक चरित्रको जगेर्ना गर्न आवश्यक रहेको औंल्याए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: