Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोड ९नयाँ सडक० क्षेत्रको सडकमा पार्किङ पूर्णत: निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ ।

राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका छन् । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए। 

प्रवक्ता अधिकारीले भने, “बन्दै गरेको धरहरा, पिपल्स प्लाजा, आरबी कम्पलेक्स, ताम्राकार हाउस, रञ्जना कम्पलेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन र सुन्धाराको सञ्चय कोष भवन विकल्पका रूपमा छन् । यी स्थानमा पार्किङका लागि महानगरले छलफल गरिरहेको छ ।”

धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । उनले ने, “तत्कालका लागि नयाँ सडक जान खोजेका सवारीसाधनका धनीलाई काठमाडौँ टावर ९साविक पुरानो बसपार्क० ठाउँमा तीन सय चारपाङ्ग्रे सवारीसाधन र सात सय दुईपाङ्ग्रे सवारीसाधनलाई नि:शुल्क पार्किङको सुविधा उपलब्ध गराएका छौँ । सञ्चय कोष भवनको पार्किङ खोल्न व्यवसायीसँग छलफल गरिरहेका छौँ ।”

सहायक प्रवक्ता अधिकारीले नयाँ सडकमा पार्किङको व्यवस्था गर्न ‘ह्वील टुल्स प्रालि’ नामक कम्पनीसँग पाँच वर्षका लागि भएको सम्झौताको समय सकिएपछि अब नविकरण नगर्ने निर्णय भएको जानकारी दिए ।

महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कर्मचारी सञ्चय कोषले पार्किङ भनेर नक्सापास गराएर व्यापारिक प्रयोजनका लागि सटर भाडामा दिएको आरोप लगाए। उनले भने, “सरकारी निकायले महानगरको काममा सहयोग गर्नुपर्ने हो । आफ्नो भवन आफैँले खाली गर्नुपर्ने हो । तर कोषले पार्किङ प्रयोजन भनेर नक्सापास गराउने अनि व्यापारीलाई भाडामा दिने काम गरिरहेको छ ।”

एक वर्ष पहिले महानगरले कर्मचारी सञ्चय कोष भवनका व्यापारीलाई पसलको अन्य स्थानमा विकल्प खोज्न समय दिए पनि व्यापारीले सुनवाई नगरेको महानगर प्रहरी प्रमुख पाण्डेले गुनासो गरे। अदालतले पार्किङ बनाउनुपर्छ भन्ने निर्णय गरे पनि पसल हटाउन कर्मचारी सञ्चय कोषले सहयोग नगरेको उनको आरोप छ । 

महानगरपालिकाले मङ्गलबारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध सालिकबाट इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पतालवरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । उक्त क्षेत्रका व्यवसायीले महानगरले व्यवसायीसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फीरूपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरिरहेका छन् । व्यवसायीले स्थानीय सामाजिक, व्यावसायिक सङ्घसंस्था र सरोकारवाला सम्मिलित सङ्घर्ष समिति बनाएर सडक आन्दोलन गरिरहेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले महानगरले सरोकारवालासँग परामर्श नगरी एकोहोरोरूपमा पार्किङ निषेधको निर्णय गरेको बताए। उनले भने, “पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेका छन् । अहिले न्यूरोडको व्यावसायिक भविष्य सङ्कटमा देखियो । विकल्प नदिई पार्किङ निषेधित गर्नु न्यूरोड क्षेत्रका व्यवसायीलाई धरासायी र विदेश पलायन गराउनु हो ।” 

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले देशभरको व्यापारिक मुटु न्यूरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए । उनले व्यापारीले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकलाई के जवाफ दिने भन्ने समस्या भएको बताए । पार्किङको व्यवस्था गरेर मात्रै निषेधित क्षेत्र घोषणा गर्नुपर्ने उनले बताए । अध्यक्ष श्रेष्ठले भने, “तीन–चार सय सवारीसाधनका लागि पार्किङ व्यवस्था गरेर हुँदैन । न्यूरोडमा दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्छन् । त्यसको दीर्घकालीन व्यवस्था गरेर मात्रै महानगरले ‘नो पार्किङ’को निर्णय गर्नुपर्ने हो ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिसो बढेपछि चन्द्रपुरका विद्यालय आजदेखि बन्द

रौतहट। रौतहटमा  चिसो अत्याधिक बढेपछि चन्द्रपुर  नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...

मोरङमा गाँजा तस्करी पक्राउ गर्न लगातार हवाई फायर, एम्बुलेन्सबाट ४८० किलो गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...

आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending