मुगु। मुगुको सोरु गाउँपालिका वडा नं ६ पुरुमुरुका सल ढोलीकी २४ वर्षीया बुहारी कुसुम ढोलीको भाइरल ज्वरोका कारण मृत्यु भएको छ । रुघाखोकी, भाइरल ज्वरोका कारण अहिले ससुरा सल ढोली पनि ओछ्यानमै छन् । उनलाई आङ, जिउ दुख्ने, हातगोडा दुख्ने समस्याले ग्रसित छन् । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा करिब एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा बिरामी परेका छन् । भाइरल ज्वरोबाट बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित बनेका छन् ।
सोरु गाउँपालिकामा अहिले भाइलको प्रकोप देखिएको छ । सोरु गाउँपालिकाका सबै वडाहरुमा अधिकांश भाइरल ज्वरोबाट प्रभावित मात्र बनेका छन् । ३ जनाले ज्यान गुमाइसकेका छन् । ज्वरोको प्रकोप बढ्दै जाँदा समेत बिरामीहरुले उचित प्रकारको औषधि पाउन सकेका छैनन् । गाउँपालिकामा भाइरल ज्वरो बढ्दै जाँदा सोरु गाउँपालिकामा औषधि अभाव रहेको बताइएको छ ।
भाइरल ज्वरोकै कारण सोरु गाउँपालिका वडा नम्बर १ पुरुमुरुका ७० बर्षीया कृति छत्याल र ७० वर्षभन्दा माथिका हरिबहादुर शाही र २४ बर्षीया कुसुम ढोलीको मृत्यू भएको छ । ज्वरोले सबै भन्दा बढी पुरुमुरु गाउँ प्रभावित बनेको छ । बिरामीहरु नजिकैको सोरुका स्वास्थ्य चौकिहरुमा आधारभूत उपचार गराई रहेको सोरु गाउपालिका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।
यता जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय मुगुका डाक्टर कमल ढुंगानाका अनुसार भाईरल ज्वरोको समस्या सामान्य रहेको बताएका छन् । यो समस्या जानकारी पाउना साथ अस्पतालको टोली संक्रमण स्थलमा पुगेको थियो । सोरुका पुरुमुरु र जिमा गरि दुई गाउँमा चेकजाँच गर्दा १ सय ५० जना लाई प्रकोप फैलिएको बताए ।
पछिल्लो समय सोरुका मात्र नभई छायाँनाथ रारा नगरपालिकामा पनि यस्तो समस्या देखिएको छ । चेकजाँच गर्दा गाउँमा उपचार नभएपछि दुईजनालाई जिल्ला अस्पताल मुगुमा रिफर गरिएको छ । विशेष गरेर सुख्खा खडेरी, हिमपात नभएका कारण भाइरल प्रकोप बढाएको उनको भनाई छ । यद्धपि थप स्वास्थ्यकर्मी परिचालन गरिने बताए ।
अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता आउने, आँखा दुब्ने, खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १२:४२
सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चि...
पौष १४ गते, २०८२ - १२:३१
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूल...
पौष १४ गते, २०८२ - १२:१५
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...
पौष १४ गते, २०८२ - १०:४९
रौतहट। रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...
पौष १४ गते, २०८२ - १०:३५
विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...
पौष १४ गते, २०८२ - १०:०४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...




प्रतिकृया लेख्नुहोस्: