Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

माल्टाका गृहमन्त्रीसँग एनआरएनए युरोप युवा संयोजक भण्डारी नेतृत्वको प्रतिनिधिको भेटवार्ता

खबरडबली संवाददाता

माल्टा । गैरआवासीय नेपाली संघ एनआरएनए युरोप युवा संयोजक प्रकाश भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले माल्टा सरकारका गृहमन्त्री बायरन क्यामिलेरी सँग भेटघाट तथा छलफल गरेको छ ।भण्डारीसहित एनआरएनए माल्टाका महासचिव सन्देश केसी, लेखा समिति संयोजक राजेन्द्र भण्डारीसहितको  डेलिगेसन टिमले माल्टा सरकारका गृहमन्त्रीसँग  नेपालीहरुको समस्या र समाधानको खोजीको विषयमा छलफल गरेको हो । नेपाली डायस्पोराले पहिलोपटक माल्टामा उच्च ओहोदाको व्यक्तित्वसँग भेटघाट गरेको हो ।

उक्त प्रतिनिधिमन्डलले भेटघाटमा माल्टामा पछिल्लो समयमा नेपालीहरुलाई आइपर्ने समस्या र समाधानको विषयमा समेत छलफल गरेका थिए । भेटघाटमा माल्टा सरकारले ल्याएको नयाँ नियम, नेपालीहरुको विभिन्न समयमा आईपर्ने समस्याहरु जस्तै जव प्लस, टर्मिनेसन पश्चातको १० दिने टाईमको दायरा खुल्ला बनाउने,इमिग्रेसन, आइडेन्टिटा, लाईसेन्सको डेट र लिखीतमा नेपाली टान्सलेट  सम्बन्धी बिषय लगायत हाउजिङ अकोमोडेसनका बारेमा गृहमन्त्रीसँग कुराहरु राखेको एनआरएनए युरोप युवा संयोजक भण्डारीले बताए।

भेटघाटमा  गृहमन्त्री बायरन क्यामिलेरीले नेपालीहरुको समस्यालाई आफ्नो तर्फबाट सम्बोधन गर्ने आश्वासन दिएका छन् । भेटमा नेपाली राजदूताबासबारे उनको जिज्ञासा र माल्टामा रहेका नेपालीहरुको आवश्यक्ताबारे चासो ब्यक्त गर्नुका साथै छिट्टै नै माल्टाका आधिकारिक निकायहरुको साथमा नेपालीहरुको लागी ओरेन्टेसन कार्यक्रम राख्न गृहमन्त्री बायरन क्यामिलेरीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending