Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भारतीय प्रधानमन्त्रीको फोन बालुवाटारमा, राजदूत गृहमा

\"Indian-Ambassador-Rai\"काठमाडौं । कैलालीको टिकापुरमा सोमबार ७ जना प्रहरी र एक नाबालक सहित ८ जनाको मृत्यु भएको विषयमा व्यवस्थापिका संसदमा दक्षिणतर्फबाट मान्छे आएको बताएका गृहमन्त्री बामदेव गौतमलाई भेट्न भारतीय राजदूत रणजीत राय मंगलबार गृहमन्त्रालय पुगेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन बालुवाटारमा आएको छ । गृहमन्त्रालयका उच्च अधिकारीका अनुसार गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिका बारे चासो राख्दै भारतीय राजदुत गृहमन्त्रालय पुगेका हुन् । भारतीय राजदुत गृहमन्त्रालय पुग्नु अघि नै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कोइरालालाई फोन गरी सकेका थिए । तर मोदीले प्रधानमन्त्री कोइरालालाई फोन गरेको बारे भने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा उनका स्वकिय सचिवलाई समेत थाहा थिएन । गृहका उच्च अधिकारीका अनुसार कुन स्रोत अनुसार गृहमन्त्री बामदेवले टिकापुरको घटनामा दक्षिणबाट मान्छे आएको बताएका थिए भन्ने बारे रायले जिज्ञासा राखेका थिए । तर गृहमन्त्री गौतमको स्वकिय सचिवालयले भने विकसित घटनाक्रमका बारे जिज्ञासा राखेका रायलाई गृहमन्त्रीले सामान्य जानकारी गराएर पठाएको जनाएको छ । गौतमको स्वकिय सचिवालयका अनुसार उपप्रधानमन्त्री समेत रहेका गौतमले तराईका जिल्लामा भइरहेको आन्दोलनमा भारतीय सीमा क्षेत्रबाट घुसपैठ नहोस् भन्नेबारेमा नेपालका लागि भारतीय राजदूत रणजीत रायलाई ध्यानाकर्षण गराएर पठाएको जनाएको छ । यस अघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेर आफूहरु नेपालको सुरक्षा प्रति संवेदनशिल रहेको बताउँदै सहयोग गर्न तयार रहेको बताएका थिए । मोदीले कैलालीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै अहिले भैरहेको विरोधको राजनीतिक निकास खोज्नु पर्ने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending