Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारीमाथि आरोप

खबरडबली संवाददाता

मुगु। मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चामासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक (डिएसपि) बिरेन्द्र बहादुर थापाले बताए ।

गत भदौमा भएको बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ । बालिकाको गर्भमा भू्रण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको हो ।

बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय छाँयानाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका वर्ष २२ का बसन्त रोकायालगायत अन्य केही १४ वर्षका बालकविरुद्ध जाहेरी परेको छ ।

१४ वर्षका बालकहरुले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदम बहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ ।

पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक थापाले भने, १४ वर्षका किशोरहरुलेगएको भदौ १६ गते बेलुका आफ्नो कोठामा भेट्न बोलाएपछि म सोही दिन बेलुका अन्दाजी ९ बजेको समयमा निजहरुको गमगढीस्थित  कोठामा निजलाई भेट्न भनी गएको अवस्थामा ६ जनाले आफुलाई जवरजस्ती करणी गरि सामूहिक रुपमा बलात्कार गरेका हुन् ।’

बलात्कारबाट पेट दुख्नेजस्ता समस्याहरु भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् ।

नगर प्रहरीसहितले गरेको सामूहिक बलात्कारबारे पीडित युवतीले प्रहरीले बयान दिएकी छन्, ‘असोज १० गते राति अन्दाजी ९ बजेको समयमा नगर प्रहरी बसन्त बहादुर कार्कीले आफू बस्ने डेरा बाहिर आई मलाई एकछिन काम छ बाहिर आऊ त नानी भन्दै मेरो हात समाई आफुसँगै हिँड भनी कृषि विकास कार्यालयको भवनको एक कोठामा मलाई लिई उक्त कोठामा पुग्नासाथ निज नगर प्रहरी बसन्त कार्की, बसन्त रोकाया र पदम बहादुर कठायतले आफुलाई विभिन्न खालका प्रलोभन, डर त्रास देखाई आफुलाई पालैपालो बलात्कार गरेका हुन् ।

सो घटनामा संलग्न रहेको आरोप लागेका तीन बालक तथा नगर प्रहरी बसन्त कार्की र बसन्त रोकाया पक्राउ परेका छन् भने बाँकी आरोपीहरु फरार रहेका प्रहरीले जनाएको छ । फरार रहेकाहरु खोजी भइरहेको र उनीहरुविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending