Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारीमाथि आरोप

खबरडबली संवाददाता

मुगु। मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चामासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक (डिएसपि) बिरेन्द्र बहादुर थापाले बताए ।

गत भदौमा भएको बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ । बालिकाको गर्भमा भू्रण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको हो ।

बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय छाँयानाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका वर्ष २२ का बसन्त रोकायालगायत अन्य केही १४ वर्षका बालकविरुद्ध जाहेरी परेको छ ।

१४ वर्षका बालकहरुले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदम बहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ ।

पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक थापाले भने, १४ वर्षका किशोरहरुलेगएको भदौ १६ गते बेलुका आफ्नो कोठामा भेट्न बोलाएपछि म सोही दिन बेलुका अन्दाजी ९ बजेको समयमा निजहरुको गमगढीस्थित  कोठामा निजलाई भेट्न भनी गएको अवस्थामा ६ जनाले आफुलाई जवरजस्ती करणी गरि सामूहिक रुपमा बलात्कार गरेका हुन् ।’

बलात्कारबाट पेट दुख्नेजस्ता समस्याहरु भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् ।

नगर प्रहरीसहितले गरेको सामूहिक बलात्कारबारे पीडित युवतीले प्रहरीले बयान दिएकी छन्, ‘असोज १० गते राति अन्दाजी ९ बजेको समयमा नगर प्रहरी बसन्त बहादुर कार्कीले आफू बस्ने डेरा बाहिर आई मलाई एकछिन काम छ बाहिर आऊ त नानी भन्दै मेरो हात समाई आफुसँगै हिँड भनी कृषि विकास कार्यालयको भवनको एक कोठामा मलाई लिई उक्त कोठामा पुग्नासाथ निज नगर प्रहरी बसन्त कार्की, बसन्त रोकाया र पदम बहादुर कठायतले आफुलाई विभिन्न खालका प्रलोभन, डर त्रास देखाई आफुलाई पालैपालो बलात्कार गरेका हुन् ।

सो घटनामा संलग्न रहेको आरोप लागेका तीन बालक तथा नगर प्रहरी बसन्त कार्की र बसन्त रोकाया पक्राउ परेका छन् भने बाँकी आरोपीहरु फरार रहेका प्रहरीले जनाएको छ । फरार रहेकाहरु खोजी भइरहेको र उनीहरुविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साढे ४५ अंकले बढ्यो नेप्से

काठमाडौँ । साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दामाथि पुगेको छ ।  नेप्से परिसूचकसँगै कारोबार रकममा...

हावाहुरीले उदयपुरमा करोडौँको क्षति

उदयपुर । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ । हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षी...

राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो

काठमाडौं । राष्ट्रियसभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ। दलहरुबीच सहमति हुन नसकेपछि आज दिउँसो सवा ३ बजेलाई बोलाइएको बैठक भोलि दिउँसो सवा १ बजेलाई ...

दलबिच कुरा नमिल्दा दोस्रो पटक प्रतिनिधि सभा बैठक स्थगित, साढे ४ बजे बस्ने

काठमाडौँ । संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक फेरि सरेको छ । ...

रेनु दाहालको नेतृत्वपछि भरतपुरमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँ...

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघल...

अवैध लागूऔषधसहित चार जना नागढुङ्गाबाट पक्राउ

काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएक...

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको त...

कार्यदलमा अझै जुटेन सहमति, फेरी बैठक बस्ने

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन । सिंहदरबार...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies