Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन : शंकर पोखरेल

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई स्थिरता र विकास तर्फ लैजाने हो भने धेरै दल होइन बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताएका छन् । आइतबार प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको स्वतन्त्रता, स्वाभिमान, सामाजिक न्याय, विकास र राष्ट्रिय हितको लागि काम गर्ने राष्ट्रिय शक्ति आज आवश्यक रहेको बताए ।

नेकपा एमाले यी काम गर्न सक्ने पार्टी भएकोले एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा पोखरेलले जोड दिए ।  अहिलेको हङ पार्लियामेन्टमा समीकरणको जोड घटाउ गर्दा सरकामा पुग्न सक्ने स्थिति भएको भए पनि एमाले त्यसमा नलागेको उनले बताए ।

एमाले मुलुकमा स्थायित्व, स्थिरता र विकासको लागि नयाँ ढङ्गले जानुपर्छ भन्ने पक्षमा रहेको पोखरेलले प्रष्ट पारे । ‘नेकपा एमाले अस्थिरताको खेलमा सामेल हुन चाहँदैन’, पोखरेलले भने । अहिले गठबन्धन सरकारको कारण सर्वत्र निराशा छाएको भदै पोखरेलले चिन्ता व्यक्त गरे ।  युवाको विदेश पलायनको क्रम यस वर्ष इतिहासकै सबैभन्दा बढी भएको उनले बताए । रोजगारीका नाममा होस् वा शिक्षाको नाममा यति धरै युवा बिदेसिँदा देश बनाउन युवाको अभाव झेल्नु पर्ने स्थिति उत्पन्न भएको पोखरेलको निष्कर्ष छ ।

‘यो सरकाले आफूले त गर्न सकेन सकेन, भविष्यलाई समेत अन्धकारमा पार्ने हिसाबले जनतामा निराशा पैदा गर्ने जुन काम गरेको छ त्यो कामलाई बदल्नु पर्दछ, नयाँ आशा जागृत गराउनु पर्दछ’, पोखरेलले भने, ‘नेपालीहरूले नै नेपाल बनाउने हो भन्ने मान्यतालाई स्थापित गर्नको लागि, भविष्यलाई सुरक्षित गर्नको लागि हामीले बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गर्ने तर्फ अगाडि बढ्नु पर्दछ ।’

वर्तमान गठबन्धन सरकारको कमी कमजोरी चर्चा गर्नु पर्ने विषय नै नभएको उहाँले बताउनुभयो । ‘सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन’, उनले भने ।  सरकारकै कारण व्यवसायीहरू नेपालका लगानी गर्न तयार नरहेका उनले बताउनुभयो । सरकारको विकास विरोधी क्रियाकलाप, सरकारको अयोग्यता तथा नालायकीपनका कारण देशमा लगानीको वातावरण नभएको उनले पारे ।

सरकारको विकार विरोधी क्रियाकलाप र तस्कर तन्त्रको सामान्य आलोचना गरेर हुने स्थिति नरहेको पोखरेलको धारणा छ । यसको जबरजस्त प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए । ‘अब सडक आन्दोलनमा जानु पर्ने स्थिति उत्पन्न भयो भन्ने खालको बुझाइमा छौँ, हामी निकट भविष्यमा सरकारको अकर्मण्यताको विरुद्ध जनपरिचालन गर्ने योजनाका साथ अघि बढ्दै छौँ’, उनले भने ।

अहिले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थलको रूपमा नेपाललाई विकास गर्ने जोखिम बढ्दै गएको भन्दै पोखरेलले चिन्ता व्यक्त गरे । भारत र चीनलाई मिल्न नदिने त्यसको लागि नेपाली भूमि प्रयोग गर्ने षडयन्त्रमा केही शक्ति राष्ट्र लागेको पोखरेलको भनाइ छ । एसियालाई विश्व अर्थतन्त्रमा अघि बढ्न नदिन यस किसिमका षडयन्त्र भएका उनले बताए । विश्वका महाशक्तिहरू एसियाभित्र द्वन्द्व सिर्जना त्यसको लाग लिने योजना अनुसार लागेका पोखरेलले बताए ।

‘भारत र चीनलाई मिल्न नदिने, नेपाल भूमिलाई त्यो रणनीति द्वन्द्वको क्रिडास्थलको रूपमा प्रयोग गर्ने योजना अन्तर्गत नेपालका बलियो राष्ट्रिय शक्ति बन्न नदिने, अस्थिरता सिर्जना गरिरहने खालका क्रियाकलाप पछिल्लो समय बढेर गएका छन्’, उनले भने ।

अहिलेका नेपालका प्रधानमन्त्री विदेश जाँदा मुलुकको हितका निम्ति के काम गर्छन् भन्दा पनि के गुमाउने हो भन्ने चिन्ताको स्थिति रहेको उनले बताए । जताको सरकार प्रति यति ठुलो अविश्वास बढ्नु दुखद् कुरा भएको पोखरेलले बताए ।

विकास निर्माणका हिसाबले यति अयोग्य सरकार नेपालको इतिहासमा नै नरहेको उनले बताए । निर्माण व्यवसायीले गरेको कामको पैसा समेत नपाउने स्थिति रहेको पोखरेलले सुनाए । सरकारको गलत नीतिको कारण यस्तो अवस्था आएको पोखरेलको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साढे ४५ अंकले बढ्यो नेप्से

काठमाडौँ । साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दामाथि पुगेको छ ।  नेप्से परिसूचकसँगै कारोबार रकममा...

हावाहुरीले उदयपुरमा करोडौँको क्षति

उदयपुर । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ । हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षी...

राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो

काठमाडौं । राष्ट्रियसभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ। दलहरुबीच सहमति हुन नसकेपछि आज दिउँसो सवा ३ बजेलाई बोलाइएको बैठक भोलि दिउँसो सवा १ बजेलाई ...

दलबिच कुरा नमिल्दा दोस्रो पटक प्रतिनिधि सभा बैठक स्थगित, साढे ४ बजे बस्ने

काठमाडौँ । संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक फेरि सरेको छ । ...

रेनु दाहालको नेतृत्वपछि भरतपुरमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँ...

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघल...

अवैध लागूऔषधसहित चार जना नागढुङ्गाबाट पक्राउ

काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएक...

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको त...

कार्यदलमा अझै जुटेन सहमति, फेरी बैठक बस्ने

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन । सिंहदरबार...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies