Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बमजनले प्रवर्तन गरेको धर्म कस्तो ? थुनामा पठाउने आदेशपछि यसो भन्छन् अनुयायी

खबरडबली संवाददाता

काठमाडौं । सर्लाही जिल्ला अदालतले बालयौन दुराचारको मुद्दामा महासम्बोधी धर्मसङ्घका प्रवर्तक रामबहादुर बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

बिहीवार रामबहादुर बमजन भनिने रामलाल बमजनको बयान लिएपछि न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले यस्तो आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

"अहिले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अब माघ ७ गते बकपत्रका लागि पेसी तोकिएको छ," अधिकारीले भने। बमजनका समर्थकहरूले उनी निर्दोष रहेको र उनलाई फसाउन खोजिएको दाबी गर्दै आएका छन्।

कुनैबेला 'लिटल बुद्ध' र 'बुद्ध बोइ' जस्ता उपनामले चिनिएका बमजनविरुद्ध उनको आश्रममा बस्ने एक अनुयायीले बालयौन शोषणको उजुरी दिएकी थिइन्। त्यसका आधारमा अदालतले बमजनविरुद्ध २०७६ माघमा पक्राउपुर्जी जारी गरेको थियो। तर चार वर्षपछि बमजन मङ्गलवार काठमाण्डूबाट पक्राउ परेका थिए।

बमजन फरार नै रहेको समयमा २०७७ असारमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। रौतहटकी एक किशोरीले बमजनको आश्रममा रहँदा आफूमाथि बालयौन शोषण भएको बयान दिएकी थिइन्।

सरकारी वकिलको कार्यालयले बालबालिकासम्बन्धी ऐनको हदम्याद नुसार ती किशोरी वयस्क भएपछि मुद्दा दर्ता गरिएको जानकारी दिएको थियो।

सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा बमजनलाई अधिकतम १४ वर्षसम्म जेल सजाय हुनुपर्ने मागदाबी गरेको छ। उनलाई बुधवार राति सर्लाही पुर्‍याएर बिहीवार अदालतमा बयानका लागि उपस्थित गराइएको थियो। बमजनको पक्षबाट दुई वकिलले बहस गर्दै उनी निर्दोष रहेको दाबी गरेका थिए।

अन्य अभियोगमा पनि अनुसन्धान

प्रहरीले बमजनका चार अनुयायी बेपत्ता भएको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ। तर बमजनको आश्रमबाट अर्की एक अनुयायी बेपत्ता भएको विषयमा उनको परिवारले यसअघि सर्लाही प्रहरीमा उजुरी दिएको यसअघि बीबीसीसँग बताएको थियो।

बमजनको आश्रममा बस्दै आएकी सर्लाहीको बाग्मती नगरपालिकास्थित काजीराम टोलकी रिता बोट बेपत्ता भएको भन्दै आफ्नी छोरीको खोजतलासका लागि २०७७ पौष १८ गते आमा सोमती बोटले सर्लाहीको हरिऔनस्थित प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

प्रहरीले यसबारे अनुसन्धान भए नभएको केही खुलाएको छैन। यसअघि पनि बमजनको नाममा सिन्धुपाल्चोक, सिन्धुली र बारा जिल्लामा खोलिएका आश्रममा गएका भक्तहरू बेपत्ता भएका र उनीहरूको 'खोजतलास गरिपाऊँ' भन्दै प्रहरीमा निवेदनहरू दर्ता भएका छन्।

प्रहरीका अनुसार नुवाकोटको मेघाङ गाउँपालिकाकी २९ वर्षीया चिनीमाया तामाङ सिन्धुपाल्चोकको बाँडेगाउँमा रहेको बमजनको आश्रमबाट २०६९ असोजबाट बेपत्ता भएको विषयमा पनि उजुरी परेको छ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ३० वर्षीया फूलमाया रुम्बा पनि सिन्धुपाल्चोककै आश्रमबाट २०७१ माघदेखि बेपत्ता छिन्। त्यही आश्रमबाट हेटौँडाकै ५१ वर्षीय सन्चलाल वाइबा २०७१ चैतबाट बेपत्ता भएको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिकाका ३४ वर्षीय सुरेशकुमार आले पनि २०७२ जेठबाट बाराको खुमजोरस्थित आश्रमबाट बेपत्ता भएको विषयमा बमजनविरुद्ध अनुसन्धान भइरहेको छ।

बमजनको आश्रमबाट बेपत्ता भएको भएको दाबी गरिएकाहरू

रिता बोट, बाग्मती नगरपालिका, सर्लाही। उमेर: अन्दाजी ३३ वर्ष
फूलमाया रुम्बा, हेटौँडा उपमहानगरपालिका, मकवानपुर। उमेर: ३० वर्ष
चिनीमाया तामाङ, मेघाङ गाउँपालिका, नुवाकोट। उमेर: २९ वर्ष
सन्चलाल वाइबा, हेटौँडा उपमहानगरपालिका, मकवानपुर। उमेर: ५१ वर्ष
सुरेशकुमार आले, जितपुर सिमरा उपमहानगरपालिका, बारा उमेर: ३४ वर्ष

बमजनका अनुयायी के भन्छन् ? 

बमजनको नेतृत्वमा स्थापित महासम्बोधी धर्मसङ्घकी सदस्य समेत रहेकी भूतपूर्व राज्यमन्त्री यशोदा लामाले बमजनामाथि लगाइएका आरोपहरू झुटो भएको दाबी गरिन्।

“अरूलाई पनि हिंसा नगर्नू, पात समेत नटिप्नू भनेर भनेर सिकाउने गुरुले बलात्कार गर्ने, हिंसा गर्ने गर्नुहुन्छ?” उनले भनिन्।

“मैले हिजो (बुधवार) प्रहरी हिरासतमा पुगेर उहाँलाई भेटेँ। उहाँले ‘म निर्दोष छु’ भनेर समर्थकहरूलाई चिन्ता नलिन र आवेशमा नआउन भन्नुभएको छ। सत्य सधैँ सत्य नै हुन्छ अदालतलाई अनुसन्धान गर्न दिनुहोस् भन्नुभएको छ,” उनले भनिन्।

बमजन पक्राउ परेपछि पूर्वराज्यमन्त्री लामा उनलाई भेट्न बुधवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेकी थिइन्।

बमजनले प्रवर्तन गरेको धर्म कस्तो ?

बमजनले कलिलो उमेरबाटै ध्यान र तपस्या गर्न थालेको बताइन्छ। तर विभिन्न विवादमा मुछिएपछि उनी विगत चार वर्षदेखि सम्पर्कविहीन थिए।

बाराको एउटा एकान्त वनमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका बमजन १६ वर्षको उमेरमै १९ वर्षअघि एकाएक चर्चाको चुलीमा पुगेका थिए। उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिई ध्यानमा लीन भएको दाबी गरेका थिए।

देशका विभिन्न ठाउँहरूमा उनका आश्रम रहेको र देशबाहिर पनि उनका अनुयायीहरूको सङ्ख्या ठूलो रहेको बताइन्छ। बमजनले स्थापना गरेको संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।

उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए। उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले 'लिटल बुद्ध' को उपनाम दिएका थिए।

तर उनले अपनाएको धार्मिक मार्ग भने बौद्ध धर्मभन्दा फरक रहेको उनका एक अनुयायी तथा अर्का भूतपूर्व राज्यमन्त्री मणि लामाले बताए।

"यो धर्म बौद्धधर्मको कुनै शाखा होइन, यो छुट्टै मार्ग हो। शान्तिको कुरा बौद्ध धर्मसँग मिल्छ तर उहाँले आत्मा र परमात्मा रहेको कुरामा पनि विश्वास गर्नुभएको छ, त्यो चाहिँ बुद्धले विश्वास गर्नुभएको छैन," उनले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending