Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

मीनाको खुसी फर्किंदा...

खबरडबली संवाददाता

दैलेख । दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उनीलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ । उनले खुसी हुँदै भनिन्, “भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन् । मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन् । अब मेरा पनि सुखका दिन फर्किए ।”

अहिले उनको  आठ वर्षीय जेठो छोरा योगेन्द्र र चार वर्षीय  छोरा प्रकाश विद्यालय जाने तयारी गर्दैछन्  । मीनालाई चरम आर्थिक अभाव हुँदा छोराहरुलाई  अस्पताल पु¥याउन त  परै जाओस् बिहान–बेलुका छाक टार्न धौधौ थियो । 

“बाबुहरुलाई विद्यालय पठाउन त परै जाओस् घरमा हेरचाह गर्न अर्को सहयोगी राख्नुपर्ने अवस्था थियो”, उनले भनिन्, “छाक टार्न आफैँ कृषि कर्ममा जुट्नु पर्दथ्यो । आफ्नो कमाईले छाक टार्न धौधौ पर्छ ।  उपचार गर्न कहाँबाट पैसा ल्याउनु । उपचार गर्ने पैसा नभएर छोराहरुलाई अस्पताल लान सकेको थिइनँ ।” 

नेपाल नेत्रज्योति सङ्घले दातृ निकाय सिविएमको आर्थिक सहयोगमा कर्णालीमा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए ।  प्राविधिक सीमाकुमारी शाही लगायतको टोलीद्वारा प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिबिन्दु भएको पत्ता लगाएका थिए ।

ती प्राविधिक कर्मचारीले शल्यक्रियामार्फत आँखाको दृष्टि फर्किन सक्ने जनाउँदै सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालमा उपचारका लागि तत्काल जान ‘रिफर’ गरिदिएका थिए  । मीनाले भनिन्, “मैले मेरो दुःखका व्यथा सरहरुलाई सुनाए ।  पैसा नभएर छोराहरुलाई उपचार गर्न अस्पताल लान नसकेको  कुराहरु भने । उहाँले सहयोग गर्ने बताउनुभयो । छोराहरुलाई लिएर आँखा अस्पताल गए  ।  चिकित्सकले  जन्मजात मोतिविन्दु भएकाले  शल्यक्रिया गर्नुपर्छ भन्नुभयो  ।”

अस्पतालले मीनाको आर्थिक अवस्था कमजोर रहेकाले  बिरामीलाई खाने, बस्ने र उपचारका लागि लाग्ने खर्च निःशुल्क गरिदिएको थियो । उनले भनिन्, “चिकित्सकले छोराहरुको संसार हेर्ने दृष्टि फर्काइदिए  । उज्यालो संसार देख्न सफल भए ।” एक महिनाका अवधिमा दुई दाजुभाइको दुईवटै आँखाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । शल्यक्रियामा चिकित्सक पवन श्रेष्ठ लगायतका टोली सम्लग्न भएको थियो ।

मीनाले भनिन्, “परिवारमा खुसी फर्किएको छ ।  आफ्नो छोराहरु पनि अरू बच्चाहरु जस्तै विद्यालय जान सक्ने हुँदा मन रमाएको छ ।  आफ्नो दैनिक गतिविधि अन्यको सहायता बिना गर्न सक्ने भएका छन्  । आफ्नो बच्चाहरुलाई उज्यालो संसार देखाएर नयाँ जीवन दिन सहयोग गर्ने सबैलाई धन्यवाद छ ।  भगवान् मैले सोचेजस्तो निष्ठुरी पनि रैनछन् । मेरा छोराहरुलाई उज्यालो संसार देखाइदिनुहुने डाक्टर सापहरुलाई धेरै धेरै धन्यवाद ।”

विगतमा उनी छिमेकीका  नानीहरु पढ्न विद्यालय गएका देख्दा, रमाएर खेल्दा  भगवान्ले कुनै जन्ममा गरेको कर्मको सजाय दिएको होला भनेर चित्त बुझाउने गर्थिन् । उनी आफ्नो छोराहरु पनि अरू बच्चा जस्तै पढ्ने, लेख्ने र खेल्ने गरेको हेर्ने ठूलो चाहना रान्थिन् ।  घर नजिकको विद्यालयसम्म पनि जान सकेका थिएनन् । उनले भनिन्, “कलिलै उमेरमा आफूभन्दा २६ वर्ष जेठो व्यक्तिसँग विवाह भयो । गरिबी, त्यसमाथि अमिल्दो उमेरका श्रीमान् ।”

उहाँले भन्नुभयो, “छोराहरु हुर्काउन, घरधन्दा, खेतबारीदेखि वस्तुभाउको स्याहारसुसार गर्नमै मेरा दिनहरु बित्दै गए  । बच्चा विस्तारै हुर्किंदै गए । हुर्किंदै जाँदा रोग लागेको पत्तै भएन ।   श्रीमान्लाई बुढ्यौलीले पनि छुँदैगयो । श्रीमान्ले कमाउन नसकेपछि घरबार धान्नेदेखि छाक टार्नेसम्मको जोहो मेरै काँधमा आयो ।  उपचार गर्नभन्दा परिवार पाल्न ध्यान दिनै प¥यो ।” सङ्घका पैरवी अधिकृत कृष्ण भट्टराईले सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पतालले विपन्न आँखा रोगीको निः शुल्क उपचार भैराखेको जानकारी दिनुभयो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending