Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मीनाको खुसी फर्किंदा...

खबरडबली संवाददाता

दैलेख । दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उनीलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ । उनले खुसी हुँदै भनिन्, “भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन् । मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन् । अब मेरा पनि सुखका दिन फर्किए ।”

अहिले उनको  आठ वर्षीय जेठो छोरा योगेन्द्र र चार वर्षीय  छोरा प्रकाश विद्यालय जाने तयारी गर्दैछन्  । मीनालाई चरम आर्थिक अभाव हुँदा छोराहरुलाई  अस्पताल पु¥याउन त  परै जाओस् बिहान–बेलुका छाक टार्न धौधौ थियो । 

“बाबुहरुलाई विद्यालय पठाउन त परै जाओस् घरमा हेरचाह गर्न अर्को सहयोगी राख्नुपर्ने अवस्था थियो”, उनले भनिन्, “छाक टार्न आफैँ कृषि कर्ममा जुट्नु पर्दथ्यो । आफ्नो कमाईले छाक टार्न धौधौ पर्छ ।  उपचार गर्न कहाँबाट पैसा ल्याउनु । उपचार गर्ने पैसा नभएर छोराहरुलाई अस्पताल लान सकेको थिइनँ ।” 

नेपाल नेत्रज्योति सङ्घले दातृ निकाय सिविएमको आर्थिक सहयोगमा कर्णालीमा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए ।  प्राविधिक सीमाकुमारी शाही लगायतको टोलीद्वारा प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिबिन्दु भएको पत्ता लगाएका थिए ।

ती प्राविधिक कर्मचारीले शल्यक्रियामार्फत आँखाको दृष्टि फर्किन सक्ने जनाउँदै सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालमा उपचारका लागि तत्काल जान ‘रिफर’ गरिदिएका थिए  । मीनाले भनिन्, “मैले मेरो दुःखका व्यथा सरहरुलाई सुनाए ।  पैसा नभएर छोराहरुलाई उपचार गर्न अस्पताल लान नसकेको  कुराहरु भने । उहाँले सहयोग गर्ने बताउनुभयो । छोराहरुलाई लिएर आँखा अस्पताल गए  ।  चिकित्सकले  जन्मजात मोतिविन्दु भएकाले  शल्यक्रिया गर्नुपर्छ भन्नुभयो  ।”

अस्पतालले मीनाको आर्थिक अवस्था कमजोर रहेकाले  बिरामीलाई खाने, बस्ने र उपचारका लागि लाग्ने खर्च निःशुल्क गरिदिएको थियो । उनले भनिन्, “चिकित्सकले छोराहरुको संसार हेर्ने दृष्टि फर्काइदिए  । उज्यालो संसार देख्न सफल भए ।” एक महिनाका अवधिमा दुई दाजुभाइको दुईवटै आँखाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । शल्यक्रियामा चिकित्सक पवन श्रेष्ठ लगायतका टोली सम्लग्न भएको थियो ।

मीनाले भनिन्, “परिवारमा खुसी फर्किएको छ ।  आफ्नो छोराहरु पनि अरू बच्चाहरु जस्तै विद्यालय जान सक्ने हुँदा मन रमाएको छ ।  आफ्नो दैनिक गतिविधि अन्यको सहायता बिना गर्न सक्ने भएका छन्  । आफ्नो बच्चाहरुलाई उज्यालो संसार देखाएर नयाँ जीवन दिन सहयोग गर्ने सबैलाई धन्यवाद छ ।  भगवान् मैले सोचेजस्तो निष्ठुरी पनि रैनछन् । मेरा छोराहरुलाई उज्यालो संसार देखाइदिनुहुने डाक्टर सापहरुलाई धेरै धेरै धन्यवाद ।”

विगतमा उनी छिमेकीका  नानीहरु पढ्न विद्यालय गएका देख्दा, रमाएर खेल्दा  भगवान्ले कुनै जन्ममा गरेको कर्मको सजाय दिएको होला भनेर चित्त बुझाउने गर्थिन् । उनी आफ्नो छोराहरु पनि अरू बच्चा जस्तै पढ्ने, लेख्ने र खेल्ने गरेको हेर्ने ठूलो चाहना रान्थिन् ।  घर नजिकको विद्यालयसम्म पनि जान सकेका थिएनन् । उनले भनिन्, “कलिलै उमेरमा आफूभन्दा २६ वर्ष जेठो व्यक्तिसँग विवाह भयो । गरिबी, त्यसमाथि अमिल्दो उमेरका श्रीमान् ।”

उहाँले भन्नुभयो, “छोराहरु हुर्काउन, घरधन्दा, खेतबारीदेखि वस्तुभाउको स्याहारसुसार गर्नमै मेरा दिनहरु बित्दै गए  । बच्चा विस्तारै हुर्किंदै गए । हुर्किंदै जाँदा रोग लागेको पत्तै भएन ।   श्रीमान्लाई बुढ्यौलीले पनि छुँदैगयो । श्रीमान्ले कमाउन नसकेपछि घरबार धान्नेदेखि छाक टार्नेसम्मको जोहो मेरै काँधमा आयो ।  उपचार गर्नभन्दा परिवार पाल्न ध्यान दिनै प¥यो ।” सङ्घका पैरवी अधिकृत कृष्ण भट्टराईले सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पतालले विपन्न आँखा रोगीको निः शुल्क उपचार भैराखेको जानकारी दिनुभयो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending