Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं  । उद्योग,  वाणिज्य  तथा  आपूर्तिमन्त्री  रमेश  रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई  समयसापेक्ष  पूर्वाधार  विकास  गर्न  प्रतिबद्ध  रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको आपूूर्ति सहज बनाई राष्ट्रिय विपत्  जस्ता  समस्यामा  पनि  निगमले  सामाजिक  उत्तरदायित्व जिम्मेवारी अन्तर्गत सहयोग उपलब्ध गराएको बताएका हुन् । 

निगमले  पछिल्लो  समयमा  करिब  ५०  अर्ब  ऋण  चुक्ता  गरी  नाफा  आर्जन  गर्न  सफल  भएको  भन्दै  मन्त्री  रिजालले  विस्तारै  परम्परागत  कामभन्दा  समय  सुहाउँदो  नवप्रवर्धनका  काममा  लाग्नुुपर्ने बताए । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको ड्रिलिङ कार्यलाई निरन्तरता दिन समन्वय गरिरहेको मन्त्री रिजालले जानकारी दिए ।

“भविष्यमा  पेट्रोलियम  पदार्थमाथिको  निर्भरतालाई  केही  हदसम्म  भए  पनि  कम  गर्ने  र  नेपालमै पेट्रोलियम पदार्थको उत्खनन र प्रशोधन गर्ने दीर्घकालीन सोचका साथ दैलेख जिल्लामा अन्वेषण अन्तर्गतको ड्रिलिङ कार्य भइरहेको छ । यसका लागि ४५ रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याई ड्रिलिङ  कार्यलाई  निरन्तरता  दिइएको  छ,”  मन्त्री  रिजालले भने ।

निगम कर्मचारीले उठाएका समस्या सबैसँग बसेर विस्तारै समाधान गर्दै जाने मन्त्री रिजालको भनाइ छ । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका  सचिव  नारायणप्रसाद  शर्मा  दवाडीले  ग्यासमा दोहोरो मूल्य कायम गर्ने गरी तयारी भइरहेको जानकारी दिए । ग्यासमा धेरै नोक्सान छ, हाल एउटै मूल्य कायम रहेकाले  घरायसी र व्यावसायिक प्रयोगका लागि कसरी अगाडि बढ्ने भनेर काम गर्दै गरेकाले सुुझाव दिनसमेत उनले आग्रह गरे । इन्धनको आपूर्ति, वितरण भण्डारण निजी क्षेत्रको साझेदारीमा रहेकाले  निगमको नीतिगत सुधार गर्न  लागिरहेको उनको भनाइ छ ।

सबै  पेट्रोलियम  पदार्थमा  स्वचालित  मूल्य  प्रणाली लागुु गर्न, निम्न वर्गकालाई अनुुदान दिन, निगमको सामाजिकसँगै व्यावसायिक र नागरिकको जम्मेवारी पूरा गर्न चुुनौती रहेको उनको भनाइ छ ।  सो  अवसरमा  निगमका  निमित्त  कार्यकारी  निर्देशक नागेन्द्र साहले आर्थिक वर्ष २०७८/७९ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च भएको समयमा सोही अनुपातमा नेपाली बजारमा इन्धनको मूल्य समायोजन नहुँदा निगमले ४८ अर्ब ८५  करोड  रुपियाँ  नोक्सानी  बेहोर्न  बाध्य  भएको  जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending