Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

बमजनका विश्वास पात्रको बयान : सुरेशकुमार आले थाइल्याण्ड गए, अर्का भन्छन् - दक्षिण कोरिया

खबरडबली संवाददाता

काठमाडौं । २०७२ साल जेठ पहिलो साताको कुरा हो । निजगढ नगरपालिका-१२ रतनपुरी हल्खोरी जंगलभित्र रामबहादुर बमजनको आश्रममा अनुयायीहरू मात्रै बस्थे। राष्ट्रिय वन कब्जा गरेको आरोपमा २०७० सालमा बमजनलाई जंगलबाट प्रहरी, प्रशासन र वन सबै मिलेर लखेटेका थिए।

लखेट्नुपर्ने कारण वन क्षेत्र कब्जा गरेको एउटा छँदैथियो। अर्को, बमजनको तपस्या र ध्यान हेर्न मेला नै लाग्दा वन क्षेत्र मासिँदै अतिक्रमण बढ्न थालेको थियो । त्यहाँबाट लखेटिएपछि बमजन सिन्धुली पुगेका थिए। तर, जंगलभित्र एउटा आश्रम भने रहिरहेकै थियो, जहाँ केही अनुयायीहरू बस्थे ।

बमजन भागेपछि अनुयायीहरू पनि उनैसँग जालान् भन्ठान्दै प्रहरीले उनीहरूलाई केही समयसम्म बस्न दिइरह्यो । जितपुर सिमरा उपमहानगरपालिका-१८ (हालको ठेगाना) बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले त्यही आश्रममा बस्थे।

बमजन त्यहाँ हुँदा र सिन्धुली सरेपछि पनि उनी कहिलेकाहीँ घर गइरहन्थे। आले अन्तिमपटक २०७२ साल जेठ पहिलो साता घर पुगेका थिए । केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतका अनुसार उनले त्यसबेला आमा नन्दमायालाई भनेका थिए - म आश्रम छोडेर आएको, अब जान्नँ ।

उनले खोई किन त्यसो भने आमाले नि राम्रो सोधिनन् कि कसो, उनी छोराको निर्णयमा मनमनै गदगद् थिइन् ! तर, केही दिन बित्दै आलेलाई लिन आश्रममा बस्ने बमजनका अनुयायी आए। उनी जितपुर सिमगरा उपमहानगरपालिका-१६ डुमरवानाका जसबहादुर वाइबा थिए । उनले ललाइफकाइ गर्दै पुन: आश्रममै फर्काएर लगे।

कहिलेकाहीँ घर आउने गरेका आले त्यसपछि भने फर्केनन् । आश्रम जान्न भनिरहेको छोरो फर्केर नआएपछि नन्दमाया र बुवा हस्तबहादुरको मनमा चिसो पस्यो । उनीहरू सुरेशलाई खोजी गर्न थाले ।  यो सिलसिलामा आश्रम पुगे, सुरेशलाई भेटेनन्।

नन्दमाया र हस्तबहादुर सुरेशलाई फकाएर आश्रममा फर्काउने जसबहादुर वाइबाको घरैसम्म पुगे । तर, उनको घर पुग्दा जसबहादुरले सुरेशकुमार थाइल्याण्ड गइसकेको बताए । बुवाले आश्चर्य मान्दै सोधे - पासपोर्ट नै बनाएकै थाहा छैन, कसरी गयो थाइल्याण्ड?

जसबहादुरले जवाफ फर्काए - खै, कसरी भन्ने, मैले पनि फेसबुकबाट थाहा पाएको हुँ।

जसबहादुरले त्यसो भनेपछि उनीहरू फनक्क फर्किए । तर, सुरेशकुमार त वर्षदिन होइन, तीन वर्षसम्म फर्केर आएनन् । फेसबुकमा कतै भेटिएनन् । त्यसपछि शंका गर्दै जसमाया र हस्तबहादुर जिल्ला प्रहरी कार्यालय बारामा पुगेका थिए ।

त्यहाँ छोरा हराइरहेकाले खोजी गरिदिन भनी निवेदन दिए। उनीहरूको निवेदन २०७५ पुस १२ गते दर्ता भएको थियो ।  प्रहरीले त्यसको दुई महिनापछि फागुनमा जसबहादुर र निजगढका अर्का अनुयायी विजयलाल चौधरीलाई बोलाएर सोध्यो ।

जसबहादुरले पहिलेकै कुरा दोहोर्‍याए - थाइल्याण्ड ।  विजयलालले भने - उनी त नुवाकोटकी एउटी केटी लिएर दक्षिण कोरिया गए ।  ‘सिन्धुपाल्चोकमा हामी सँगै बसेका हौं, गुरुसँगै तपस्या पनि गरेको हो,’ विजयलालले प्रहरीमा गरेको कागजमा उल्लेख छ ।

यो कागज २०७५ साल फागुनमा गरिएको थियो । त्यहाँको प्रहरीले यत्ति कागज त गरायो, तर त्यो फागुन कति गतेको हो उल्लेख नै गरेन । निवेदन दिएको थाहा पाएपछि विजयलालले सुरेशका बुवा-आमा दुबैलाई धम्क्याएका थिए। ‘तिमीहरूले निवेदन दिएछौ, यो गुरुको विरुद्धमा भयो, ठिक भएन,’ विजयलालको धम्की यस्तो थियो । जसबहादुर बमजनका विश्वास पात्र मानिन्थे।

कहिले थाइल्याण्ड, कहिले दक्षिण कोरिया गएका सुरेशकुमार अहिलेसम्म कहाँ छन् कसैलाई पत्तो छैन। जब, रामबहादुर बमजन पक्राउ परे त्यसपछि सुरेशसहित अन्य बेपत्ता चार जनाको खोजी सुरू भएको छ। र, विगतमा प्रहरीमा गरिएका कागजहरू पल्टाउन थालिएको छ। ती कागजात अहिले अनुसन्धानका विषय बनिरहेका छन्।

‘खै कहाँ छन् भन्ने कुरा त अनुसन्धानकै विषय बनेको छ, भर्खर त मानिस पक्राउ गरियो,’ ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य भन्छन्, ‘खोजी सुरू भएको छ, हेरौं अनुसन्धानले केही न केही तथ्य फेला पार्ने कुरामा आशावादी हुनुपर्छ।’

ब्युरोका एक अधिकृतका अनुसार सुरेशका बुवा-आमा दुबै बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा पुगेका छन्। उनीहरूले बमजनको विरूद्धमा निवेदन तयार पार्दैछन् । बारामा पहिल्यै गरिएको कागजात अनुसार बमजनको आश्रममा सुरेशकुमार २०६३ सालमै अनुयायी बन्न गएको देखिन्छ। आश्रममा कसरी नजिक भए भन्ने स्पष्ट छैन।

बुवा-आमाले कहिलेकाहीँ बमजनको तपस्या हेर्न गएको भन्नेसम्म पत्ता लगाएका थिए भन्ने कुरा छ। कहिलेकाहीँ जाने-आउने गर्दागर्दै सुरेशकुमार आश्रममै बस्न थालेको प्रहरीले सुनेको छ।

सुरेशका बुवा-आमाले प्रहरीमा गरेको कागजअनुसार अनुयायी बन्न जानुअघि सुरेशकुमार गाउँकै बोर्डिङ स्कुलमा पढाउँथे। उनी प्लस टु पास गरेका व्यक्ति थिए । उनको अंग्रेजी भाषामा दखल थियो। यसरी पढाउँदा पढाउँदै बमजनको आश्रम पुगेका सुरेशकुमार न थाइल्याण्ड पुगेको, न दक्षिण कोरिया पुगेको यथेष्ट प्रमाण भेटिएको छ। न पहिले तात्तातो अवस्थामा प्रहरीले खोजी नै गर्‍यो।

बमजन अहिले नाबालिका आनीमाथि बलात्कार र यौनशोषणको आरोपमा सर्लाहीमा पुर्‍याइएका छन्। सर्लाहीकी ती आनीले आनीले बमजनविरूद्ध २०७१ सालमै जाहेरी दिएकी थिइन् ।  जबकि, त्यसको चार वर्षपछि सुरेशका बुवा-आमा खोजतलासको निवेदन लिएर जाँदा पनि बारा प्रहरीले खासै चासो लिएर हेरेको देखिन्न।

प्रहरी आश्रमसम्म पुगेको भने देखिन्छ। बमजनले भू-तपस्था गर्ने स्थान, ध्यान गर्ने पीपलको बोट र बस्ने आश्रमको तस्बिर त्यसबेला खिचिएको देखिन्छ।  ‘त्यसबेला प्रहरीमा खासै बमजनविरुद्ध उजुरी थिएन, खोजीको निवेदन परेको बेला आफन्तले धाकधम्की सहेको कुरा कागजमा देखिन्छ,’ ब्युरोका ती अधिकृतले भने।

ती अधिकृत सुरेशलाई जंगलभित्रै हत्या गरेर गाडेको आशंका गर्छन्। ‘अन्यथा, उनी विदेशमा थिए भने कि सम्पर्क गर्थे, कि फर्किन्थे,’ ती अधिकृत भन्छन्, ‘नेपालमै भए त केही न केही पत्ता लाग्छ नि।’ यसको छिनोफानो अबको अनुसन्धानले गर्ने उनी बताउँछन्।

सर्लाहीको अनुसन्धान र सुनुवाई सकिनासाथ बमजनलाई बारा लैजाने प्रहरीको तयारी छ। यतिबेलासम्ममा निजगढको जंगलबाट केही तथ्य उजागर हुनेतर्फ अनुसन्धान अधिकृत विश्वस्त देखिन्छन्। ‘त्यसबेला को-को आनी बस्थे, अनुयायी को-को थिए, तिनीहरूसम्म पुग्ने हाम्रो योजना छ,’ ती अधिकृतले भने।

२०७० मै बमजनलाई निजगढबाट हटाइएको एकातर्फ प्रहरी बताउँछ भने अर्कोतर्फ अनुयायीहरू २०७५ सालसम्म त्यहीँ बस्थे भन्ने तथ्य विरोधाभाषपूर्ण छ। बमजनलाई मात्र लखेट्यो, अनुयायीहरूलाई किन लखेटिएन? प्रश्नमा त्यतिबेलाका अनुसन्धान अधिकृत भन्छन्, ‘हामीले हाम्रो पालामा बमजनलाई जसरी भए पनि लखेट्यौं, पछि अरूले के-के गरे, किन बस्न दिइरहे भन्ने कुरा थाहा भएन।’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending