काठमाडौं । वीर अस्पतालका बिरामीहरूले खाना तथा खाजा सेवा पुनस् नियमित पाउने भएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग छलफल गरेका थिए । छलफलपछि खाजा तथा खाना सेवा पुनः नियमित गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।
“वीर अस्पताल नेपालको स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण अङ्ग हो। यहाँ दूरदराजका गरिब, विपन्न र असहायहरूले निःशुल्क उपचार गर्न पाउन् भन्ने मेरो चाहना छ । उनीहरूका लागि राज्य वास्तविक अर्थमा अभिभावक बन्न सक्नुपर्छ । अस्पतालका बिरामीको खाना र खाजा खर्च कटौती भएको सुन्दा मलाई निकै दुःख लागेको थियो । अहिले त्यो सुविधा यथावत् राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले न्याम्स पदाधिकारीहरूको ब्रिफिङ्ग सुनेपछि भनेका छन् ।
जस्तोसुकै सङ्कटमा बिरामीहरूको सुविधा कटौती नगर्न उनले निर्देशन दिएका छन् । “उनीहरूलाई कसरी छिटो, गुणस्तरीय र सर्वसुलभ सेवा दिन सकिन्छ, त्यसमा ध्यान केन्द्रित गर्नुस् । म चाहन्छु, बिरामीहरूले तपाईंहरूलाई आफ्नै अभिभावक ठान्न सकून् । त्यस्तो कार्यशैलीका साथ सेवा प्रवाह गर्नुस्,” प्रधानमन्त्री प्रचण्डले भने ।
अस्पताल प्रशासनले सरकारबाट न्यून बजेट प्राप्त भएको भन्दै बिरामी खाजा तथा खाना सेवा कटौती गरेको थियो । प्रशासनले त्यसबापत् गत आर्थिक वर्षसम्म एक करोड ६८ लाख बजेट पाउँदै आएको थियो । तर, चालू आर्थिक वर्षदेखि बजेटको अभाव देखाउँदै यो शीर्षकको सेवा कटौती गरेको थियो ।
प्रशासनका अनुसार अस्पतालले गत साउनदेखि बिरामीलाई उधारोमा खाजा(खाना खुवाउँदै आएको थियो । तर, आन्तरिक श्रोतबाट पनि धान्न गाह्रो भएपछि सेवा कटौती गरिएको भनाइ अस्पताल प्रशासनको छ । वीर अस्पतालले स्थापनाकाल (विसं १९४७) देखि नै खाना(खाजा सेवा प्रदान गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: