Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

वीर अस्पतालका बिरामीले खाना–खाजा सेवा पुनः पाउने

खबरडबली संवाददाता

काठमाडौं । वीर अस्पतालका बिरामीहरूले खाना तथा खाजा सेवा पुनस् नियमित पाउने भएका छन् ।  बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग  छलफल गरेका थिए । छलफलपछि खाजा तथा खाना सेवा पुनः नियमित गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।

“वीर अस्पताल नेपालको स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण अङ्ग हो। यहाँ दूरदराजका गरिब, विपन्न र असहायहरूले निःशुल्क उपचार गर्न पाउन् भन्ने मेरो चाहना छ । उनीहरूका लागि राज्य वास्तविक अर्थमा अभिभावक बन्न सक्नुपर्छ । अस्पतालका बिरामीको खाना र खाजा खर्च कटौती भएको सुन्दा मलाई निकै दुःख लागेको थियो । अहिले त्यो सुविधा यथावत् राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले न्याम्स पदाधिकारीहरूको ब्रिफिङ्ग सुनेपछि भनेका छन् ।

जस्तोसुकै सङ्कटमा बिरामीहरूको सुविधा कटौती नगर्न उनले निर्देशन दिएका छन् । “उनीहरूलाई कसरी छिटो, गुणस्तरीय र सर्वसुलभ सेवा दिन सकिन्छ, त्यसमा ध्यान केन्द्रित गर्नुस् । म चाहन्छु, बिरामीहरूले तपाईंहरूलाई आफ्नै अभिभावक ठान्न सकून् । त्यस्तो कार्यशैलीका साथ सेवा प्रवाह गर्नुस्,” प्रधानमन्त्री प्रचण्डले भने ।

अस्पताल प्रशासनले सरकारबाट न्यून बजेट प्राप्त भएको भन्दै बिरामी खाजा तथा खाना सेवा कटौती गरेको थियो । प्रशासनले त्यसबापत् गत आर्थिक वर्षसम्म एक करोड ६८ लाख बजेट पाउँदै आएको थियो । तर, चालू आर्थिक वर्षदेखि बजेटको अभाव देखाउँदै यो शीर्षकको सेवा कटौती गरेको थियो ।

प्रशासनका अनुसार अस्पतालले गत साउनदेखि बिरामीलाई उधारोमा खाजा(खाना खुवाउँदै आएको थियो । तर, आन्तरिक श्रोतबाट पनि धान्न गाह्रो भएपछि सेवा कटौती गरिएको भनाइ अस्पताल प्रशासनको छ । वीर अस्पतालले  स्थापनाकाल (विसं १९४७) देखि नै खाना(खाजा सेवा प्रदान गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending