काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुख अम्बरबहादुर विष्टलाई फिर्ता नबोलाउने अडान राखेका छन् ।
राप्रपा निर्देशन समितिले सभामुख विष्टलाई फिर्ता बोलाउन पार्टी केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको निर्देशनप्रति सिटौलालाले असन्तुष्टि जनाएका हुन् ।
निर्देशन समितिले सभामुख भइसकेपछि निर्देशन दिँदा छलफल समेत गर्न सम्भव नभएको उनको भनाइ छ । ‘कोशीको सभामुखलाई फिर्ता बोलाउनु भनेर निर्देशन समितिका संयोजक प्रकाशचन्द्र लोहनीको वक्तव्य आयो । त्यो वक्तव्य हामीले सभामुख बनाइसकेपछि आयो,’ उनले भने, ‘पहिले आएको भए पार्टीको आग्रज नेताहरूले भनेको कुरा गम्भीरताका साथ लिएर छलफल गर्थ्यौँ । उहाँहरूले वक्तव्य पठाउन विलम्ब गरिदिनुभयो ,’
दलका नेता सिटौलाका अनुसार सभामुखले राजीनामा दिने वा फिर्ता बोलाउने सम्भावना छैन । ‘राजीनामा किन दिने ? राजीनामा दिँदैनौँ हामीहरू । चुनाव, सडक र सदनलाई सदुपयोग नीति लिएर पार्टी अगाडि बढेको छ । त्यही अनुसार हामी चुनाव लडेको हो । कि चुनाव नै लड्नुहुन्थेन,’ उनले भने ।
पार्टीको निर्देशन समितिको तागत भए संघीयसहित ४२ जना सांसदलाई फिर्ता बोलाउने निर्देशन दिन सिटौलाको चुनौती छ । ‘एउटा सभामुख नबन भन्ने मात्र होइन । निर्देशन समितिसँग यत्रो ठुलो दल छ भने ४२ (प्रतिनिधिसभाका १४ र प्रदेशसभाका २८) जनालाई ब्याक गर्नुपर्यो,’ उनले चुनौती दिँदै भने, ‘जति मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य सबैलाई ब्याक गर्नुपर्यो नि सडकमा बसेर आन्दोलन हुन्छ भने । त्यत्रो तागत राख्ने निर्देशन समितिले यसरी पो निर्देशन गर्नुपर्यो त ।’
सभामुखका सन्दर्भमा राप्रपा कोशी प्रदेश संसदीय दल एक कदम पछाडि नसर्ने सिटौलाको अडान छ । पुस २४ मा राप्रपा प्रदेश सांसद विष्ट कोशी प्रदेशको सभामुखमा सर्वसम्मत चयन भएका थिए । उनलाई सत्ता गठबन्धन र विपक्षी एमालेले पनि समर्थन गरेको थियो । सभामुख चयन भएपछि विष्टले पार्टीबाट अलग भएको पत्र बुझाइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा




प्रतिकृया लेख्नुहोस्: