काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुख अम्बरबहादुर विष्टलाई फिर्ता नबोलाउने अडान राखेका छन् ।
राप्रपा निर्देशन समितिले सभामुख विष्टलाई फिर्ता बोलाउन पार्टी केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको निर्देशनप्रति सिटौलालाले असन्तुष्टि जनाएका हुन् ।
निर्देशन समितिले सभामुख भइसकेपछि निर्देशन दिँदा छलफल समेत गर्न सम्भव नभएको उनको भनाइ छ । ‘कोशीको सभामुखलाई फिर्ता बोलाउनु भनेर निर्देशन समितिका संयोजक प्रकाशचन्द्र लोहनीको वक्तव्य आयो । त्यो वक्तव्य हामीले सभामुख बनाइसकेपछि आयो,’ उनले भने, ‘पहिले आएको भए पार्टीको आग्रज नेताहरूले भनेको कुरा गम्भीरताका साथ लिएर छलफल गर्थ्यौँ । उहाँहरूले वक्तव्य पठाउन विलम्ब गरिदिनुभयो ,’
दलका नेता सिटौलाका अनुसार सभामुखले राजीनामा दिने वा फिर्ता बोलाउने सम्भावना छैन । ‘राजीनामा किन दिने ? राजीनामा दिँदैनौँ हामीहरू । चुनाव, सडक र सदनलाई सदुपयोग नीति लिएर पार्टी अगाडि बढेको छ । त्यही अनुसार हामी चुनाव लडेको हो । कि चुनाव नै लड्नुहुन्थेन,’ उनले भने ।
पार्टीको निर्देशन समितिको तागत भए संघीयसहित ४२ जना सांसदलाई फिर्ता बोलाउने निर्देशन दिन सिटौलाको चुनौती छ । ‘एउटा सभामुख नबन भन्ने मात्र होइन । निर्देशन समितिसँग यत्रो ठुलो दल छ भने ४२ (प्रतिनिधिसभाका १४ र प्रदेशसभाका २८) जनालाई ब्याक गर्नुपर्यो,’ उनले चुनौती दिँदै भने, ‘जति मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य सबैलाई ब्याक गर्नुपर्यो नि सडकमा बसेर आन्दोलन हुन्छ भने । त्यत्रो तागत राख्ने निर्देशन समितिले यसरी पो निर्देशन गर्नुपर्यो त ।’
सभामुखका सन्दर्भमा राप्रपा कोशी प्रदेश संसदीय दल एक कदम पछाडि नसर्ने सिटौलाको अडान छ । पुस २४ मा राप्रपा प्रदेश सांसद विष्ट कोशी प्रदेशको सभामुखमा सर्वसम्मत चयन भएका थिए । उनलाई सत्ता गठबन्धन र विपक्षी एमालेले पनि समर्थन गरेको थियो । सभामुख चयन भएपछि विष्टले पार्टीबाट अलग भएको पत्र बुझाइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: