Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

मोरङमा सुरू भयो बायोग्यास उत्पादन , दैनिक ३० सिलिण्डर तयार हुने

खबरडबली संवाददाता

विराटनगर ।  मोरङको धनपालथान गाउँपालिका-३ डकुवाडाँगामा ठूलो बायोग्यास प्लान्ट तयार भएको छ । गैरनाफामुलक संस्था जीवन विकास समाजले १० बिगाहा क्षेत्रफलमा स्वचालित मेसिनसहितको प्लान्ट तयार गरेको हो।

प्लान्टबाट उत्पादित बायोग्यास सिलिन्डरमा भरेर बजार पठाइन्छ। प्राङ्गरिक मल किसानले उपयोग गरिरहेका छन् । खेतीको समयमा सधैं किसानले रासायिनिक मलको अभाव झेलिरहेका हुन्छन् । रासायनिक मलको अभाव झेलिरहने किसानलाई सहजै मल उपलब्ध गराउने उद्देश्यसहित प्राङ्गारिक मल उत्पादन गरिरहेको बायोग्यास प्लान्टका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए ।

पहिलो चरणमा प्लान्टले प्राङ्गारिक मललाई पाँच केजीको प्याक बनाएर बजारमा पठाएको छ । २० र ५० किलोको प्याक पनि बजारमा ल्याउने तयारीमा छ। जीवन विकास ब्रान्डको पाँच किलोको प्राङ्गारिक मल प्रतिप्याकेट १५० रुपैयाँमा बिक्री हुन्छ। प्लान्टबाट निस्किएको ठोस पदार्थबाट प्राङ्गारिक मल बनाएको जीवन विकासले झोलबाट प्राङ्गारिक झोल मल उत्पादन गर्ने तयारी गरिरहेको छ।

झोल मल प्रयोगका लागि परीक्षण भइरहेको प्रमुख मण्डलले बताए। गत वर्ष धान र पटुवा बालीमा प्रयोग गर्दा झोल मलले उत्पादन बढाएको बताउँदै उनले पुन: परीक्षणपछि बजारमा पठाइने बताए। प्लान्टबाट दैनिक सात टन प्राङ्गारिक मल उत्पादन गर्ने क्षमता छ। अहिले भने दैनिक डेढ टन मल उत्पादन भइरहेको छ।

मलसँगै सिलिण्डरमा ग्यास पनि

मलसँगै प्लान्टबाट ग्यास पनि उत्पादन भइरहेको छ। उत्पादित बायोग्यास सिलिन्डरमा भरेर बजारमा पठाइरहेको छ । ग्यास उत्पादनका लागि तीन हजार घनमिटरको डाइजेस्ट प्लान्ट तयार गरिएको छ। प्लान्टबाट उत्पादित मिथेन ग्यास स्वचालित मेसिनमार्फत सिलिन्डरमा भरिन्छ ।

प्लान्टले उत्पादन गरेको बायोग्यास सिलिन्डर विराटनगरका दुई उद्योगले प्रयोग गर्छन् ।केही महिनादेखि उत्पादन सुरू गरेको प्लान्टबाट दैनिक ३० सिलिन्डर ग्यास उत्पादन हुन्छ। खुद कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तर्गत उत्पादन सुरू गरेको बायोग्यास एलपिजी ग्यासभन्दा सस्तो पनि छ।

‘एलपीजी र मिथेन ग्यासको क्षमता उस्तै छ, तुलनात्मक रुपमा मूल्यमा मिथेन ग्यास सस्तो पर्छ,’ बायोग्यास प्लान्टका प्रमुख मण्डलले भने,‘व्यावसायिक प्रयोजनका लागि बायोग्यास प्रभावकारी र सस्तो छ ।’

प्लान्टको क्षमता दैनिक ९०० केजी (१५० सिलिन्डर) बायोग्यास उत्पादन गर्ने हो । तर कच्चा पदार्थ(गोबर) अभावमा दैनिक १८० केजी (३० सिलिन्डर) मात्र उत्पादन भइरहेको छ । करिब साढे सात करोड लागतमा तयार भएको बायोग्यास प्लान्टको औपचारिक उद्घाटन भने २७ पुसमा गर्ने तयारी छ।

कसरी भरिन्छ ग्यास?

बायोग्यास प्रमुख मण्डलका अनुसार प्लान्टका लागि विराटनगर र आसपासमा रहेका गाई भैंसी फार्मबाट गोबर संकलन गरेर प्लान्टमा लगिन्छ। खरिद गरेको गोबरलाई डाइजेस्टर प्लान्टमा मेसिनबाट पठाइन्छ ।

डाइजेस्टर प्लान्टबाट पाइपलाइन हुँदै प्युरिफिकेसन प्लान्टमा मिथेन ग्यास जम्मा हुन्छ। प्युरिफिकेसन प्लान्टबाट स्वचालित कम्प्रेसर मेसिनबाट ग्यास सिलिन्डरमा भरिन्छ। ६ केजीको सिलिन्डर भरेपछि प्रयोगका लागि उद्योगमा पठाउने उनले बताए।

प्लान्टले उत्पादन गरेको ग्यास जीवन विकास डेरी उद्योग र दूध वाला डेरी फर्मले प्रयोग गर्छन्। बायोग्यास प्रयोग गरिरहेका उद्योगले एलपिजी ग्यास र दाउरा प्रयोग गर्न छाडेका छन्।  

दूध वाला डेरी उद्योगका सञ्चालक बिक्की अग्रवाल एलपिजी ग्यासको तुलनामा बायोग्यास निकै सस्तो भएकाले उत्पादन लागत कम भएको बताउँछन् । ‘एलपिजी भन्दा सस्तो छ, प्रभावकारिता उस्तै छ,’उनले भने,‘साना तथा मझौला उद्योगका लागि प्रभावकारी भयो, सिलिन्डर ठूलो भएका कारण घरका लागि चाहिँ प्रयोग गर्न गाह्रो छ।’

जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलका अनुसार बायोग्यासको प्रयोगले उत्पादन  लागत कम गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending