काठमाडौं । बलात्कार र हत्या आरोप लागेका तपस्वी भनिने रामबहादुर बम्जनले पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद प्रक्रिया अघि बढाएको खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार बम्जनबारे पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
सीआईबीका अनुसार उनले बौद्ध श्रवण ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा गाडी खरिद गर्न तीन करोड नगदै भुक्तानी गरेकोसमेत खुलाएको छ ।
त्यस्तै उनले सेतो रंगको टोयटा गाडी र चारवटा मोटरसाइकल पनि प्रयोग गर्नेगरेको सीआईबीले जनाएको छ ।
प्रहरीले उनकाे घरबाट मोटरसाइकलको बिलबुक तीन थान, गाडीको चाबी एक थान, विभिन्न ब्राण्डका पेन ड्राइभ २० वटा, भ्याइस् रेकडर एक थान, मेमोरी कार्ड दुई थान, ल्यापटप दुई थान, मोबाइल १४ थान तथा आइप्याड र ट्याप पाँच थान बरामद गरेको प्रहरीले जनाएकाे छ । बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको प्रहरीले जनाएकाे छ ।
बम्जनलाई पक्राउ गरिएको बारे बुधबार औपचारिक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनलाई बुढानीलकण्ठ नगरपालिका, वडा नं ६, टनगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । २०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६/१०/२३ अनुमति दिएको थियो ।
यसैगरी, प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६/१०/२४ पत्राचार गरेकामा खोजतलासका क्रममा मङ्गलबार बम्जनलाई पक्राउ गरिएको हो ।
बम्जनको खोजतलास गर्ने क्रममा मङ्गलबार राति १९ः १५ बजे पक्राउ गर्न घरमा प्रवेश गर्दा झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा ब्युरोको टोलीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: