Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए तपस्वी बम्जन

तपस्वी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सार्वजनिक गरिँदै । तस्बिर : केशब गुरुङ
खबरडबली संवाददाता

काठमाडौं । बलात्कार र हत्या आरोप लागेका तपस्वी भनिने रामबहादुर बम्जनले पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद प्रक्रिया अघि बढाएको खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार बम्जनबारे पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

सीआईबीका अनुसार उनले बौद्ध श्रवण ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा गाडी खरिद गर्न तीन करोड नगदै भुक्तानी गरेकोसमेत खुलाएको छ ।

त्यस्तै उनले सेतो रंगको टोयटा गाडी र चारवटा मोटरसाइकल पनि प्रयोग गर्नेगरेको सीआईबीले जनाएको छ ।

प्रहरीले उनकाे घरबाट मोटरसाइकलको बिलबुक तीन थान, गाडीको चाबी एक थान, विभिन्न ब्राण्डका पेन ड्राइभ २० वटा, भ्याइस् रेकडर एक थान, मेमोरी कार्ड दुई थान, ल्यापटप दुई थान, मोबाइल १४ थान तथा आइप्याड र ट्याप पाँच थान बरामद गरेको प्रहरीले जनाएकाे छ । बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको प्रहरीले जनाएकाे छ ।

बम्जनलाई पक्राउ गरिएको बारे बुधबार औपचारिक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनलाई बुढानीलकण्ठ नगरपालिका, वडा नं ६, टनगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । २०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६/१०/२३ अनुमति दिएको थियो ।

यसैगरी, प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६/१०/२४ पत्राचार गरेकामा खोजतलासका क्रममा मङ्गलबार बम्जनलाई पक्राउ गरिएको हो ।

बम्जनको खोजतलास गर्ने क्रममा मङ्गलबार  राति १९ः १५ बजे पक्राउ गर्न घरमा प्रवेश गर्दा  झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा ब्युरोको टोलीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending