Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

धनगढीमा निषेधाज्ञा

\"KTM_BANDA\"धनगढी । कैलालीको टीकापुर नगर क्षेत्रमा सोमबार दिउँसो भएको हिंसात्मक घटनापछि जिल्लाभरिको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सदरमुकाम धनगढी नगर क्षेत्रमा अहिले ११ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको उल्लङ्घन गरी हिँड्नेलाई गोलीसमेत हान्ने अधिकार दिएको स्थानीय प्रशासनले जनाएको छ । टीकापुरमा भएको घटनापछि हिजो दिउँसोबाट सो नगर क्षेत्रमा पनि जारी भएको निषेधाज्ञा आदेश यथावत् छ । जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकमा भएको सहमति बमोजिम शान्ति सुरक्षाको स्थिति थप बिग्रन नदिन सदरमुकाम धनगढीमा पनि निषेधाज्ञा लगाउनुपरेको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए । टीकापुरमा भएको घटनापछि टीकापुर नगर क्षेत्रका साथै आसपासका मुनुवा, जोशीपुर, नारायणपुर, पथलैया, दुर्गौली, धनसिंहपुर, थापापुर, सानिक भजनी र खैलाड तथा बौनिया गाविसलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ । यी क्षेत्रमा सोमबार साँझदेखि नै सेना परिचालन गरिएको छ । घटनापछि टीकापुर सुनसान कैलाली जिल्लाको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि  स्थानीयवासीमा सन्त्रास फैलिएको छ । कसैले कल्पना नगरेको घटना भएपछि स्थानीयवासीमा कतै पुनः त्यस्तैखालको घटना दोहोरिने हो कि भन्ने त्रास देखिएको स्थानीयवासी गीता जोशीले बताए । बिहानैदेखि बजार सुनसान छ । सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् । जताततै प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति रहेको छ । स्थानीय प्रशासनले स्थिति थप बिग्रन नदिन टीकापुर र आसपासको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गर्दै व्यापक रुपमा प्रहरी र सेना परिचालन गरेको छ । टीकापुर नगरपालिका साथै भजनी–त्रिशक्ति नगरपालिका र आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ । सोमबारको हिंसात्मक घटनालगत्तैबाट त्यहाँ दिउँसोको समयमा समेत निषेधाज्ञा लगाइएको छ । विगत केही दिनदेखि त्यहाँ रातिको समयमा निषेधाज्ञा लगाइएको थियो । यस्तै टीकापुर नगर क्षेत्रमा कुनै सभा जुलुस प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सोमबार दिउँसोको घटनापछि साँझबाट स्थिति नियन्त्रणमा लिई सामान्य अवस्थामा आइसकेको बताए । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सुरक्षाको थप रणनीति बनाउन अहिले जिल्ला सुरक्षा समितिको बैठक डाकिएको उनले बताए। घटनामा परी निधन भएका प्रहरीहरुको शव सम्बन्धित परिवारको जिम्मा लगाउन आवश्यक तयारी गरिएको छ । प्रहरीको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ । घटनामा परी घाइते भएका प्रहरीहरुको स्थानीय टीकापुर अस्पतालमा उपचार भइरहेको छ । घटनामा नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २१ प्रहरी घाइते भएका थिए । घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी गरिएको छ । दुई प्रहरीको अवस्था बढी गम्भीर रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending