Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

ओमिक्रोनको नयाँ सब–भेरियन्टबाट कति छ भयावह ?

खबरडबली संवाददाता

काठमाडाैं । कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएसँगै सर्वसाधरणमा त्रास पैदा भएको छ । हालसम्म यस भेरियन्टले सामान्य ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षणमात्रै देखिएकाले भयावह स्थिति सिर्जना नहुने भएपनि जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिएका छन् ।

विशेष गरी वृद्धावृद्धा, गर्भवती, बालबालिका, दीर्घ रोग लागेका व्यक्तिले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस २३ गते जिनोम सिक्वेन्सिङ प्रविधिबाट सङ्कलित १६ वटा नमुनाबाट ७ वटामा जेएन. १ को सङ्क्रमण पुष्टि भएको बताएको छ ।

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ पनि अन्य भेरियन्टजस्तै खोकेर, हाच्छ्युँ गर्दा निस्केका छिटाहरूबाट अर्को व्यक्तिलाई सर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । यो भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा गम्भीर हानि नर्पुयाउने उनको भनाइ छ । नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कम घातक वर्गमा राखेको डा. पुनले बताए  ।

हालै पुष्टि भएको ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ ले वृद्धावृद्धा, गर्भवती, बालबालिका, दीर्घ रोग लागेका व्यक्ति बढी प्रभावित हुने देखिएकाले उनीहरूले विशेष सावधानी अपनाउनु पर्ने पुनको भनाइ छ । 

कसरी जोगिने नयाँ सब–भेरियन्टबाट ?

कोरोनाका अन्य भेरियन्ट जस्तै व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाहरूबाट ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ अर्को व्यक्तिमा सर्ने भएकाले भिडभाड नगर्ने, जानै पर्ने भएमा मास्क लगाएर जाने, नियमित रूपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गरेर यसबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ । कोरोनाबाट बच्नमात्रै नभई बाहिर प्रदूषणबाट जोगिन पनि मद्दत पुग्ने भएकाले अनिवार्य मास्क लगाउन सरुवा रोग विशेषज्ञहरुको भनाइ छ । 

के हो नयाँ भेरियन्ट, कसरी हुन्छ भाइरस म्युटेसन ?

कोभिड–१९ को विभिन्न प्रजाति देखा पर्न थालेसँगै त्यहीमध्येको एक नयाँ भेरियन्ट जेएन.१ हो । कोभिड–१९ भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति जेएन.१ भएको चिकित्सकले बताएका छन् । जुन ओमिक्रोनको नयाँ म्युटेसन भएर बनेको हो ।

भाइरसको विकास हुँदा वंशाणुगत संरचना परिवर्तन हुने विशेषज्ञ डा. अनुप बास्तोलाले बताए । भाइरस परिवर्तन हुँदा विभिन्न नयाँ प्रजाति जन्मिने र सो प्रजातिमध्ये केही भाइरसमात्रै बाँच्ने र भाइरसको परिवर्तित स्वरुप नयाँ भेरियन्ट देखापर्ने उनले बताए । 

धेरै भेरियन्टमध्ये केही भेरियन्ट सर्भाइब गरेर आफ्नो जेनेटिक सँगसँगै लैजान सक्ने क्षमता विकास गर्छन र यो नै म्युटेसन भएको भाइरसको नयाँ भेरियन्ट भनेर बुझिन्छ । जेएन.१ पनि परिवर्तित भाइरस नै भएको र जुन ओमिक्रोनको सब भेरियन्ट भएको उनले बताए । वर्ष दिनमा भाइरस परिवर्तन हुने हुँदा जसबाट भाइरसका विभिन्न प्रजाति विकास हुने उनको भनाइ छ  ।

खोप लगाएका व्यक्तिलाई कति जोखिम ?

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई नयाँ सब भेरियन्टले खासै प्रभाव नपर्ने चिकित्सकले बताएका छन् । तर खोप नलगाएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, गर्भवती, दीर्घरोगका बिरामी बढी प्रभावित हुन सक्ने डा. पुनको अनुमान छ । कारोनाविरुद्धका खोप नलगाएका र पूर्ण रूपमा खोप नलगाएका व्यक्तिलाई खोप लगाउन चिकित्सकहरुको आग्रह छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending