Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

रिपोर्टको आधारमा नेताहरूको जिम्मेवारी हेरफेरको तयारीमा माओवादी

खबरडबली संवाददाता

काठमाडौं । पार्टी रूपान्तरण विशेष चार महिने अभियान समापन भएसँगै सातै प्रदेशमा माओवादी केन्द्रको प्रदेशस्तरीय समीक्षा बैठक जारी रहेको  छ । मङ्गलबारसम्म बागमती, सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा अभियानको समीक्षा सकिएको छ भने  कोशी, गण्डकी र कर्णालीमा समीक्षा हुँदैछ । 

यद्यपि सम्बन्धित प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको बैठकले समीक्षा रिपोर्टलाई अन्तिम रूप दिन बाँकी रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार सातै प्रदेशले पालिकाबाट आएको रिपोर्टमाथि समीक्षा गरेपछि केन्द्रमा आइपुग्ने छ ।
अभियानको समीक्षा रिपोर्ट आउने क्रम जारी रहँदा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा पार्टीभित्र निर्मम ढङ्गले अगाडि बढ्ने संकेत दिएका छन् । सोमबार राजधानीको नाचघरमा बागमती प्रदेशको प्रदेशस्तरीय समीक्षा बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको जस्तो ख्याल ठट्टा नठान्न नेताहरूलाई चेतावनी दिएका थिए । को–को केन्द्रीय सदस्यले जिम्मेवारी पूरा गरे/गरेनन् भन्ने निष्कर्ष निस्कने भन्दै उनले त्यसकै आधारमा केन्द्रीय समितिमा जिम्मेवारी दिने बताएका थिए । 
कार्यक्रममा उनले यो पटक राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटमा पनि हेडक्वाटरभन्दा परकालाई दिइएको दाबी गरेका थिए । चेतावनीपूर्ण शैलीमा उनले यो छनोटमा पनि वर्गतिर फर्किन बल भएको छ भन्ने याद गर्नुहोला’, भनेका थिए ।
सबै प्रदेशबाट रिपोर्ट आएपछि स्थायी समिति बैठक बोलाउने तयारीमा अध्यक्ष प्रचण्ड रहेका छन् । रिपोर्टका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर हुने र सोही आधारमा केन्द्रीय समिति बनाउने तयारीमा उनी जुटेका हुन् । फागुनको पहिलो साता हुने विधान अधिवेशनका लागि पार्टीले गठन गरेको मस्यौदा समितिले मस्यौदा बुझाइसकेको छ । कार्य विभाजनको विषयमा स्थायी समितिले निर्णय लिने भएको छ । स्थायी समितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ । पार्टीले गठन गरेको आन्तरिक मूल्याङ्कन समितिको प्रतिवेदनको आधारमा पदाधिकारीसहित केन्द्रीय समितिको जिम्मेवारी हेरफेर गरी विधान अधिवेशनमा जाने माओवादीको तयारी रहेको छ ।
मूलभूत रूपमा अभियान सफल भएको र सबै प्रदेशबाट आएको रिपोर्ट कार्डको आधारमा नेताहरूको कार्य विभाजन हुने महासचिव देव गुरुङले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending