Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

बागलुङका एक युवाले जन्माएको संस्था अब्बल बैंकहरूको सूचीमा

खबरडबली संवाददाता

काठमाडौं । पौष १७ गते मंगलबार ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सव मनाएको छ  । २०६३ सालमा स्थापना भएको बैकले देशभर बिविध कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो । 

अहिलेसम्म आइपुग्दा ग्लोबल आईएमई बैंक बैंकहरूको सुचिमा सफल र अब्बल बैंकको रुपमा देखा परेको  छ । बैंकले आफ्नो १७ औं वर्षगाँठ मनाउँदै गर्दा पुँजीको आकार, वित्तीय कारोबार, सेवाग्राही सङ्ख्या, प्रभावकारी सेवा र शाखा सञ्जालको हिसाबले बृहत् र अब्बल बैंक बन्न पुगेको हो ।

बैंकको जन्म कथा 

बाग्लुङको एक विकट गाउँमा सामान्य परिवारमा जन्मिएका चन्द्र प्रसाद ढकालले एसएसली दिइरहेकै बेला बुवा गुमाए । उनै ढकालको एक व्यक्तिको मेहनत, इमान्दारिता, लगनशीलता, सपना र सफलताबाट जन्मिएको हो ग्लोबल आइएमई बैंक ।

त्यस्तो परिस्थितिमा घरपरिवारको मूल खाँबो ढलेपछि १६ वर्षका जेठो छोराले घरको जिम्मेवारी सम्हाल्नुपर्ने भयो । पारिवारिक दायित्वको भारीले थिचिन पुगेका उनी एसएलसी परीक्षामा पनि अनुत्तीर्ण भए । तर, पनि उनी कति पनि विचलित नभई नहड्बडाइ लगनका साथ आफ्नो कर्ममा लागे । भाइबहिनी र आफ्नो पढाइसँगै पारिवारिक आर्थिक संकटले थिचेपछि काठमाडौं हान्निएको उनी सुनाउँछन् ।

उनले भने –‘म १६ वर्ष हुँदा बुबा बित्नुभयो । परिवारको सबैभन्दा जेठो छोरा भएकाले भाइबहिनी, आमा र आफ्नो पनि शिक्षादेखि हेरचाहको जिम्मेवारी मेरै थियो । त्यो बेला जागिर खानु मेरो बाध्यता थियो ।’ पारिवारिक जिम्मेवारीको भारी बोकेर काठमाडौं आएका ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिरे जीवन सुरू गरे ।

पढाइसँगै जागिरे जीवन अघि बढाउँदाका छुट्टै कथा छन् उनका । जागिर खाँदै ढकालले घरमा खर्च पठाउँदै पढाइलाई पनि निरन्तरता दिए । हातमा सर्टिफिकेट परेपछि उनले विसं २०४५ सालतिर राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । त्यो बेला उनको तलब थियो ५४५ रुपैयाँ ।

वाणिज्य बैंकमा चार वर्ष काम गरिसकेपछि उनमा नयाँ सोच आउन थाल्यो ‘आफ्नै व्यवसाय गर्ने’ । यही सोचअनुसार उनले कोल्ड स्टोर सञ्चालनमा ल्याए । आकांक्षी ढकाललाई यतिले मात्र कहाँ पुग्थ्यो र ? उनले फेरि कार्गो व्यवसायमा हात हाले ।

त्यसपछि उनलाई व्यवसाय विस्तारको लागि १२–१३ लाख रुपैयाँको आवश्यक पर्यो । त्यसका लागि उनले आफू कार्यरत बैंकमा ऋणका लागि आवेदन दिए । तर, ऋणका लागि उनले नैतिकरूपमा जागिर छाड्नुपर्ने अवस्था आयो ।

उनले भने–‘त्यहाँ निर्णय गर्ने मान्छेले तपाईं कि राजीनामा दिनुस् नत्र हुँदैन भन्नुभएको थियो । मैले राजीनामा दिएर त्यो पैसा लिएको थिएँ ।’ जागिरबाट राजीनामा दिएपछि परिवारको समस्या सामधान गर्न कठिन हुने बताउँदै उनले भने –‘राजीनामा दिनलाई गाह्रो थियो मलाई । केही नभएको बेला सहारा दिएको जागिरको माया थियो ।’ यद्यपि, व्यवसाय विस्तारका लागि ऋण पाउन भए पनि उनले जागिर छाडे ।

सन् २००१ तिर नेपालका धेरै युवा वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । वैदेशिक रोजगारीमा गएका उनीहरूलाई स्वदेश पैसा पठाउन निकै सकस थियो । बैंकिङ च्यानल त थियो । तर, सबैका लागि यो प्रक्रिया सहज थिएन । बैंकमार्फत पठाउँदा वर्षौँसम्म वा महिनौँसम्म पैसा अड्किन्थ्यो ।

नाममा अलिकति अक्षर बिग्रिए खातामा जम्मा नै नहुने समस्या थियो । त्यत्तिबेलै अनौपचारिक च्यानल हुन्डीको काम गर्ने मान्छेहरूले पैसा नदिएर भागेका घटना पनि आउँथे । यो समस्यामा ढकालको आँखा गाडियो ।

उनले संझँदै भने–‘त्यही कुराहरूले मलाई सम्बन्धित घर परिवारलाई सहज हिसाबले पैसा पुग्न सकोस् र सरकारले चाहेको हार्ड करेन्सी पनि खातामा आउने किसिमको एउटा संयन्त्र बनाउँ भन्ने लाग्यो ।’

जसबाट केही गर्न खोजिरहेका स्टार्टअप उद्यमीलाई व्यवसाय गर्न पनि सहज होस भन्ने सोच उनमा आयो । सर्वसाधारणले सहजरूपमा सुविधा पाउने, सरकारले खातामा पनि विदेशी मुद्रा प्रत्यक्षरूपमा आओस् र व्यवसाय पनि होस् भन्ने उद्देश्यका साथ ढकालले रेमिट्यान्स व्यवसायमा हात हाले  ।

उनले भने–‘पहिला मलेसियाबाट सुरू गरौँ भनेर लाग्यौँ । मलेसिया र नेपाल दुवै देशको केन्द्रीय बैंकले हामीलाई अनुमति दियो । नेपालमा पनि विदेशी मुद्राको काम केन्द्रीय बैंकले गथ्र्यो ।’

रेमिट्यान्सको काम गरिरहँदा आफ्नै बैंक तथा वित्तीय संस्थाको अभाव खड्किएपछि उनले आईएमई फाइनेन्सियल इन्स्टिट्युसन खोलेर केही वर्षसम्म चलाए ।

रेमिट्यान्सको काम गर्नलाई त्यो फाइनेन्सियल इन्स्टिट्युसनले पनि खासै सहयोग गर्ने नदेखिएपछि विदेशी मुद्राको काम वाणिज्य बैंकले मात्रै गर्ने भएकाले एउटा वाणिज्य बैंक नै चाहिन्छ भन्ने भएपछि ग्लोबल आइएमई बैंकको अवधारणा उनको दिमागमा फुर्यो ।

उनी भन्छन् –‘त्यत्ति बेलाको नियममा केन्द्रीय बैंकले काठमाडौंमा बैंकिङ लाइसेन्स दिएको थिएन । उपत्यका बाहिर राखेर दिने प्रावधान थियो । हामीले काठमाडौं बाहिरको वाणिज्य बैंकका रूपमा जाने भनेर वीरगञ्जलाई राखेर निवेदन दियौँ ।’

उनले भने–‘काम हुँदै थियो । केन्द्रीय बैंकले काठमाडौंमा पनि लाइसेन्स दिने प्रावधान खुलाइदियो । हामीले पहिला क्षेत्रीयरूपमा गरेको बैंकलाई अपग्रेड गराएर केन्द्रीय रूपमै सुरू र्गयौँ ।’त्यसपछि जन्मियो ग्लोबल आइएमई बैंक ।

विस्तारित रूप
बैंकको जन्म भएपनि यसमा आइएमई जोडिएको भने पछि हो  । त्यो बेला ग्लोबल बैंक स्थापना भएको थियो । २०६३ सालमा ग्लोबल बैंकको चुक्ता पुँजी १ अर्ब ५० करोड रहेको थियो । २०६८ माघमा बैंकले आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो ।

यो मर्जर बैंक तथा वित्तीय संस्थाहरूमै सबैभन्दा पहिलो थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार सुरू भएको थियो ।

ग्लोबल बैंकको नाममा उत्पत्ति भएको बैंक खुलेपछि एउटै प्रोमोटरको वाणिज्य बैंक र फाइनान्स हुन जरुरी छैन, एउटै भएमा सहज हुन्छ भन्ने हिसाबले आईएमई फाइनेन्सियल इन्स्टिट्युसन र ग्लोबल बैंकलाई मर्जरमा लगिएको ढकाल बताउँछन् ।

१७औं वर्षसम्म आइपुगिसकेको ग्लोबल आइएमई बैंकमा अहिले ५ वाणिज्य बैंक, १० विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित २१ वटा बैंक तथा वित्तीय संस्था मर्ज भएका छन् । अकासिएर विस्तार भएको बैंकमा हाल ४५ लाख निक्षेपकर्ता छन् । बैंकले ११०० भन्दा बढी देश तथा विदेशको सेवाकेन्द्रबाट बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३ सय ५१ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यू दिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीन वटा वैदेशिक सम्पर्क कार्यालयमार्फत समेत बैंकिङ सेवा दिइरहेको छ ।

बैंकको वित्तीय स्थिति

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनामा ७८ करोड रुपैयाँले बढेको छ । गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ । ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३।९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ ।

बैंकको आगामी यात्रा 

ग्लोबल आईएमई बैंकलाई विश्वका हजार बैंकमध्ये एक बनाउनका लागि आफूहरू लागि परिरहेको ढकाल बताउँछन् । उनी भन्छन् ‘यो खास ठूलो कुरा हो जस्तो लाग्दैन । किनभने पुँजीको आकारको हिसाबले वास्तवमा एक दुई वर्ष हामीले नगद लाभांश नलिने हो भने पुर्याइहाल्छौं ।’ उनले भने– ‘धेरैपछि सुरु गर्दा नेपालमा एक नम्बर भयौं भने अब अलिकति मिहेनत गर्यौं भने उत्कृष्ट हजार बैंकमा ग्लोबललाई र्पुयाउन सक्छौं ।’

उनले कन्ट्री रेटिंगको प्रक्रिया पनि अघि बढाएको बताएका छन् । यसका लागि बेलायत, दिल्ली, अस्ट्रेलियामा प्रतिनिधि कार्यालय पनि राखिएको उनको भनाइ छ ।

बैंकले सानो बचतकर्तादेखि ठूलो बचतकर्ता, सानो व्यवसायीदेखि कर्पोरेट लेभलको व्यवसायी सबैका लागि बैंक भनेर काम गरिरहेको छ । आगामी दिनमा डिजिटलाइजको कुराहरू पनि भइरहेको उनले बताए । ‘कतिपय मर्जर र एक्विजिसनको पाटोबाट अलिकति कन्सोलिडेसन भइरहेको छ । यसमा हाम्रा हरेक कर्मचारी र हरेक शाखाले सेवालाई चुस्त दुरुस्त बनाउनुपर्ने छ ।’ ढकालले भने ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending