Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास

२४ घण्टा सम्म पनि नदेखे झैँ गर्दै प्रहरी

खबरडबली संवाददाता

सिरहा । सिरहामा एक जना मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो ।

मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा सोमबार दिउँसो ३ बजे सञ्जयकुमार पस्न खोजेपछि स्थानीय रामनारायण सिंह, उनका छोरा शैलेन्द्र र भाइ नितेश सिंहले कुटपिट गरी खुकुरी प्रहारको प्रयास गरेको पीडित पक्षको भनाइ छ ।

पीडितका अनुसार वाड नं. ८ मझाउन टोलका मिटरब्याजी सुरेश पजियारले १ विघा एक कठ्ठा खेत र डेढ कठ्ठाको घरघडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याए । त्यसबाट १० कठ्ठा खेत र घरघडेरी सञ्जयकै छिमेकी रामनारायणको हातबाट बिक्री भएको छ । जसका कारण सञ्जयसहित उनका आमा–बुबासहित परिवारका सदस्य विस्थापित भएका छन् । हाल जनकपुरमा डेरा लिएर बसेर कन्सट्रक्सनको काम गरिरहेको सञ्जयले बताए ।

सोमबार आफ्नो घरमा जान खोज्दा रामनारायणसहित उनका छोरा र भाइले कुटपिट गर्दै खुकुरी प्रहारको प्रयास गरेको सञ्जयले बताए । सञ्जयमाथि हातपात गर्दै खुकुरी उज्याएको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

घटनाबारे प्रहरीलाई जानकारी गराए पनि प्रहरीले कसैलाई पक्राउ नगरेको पीडितको गुनासो छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले कल्याणपुर प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिएको छ । आज जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षलाई छलफलको लागि बोलाइएको उनले बताए ।

सञ्जयले २०७३ सालमा लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत सुरेशले आफ्नो भाइ दिनेश पंजियारको नाममा सञ्जयसँग आफ्नो ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारका दुई वटा तमसुक बनाए । सञ्जयले त्यति बेला आफ्नो ऋद्धिसिद्धी कन्ट्रक्सन खोल्न भन्दै पैसा लिएका थिए ।

मिटरब्याजीले करिब डेढ करोड रुपैयाँ बराबरको सम्पत्ति हत्याएको भन्दै सञ्जयले सुरेशका भाइ दिनेश पंजियारमाथि गत वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी उजुरी दर्ता गराएका छन् ।

त्यति मात्र होइन सञ्जयले रामनारायणबाट लिएको १ लाख ३० हजार रुपैयाँ ऋणको २ लाख १८ हजार रुपैयाँ तिरे पनि कपाली तमसुक फिर्ता गरेका छैनन् । तमसुक फिर्ता नगर्दा रामनारायणमाथि पनि सञ्जयले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनको उजुरी दिएका छन् । त्यो उजुरीमा दुईपटक सुनुवाइ समेत भएको छ । तर निष्कर्ष भने निस्केको छैन ।

सिरहा जिल्ला प्रशासन कार्यालयमा हुने गरेको अनुचित लेनदेनको छलफल तथा निर्णयको कुरामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै मिटरब्याज पीडित संघर्ष समिति सिरहाले एकसाता अघि छलफल बहिस्कार गर्ने निर्णय गरेको थियो ।

तर जिल्ला प्रशासन कार्यालयमा भने छलफल र निर्णयको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले बताए । उनका अनुसार दैनिक १६ वटा उजुरीउपर छलफल हुने गरेको छ भने करिब ३ वटासम्म उजुरीमा मेलमिलाप हुने गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending