Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बारा र पर्सामा एकैदिन दुई सयबढी एकीकृत समाजवादीमा प्रवेश, माधव र किसानले गरे स्वागत

खबरडबली संवाददाता

काठमाडौं । बारा र पर्सामा एकैदिन विभिन्न पार्टी परित्याग गरी दुई सयभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

सोमबार बाराको परवानीपुर गाउँपालिका कमिटी र वीरगञ्ज महानगरपालिकामा भएको बेग्लाबेग्लै पार्टी प्रवेश कार्यक्रममा दुई सयभन्दा बढी मानिसहरु विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

बारामा परवानीपुर गाउँपालिका कमिटि र पर्सामा वीरगञ्ज महानगर कमिटि र नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) ले संयुक्त रुपमा पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रम आयोजना गरेका थिए । 

नवप्रवेशीलाई पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल र बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले स्वागत गरेका थिए । 

पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष नेपालले नेपालको राजनीतिमा एकीकृत समाजवादी केन्द्रीय भूमिकामा रहेको बताए । साथै, मेची महाकाली अभियानबाट १० हजारभन्दा बढी मानिस पार्टी प्रवेश गरेको र अहिले पनि त्यसको निरन्तरता रहेको उनले बताए । ‘यसले जिल्ला जिल्लामा तरंग पैदा गरेको छ,’ उनले भने, ‘हाम्रो पार्टी गरिब, बेसाहराको साहरा, देशको विकास गर्ने, विकास गर्ने पार्टी हो ।’ 

त्यस्तै, प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले मधेशको विकास  एकीकृत समाजवादीले मात्र गर्ने त्यसको नेतृत्व माधव नेपाललेमात्र गर्न सक्ने बताए । साथै, त्यसमा आफ्नोसमेत साथ रहेको उनको भनाई थियो । ‘बारा जिल्लाको मात्र होइन, मधेशको समग्र विकास र उन्नति नेकपा एकीकृत समाजवादीले मात्र गर्न सक्छ र त्यसको नेतृत्व माधव कुमार नेपालले मात्र गर्न सक्नुहुन्छ । त्यसमा यो क्षेत्रको सांसदको हैसियतले मैले पनि साथ दिन्छु ,’ उनले भने । 

अहिले मधेश सरकारले फाष्ट ट्रयाकदेखि निजगढ विमानस्थलसम्म पाउँदै छ । जसको पहल गर्ने व्यक्ति पूर्व प्रधानमन्त्री माधव नेपाल रहेको उनले बताए । साथै, कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेलाई स्वागत तथा संगठन बिस्तार कार्यक्रमको सफलताको कामनासमेत व्यक्त गरे । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending