काठमाडौं । बारा र पर्सामा एकैदिन विभिन्न पार्टी परित्याग गरी दुई सयभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
सोमबार बाराको परवानीपुर गाउँपालिका कमिटी र वीरगञ्ज महानगरपालिकामा भएको बेग्लाबेग्लै पार्टी प्रवेश कार्यक्रममा दुई सयभन्दा बढी मानिसहरु विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
बारामा परवानीपुर गाउँपालिका कमिटि र पर्सामा वीरगञ्ज महानगर कमिटि र नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) ले संयुक्त रुपमा पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रम आयोजना गरेका थिए ।
नवप्रवेशीलाई पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल र बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले स्वागत गरेका थिए ।
पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष नेपालले नेपालको राजनीतिमा एकीकृत समाजवादी केन्द्रीय भूमिकामा रहेको बताए । साथै, मेची महाकाली अभियानबाट १० हजारभन्दा बढी मानिस पार्टी प्रवेश गरेको र अहिले पनि त्यसको निरन्तरता रहेको उनले बताए । ‘यसले जिल्ला जिल्लामा तरंग पैदा गरेको छ,’ उनले भने, ‘हाम्रो पार्टी गरिब, बेसाहराको साहरा, देशको विकास गर्ने, विकास गर्ने पार्टी हो ।’
त्यस्तै, प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले मधेशको विकास एकीकृत समाजवादीले मात्र गर्ने त्यसको नेतृत्व माधव नेपाललेमात्र गर्न सक्ने बताए । साथै, त्यसमा आफ्नोसमेत साथ रहेको उनको भनाई थियो । ‘बारा जिल्लाको मात्र होइन, मधेशको समग्र विकास र उन्नति नेकपा एकीकृत समाजवादीले मात्र गर्न सक्छ र त्यसको नेतृत्व माधव कुमार नेपालले मात्र गर्न सक्नुहुन्छ । त्यसमा यो क्षेत्रको सांसदको हैसियतले मैले पनि साथ दिन्छु ,’ उनले भने ।
अहिले मधेश सरकारले फाष्ट ट्रयाकदेखि निजगढ विमानस्थलसम्म पाउँदै छ । जसको पहल गर्ने व्यक्ति पूर्व प्रधानमन्त्री माधव नेपाल रहेको उनले बताए । साथै, कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेलाई स्वागत तथा संगठन बिस्तार कार्यक्रमको सफलताको कामनासमेत व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: