भक्तपुर । भक्तपुरको ऐतिहासिक विहार थथु बहिमा आजबाट सम्यक दान (हामो जा नकेगु) पर्वको तयारी थालेको छ । माघ १ गते मनाईने सो पर्वकालागि आजबाट तयारी सुरु भएको सम्यक महादान सहयोग समितिका सचिव राजुमान बज्राचार्यले जनाएका हुन ।
समितिका अध्यक्ष दिनेश बज्राचार्यका अनुसार नेवारी परम्परा अनुसार सम्यक दानलाई हामो जा नकेगु भन्ने गरिएता पनि यस अवसरमा ८४ ब्यञ्जनदान गर्ने पर्व भएको बताए । परापूर्व कालमा ८४ ब्यञ्जनदान गर्ने प्रचलन रहे पनि हाल कृषि उत्पादन घटेकाले सो अनुसार दान गर्न आवश्यक कृषि उत्पादन नभएको अर्का सदस्य रविकिरण बज्राचार्यले बताए । उनका अनुसार सो पर्व ३ सय वर्ष पहिलेबाट सुरु भएको हो ।
सो पर्व मनाउन बज्राचार्यहरु काठमाण्डौबाट भक्तपुर आएर जीर्ण अवस्थामा रहेको थथु बहि सहित अन्य सम्पदाहरु संरक्षण गरेको उनले बताए । काठमाण्डौमा ५-५ वर्ष र ललितपुरमा १२-१२ वर्षमा मात्र हुने यो पर्व भक्तपुरमा हरेक वर्ष आयोजना हुँदै आएको छ ।
दान नै पूण्य भएको भन्दै बौद्ध दर्शन अनुसार यो पर्व बनाउन आजबाट गहुको पीठोबाट बनाइने परम्परागत लडु बनाउन सुरु गरेको समितिका उपाध्यक्ष सप्तमान बज्राचायले बताए । यस वर्ष आफ्नै नेतृत्वमा सम्यक दानको तयारी भएको भन्दै उनले गत वर्ष १७ सय सहभागी भएको र यस वर्ष २ हजार भन्दा बढी सहभागी हुने भएकाले लडु र स्वारी बनाउने कार्य थालेको जानकारी दिए ।
समितिका चिनियाँकाजी बज्राचार्यले सम्यक महादानको अवसरमा हुने पूजापाठ बारे जानकारी दिदै पुस महिनाको अन्तिम दिनमा भक्तपुरका ५ दिपंकरहरुलाई निम्तो दिन जाने र माघ १ गते यक्ष गरी सम्यक महादान पर्व भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: