भक्तपुर । भक्तपुरको ऐतिहासिक विहार थथु बहिमा आजबाट सम्यक दान (हामो जा नकेगु) पर्वको तयारी थालेको छ । माघ १ गते मनाईने सो पर्वकालागि आजबाट तयारी सुरु भएको सम्यक महादान सहयोग समितिका सचिव राजुमान बज्राचार्यले जनाएका हुन ।
समितिका अध्यक्ष दिनेश बज्राचार्यका अनुसार नेवारी परम्परा अनुसार सम्यक दानलाई हामो जा नकेगु भन्ने गरिएता पनि यस अवसरमा ८४ ब्यञ्जनदान गर्ने पर्व भएको बताए । परापूर्व कालमा ८४ ब्यञ्जनदान गर्ने प्रचलन रहे पनि हाल कृषि उत्पादन घटेकाले सो अनुसार दान गर्न आवश्यक कृषि उत्पादन नभएको अर्का सदस्य रविकिरण बज्राचार्यले बताए । उनका अनुसार सो पर्व ३ सय वर्ष पहिलेबाट सुरु भएको हो ।
सो पर्व मनाउन बज्राचार्यहरु काठमाण्डौबाट भक्तपुर आएर जीर्ण अवस्थामा रहेको थथु बहि सहित अन्य सम्पदाहरु संरक्षण गरेको उनले बताए । काठमाण्डौमा ५-५ वर्ष र ललितपुरमा १२-१२ वर्षमा मात्र हुने यो पर्व भक्तपुरमा हरेक वर्ष आयोजना हुँदै आएको छ ।
दान नै पूण्य भएको भन्दै बौद्ध दर्शन अनुसार यो पर्व बनाउन आजबाट गहुको पीठोबाट बनाइने परम्परागत लडु बनाउन सुरु गरेको समितिका उपाध्यक्ष सप्तमान बज्राचायले बताए । यस वर्ष आफ्नै नेतृत्वमा सम्यक दानको तयारी भएको भन्दै उनले गत वर्ष १७ सय सहभागी भएको र यस वर्ष २ हजार भन्दा बढी सहभागी हुने भएकाले लडु र स्वारी बनाउने कार्य थालेको जानकारी दिए ।
समितिका चिनियाँकाजी बज्राचार्यले सम्यक महादानको अवसरमा हुने पूजापाठ बारे जानकारी दिदै पुस महिनाको अन्तिम दिनमा भक्तपुरका ५ दिपंकरहरुलाई निम्तो दिन जाने र माघ १ गते यक्ष गरी सम्यक महादान पर्व भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: