Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

निर्वाचनमा पराजितहरु पाँच वर्ष नपुग्दै जस्केलाबाट संसद्मा छिर्दै

भागबन्डा मिलाएर हरुवाहरूको अखडा बन्दै राष्ट्रिय सभा

मनोज भट्टराई

काठमाडौं । माथिल्लो सदनका रुपमा लिईने राष्ट्रियसभामा दलहरूले हरेक समय जस्तै यो पटकपनि जनमत नपाएका हरुवाहरूलाई उम्मेदवार बनाएका छन् । विगतदेखि नै दलहरूले हरुवाहरुको भर्ति केन्द्र जस्तै बनाएका राष्ट्रियसभामा पछिल्लो निर्वाचनमा पनि उस्तै हर्कत देखाएका हुन् ।

हरेकदलहरुले निर्वाचनमा पराजितहरुलाई पाँच वर्ष नपुग्दै जस्केलाबाट संसद्मा छिराउन लागेका छन् । सोमबार भएको माथिल्लो सदनमा जाने उम्मेदवारको मनोनयनमा केही हारेका नेताहरूले मनोनयन गराएका छन्  । यसबाहेक संसदीय चुनावमा टिकट दिन नसकेको, पार्टीभित्रको गुट उपगुटको सन्तुलनका लागि आश्वासन दिएर थमथमाइएकाहरू राष्ट्रिय सभाको उम्मेदवार बनेका छन् ।

कांग्रेसबाट पटकपटक चुनाव हार्दैआएका कृष्ण सिटौला कोशीप्रदेशबाट उम्मेदवार बनेका छन् । २०७४ र २०७९ मा लगातार चुनाव हारेका कृष्ण सिटौला गत वर्ष चुनावमा पराजित हुनेबित्तिकै राष्ट्रपतिको दौडमा पनि सामेल हुन अनेक तिकडमबाजी गर्न कस्सिएका थिए । त्यो प्रयास पनि असफल भयो । अन्ततः प्रतिनिधिसभामा चुनाव हारेको १३ महिनामै उनी राष्ट्रिय सभाको जित्ने निश्चित जस्तै उम्मेदवार बने ।

संविधान निर्माणका बेला संविधान मस्यौदा समितिको नेतृत्व गरेका सिटौला संविधान जारी भएपछि २०७४ र २०७९ का दुवै निर्वाचनमा झापा ३ बाट हारेका थिए । उनलाई दुवैपटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए । तर, आम निर्वाचनमा पराजित उनी पाँच वर्ष नपुग्दै जस्केलाबाट संसद्मा छिर्दैछन्  । उनको उम्मेदवारीको पार्टीबाटै विरोध भइरहेको छ । तैपनि राष्ट्रिय सभाको अध्यक्ष पनि उनी नै हुने निश्चित जस्तै भएको  छ ।

सत्ता गठबन्धनले सिटौलाजस्तै दुर्गा पौडेललाई पनि राष्ट्रियसभामा मनोनीत गर्ने तयारी गरेको छ । उनी राष्ट्रिय जनमोर्चाकी पूर्व सांसद हुन् । अघिल्लो प्रतिनिधिसभा चुनावमा उनलाई प्युठानबाट एमाले नेता सूर्य थापाले हराएका थिए । गठबन्धनकी उम्मेदवार रहेकी उनलाई एमालेका थापाले ५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । प्रतिनिधि सभामा पराजित भएर फेरि मनोनीत सिटमै राष्ट्रियसभा छिर्ने तयारी भएपछि उनको सबैतिर आलोचना सुरू भएको छ ।

गठबन्धनकै जनता समाजवादी पार्टीले आफूले पाएको एक सिटमा हारेकै उम्मेदवार बनाएको छ । पूजा चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन् । उनी जसपाकी कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन् ।

यसेैगरी गठबन्धनकै माओवादी केन्द्रले पनि चारचार पटक जनप्रतिनिधि बन्न नसकेकी पर्वतकी मनरुपा शर्मालाई उमेदवार बनाएको छ । उनी २०६४ देखि निरन्तर प्रत्यक्ष तथा समानुपातिक उमेदवार बन्दै आएकी नेतृ हुन । २०६४ मा कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित भएकी उनलाई नेकपा (माओवादी केन्द्र)ले २०७० को दोस्रो संविधानसभा चुनाव, २०७४ र २०७९ को प्रदेशसभा चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । उनी पनि यो पटक जस्केलाबाट छिरेर सांसद बन्दै छन् ।

चुनाव हारेर पाँच वर्ष पर्खिन नसक्नेमा प्रमूख प्रतिपक्षी एमालेका पनि उम्मेदवार रहेका छन् ।  मतभार हेर्दा एमाले लगभग नजित्ने अवस्थामा छ । तैपनि उसले फेरि हराउन अघिल्लो पटक पराजित व्यक्तिलाई छानेको छ । महिला क्लष्टरमा टिकट पाएकी संझाना देवकोटा गोरखा नगरपालिकाको मेयरमा पराजित व्यक्ति हुन् । उनी उक्त चुनावमा तेस्रो बनेकी थिइन् ।

२०७७ असोज १ गते तत्कालीन नेकपा र प्रधानमन्त्री ओलीले २०७४ मा चुनाव हारेका र धेरै पटक सांसद मन्त्री भएका बामदेव गौतमलाई राष्ट्रियसभामा लगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्य मनोनीत गरेर विधि र पद्धतिको शासनको उपहास भए लगतै चुनाव हारेकै नारायणकाजी श्रेष्ठ सोही पदमा पुगे । २०७४ सालमा गोरखा २ मा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पराजित भएपछि श्रेष्ठको सांसद बन्ने प्रयास असफल भएको थियो ।  दुवै नेताले २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजय भोगेका थिए । श्रेष्ठ त अहिले गृहमन्त्री नै छन् । 

आफ्ना मान्छे नियुक्त गर्ने नाममा सधैँ अवसर पाएका त्यो पनि जनमतबाट अस्वीकृत नेतालाई मात्र अवसर दिनुले विधि र पद्धतिको अवमूल्यन  भएकाे छ । यहाँ नियुक्त गर्ने नेताको मात्र होइन, नियुक्ति लिन जाने नेताको नैतिकतामा पनि क्षय भएको छ । उनीहरू जनताको लागि लायक हुँदैनन् । किनकि उनीहरू जनमतबाट नभई पावर र पहुँचबाट त्यहाँ पुगेका हुन् । 

नेताहरूकै यस्तै कार्यशैलीका कारण माथिल्लो सदनमाथि तल्लो व्यवहार देखिएको कतिपयको तर्क छ । यही कारण लोकतान्त्रिक गणतन्त्रमाथि वर्षने तिखा तिखा प्रश्नहरू आउन थालेका छन्  । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending